अनुसन्धान प्रक्रियालाई छिटो, छरितो, निष्पक्ष बनाउँछु: प्रमुख आयुक्त घिमिरे

<p>काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त नवीनकुमार घिमिरेले अनुसन्धान प्रक्रियालाई छिटो, छरितो र निष्पक्ष बनाउने बताएका छन् । बुधबार कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै घिमिरेले आम नागरिकको अपेक्षा अनुरुप कार्य सम्पादन गर्ने बताएका हुन् । कार्यक्रममा उनले इमान्दारी र निष्ठाका साथ तोकिएकै समयमा कार्य सम्पादन गर्न आयोगमा कार्यरत कर्मचारीलाई निर्देशन दिए । [&hellip;]</p>

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त नवीनकुमार घिमिरेले अनुसन्धान प्रक्रियालाई छिटो, छरितो र निष्पक्ष बनाउने बताएका छन् ।

बुधबार कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै घिमिरेले आम नागरिकको अपेक्षा अनुरुप कार्य सम्पादन गर्ने बताएका हुन् । कार्यक्रममा उनले इमान्दारी र निष्ठाका साथ तोकिएकै समयमा कार्य सम्पादन गर्न आयोगमा कार्यरत कर्मचारीलाई निर्देशन दिए ।

घिमिरे वि सं २०७१ साल चैत १९ गते आयोगको आयुक्तमा नियुक्त भएका थिए ।

 

Share News