७ नम्बर प्रदेशको मुख्य मन्त्रीमा त्रिलोचन भट्ट

<p>धनगढी । ७ नम्बर प्रदेशको मुख्य मन्त्री नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता त्रिलोचन भट्ट भएका छन् । प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख मोहनराज मल्लले नेपालको संविधानको धारा १६८को उपधारा २ बमोजिम माओवादी संसदीय दलका नेता भट्टलाई मुख्य मन्त्रीमा नियुक्त गरेका हुन् । मुख्य मन्त्रीको शपथ ग्रहण फागुन ५ गते गर्ने तयारी भएको प्रदेश प्रमुखको [&hellip;]</p>

धनगढी । ७ नम्बर प्रदेशको मुख्य मन्त्री नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता त्रिलोचन भट्ट भएका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख मोहनराज मल्लले नेपालको संविधानको धारा १६८को उपधारा २ बमोजिम माओवादी संसदीय दलका नेता भट्टलाई मुख्य मन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्य मन्त्रीको शपथ ग्रहण फागुन ५ गते गर्ने तयारी भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।एमाले र माओवादीका बहुमत प्रदेशसभा सदस्यको समर्थनमा बुधबार प्रदेश प्रमुखसमक्ष भट्टले आफूलाई मुख्य मन्त्रीमा नियुक्त गर्न दाबी पेश गरेका थिए।

भट्ट डोटी जिल्लाबाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् । प्रदेश नं ७ मा एमालेका २५, माओवादी केन्द्रका १४, काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई सांसद रहेका छन्।-रासस

Share News