एक सातामै दाल २५, गेडागुडी १० र जिरा ५० रुपैयाँ महंगियो

<p>७ बैशाख । केहि दिन यता दाल, गेडागुडी र जिराको मूल्य अस्वभाविक रुपमा बढेको छ । जिरा प्रतिकेजी ५० रुपैयाँ बढेको छ भने दाल प्रतिकेजी २५ रुपैयाँसम्म बढेको छ ।<br /> नेपाल राष्ट्र बैंकले मूल्य बृद्धि ७ प्रतिशत छ भनेर विवरण सार्वजनिक गरेकै समयमा दैनिक उपभोग्य बस्तुको मूल्य यति धेरै बढेको हो । होलसेल मूल्य नै बढेर आएकोले आफूहरुले महंगोमा बिक्री गर्नु परेको ब्यापारीहरुको भनाइ छ ।<br /> दैनिक रुपमा भान्सामा अनिवार्य हुने दाल गेडागुडी र जिराको मूल्य एक साता यता अत्याधिक बढेको हो । एक साता अघि प्रतिकेजी ३ सय २५ रुपैयाँमा पाइने जिरा अहिले बढेर प्रतिकेजी ३ सय ७५ रुपैयाँ पुगेको छ । यो पनि थोक मूल्य भएकोले उपभोक्ताले यो भन्दा महंगोमा बस्तु खरिद गर्नु परिरहेको छ ।<br /> यस्तै मासको दाल प्रतिकेजी १० रुपैयाँको दरले बढेको छ । मासको दाल १ सय ३० रुपैयाँबाट बढेर १ सय ४० रुपैयाँ पुगेको हो । मुसुरोको दाल प्रतिकेजी ६ रुपैयाँ बढेको छ । अघिल्लो सातामा प्रतिकेजी १ सय ३० रुपैयाँमा पाइने मुसुरो अहिले प्रतिकेजी १ सय ३६ रुपैयाँ पुगेको छ ।</p>

विकासन्युज/काठमाडौं
७ बैशाख । केहि दिन यता दाल, गेडागुडी र जिराको मूल्य अस्वभाविक रुपमा बढेको छ । जिरा प्रतिकेजी ५० रुपैयाँ बढेको छ भने दाल प्रतिकेजी २५ रुपैयाँसम्म बढेको छ ।

नेपाल राष्ट्र बैंकले मूल्य बृद्धि ७ प्रतिशत छ भनेर विवरण सार्वजनिक गरेकै समयमा दैनिक उपभोग्य बस्तुको मूल्य यति धेरै बढेको हो । होलसेल मूल्य नै बढेर आएकोले आफूहरुले महंगोमा बिक्री गर्नु परेको ब्यापारीहरुको भनाइ छ ।

दैनिक रुपमा भान्सामा अनिवार्य हुने दाल गेडागुडी र जिराको मूल्य एक साता यता अत्याधिक बढेको हो । एक साता अघि प्रतिकेजी ३ सय २५ रुपैयाँमा पाइने जिरा अहिले बढेर प्रतिकेजी ३ सय ७५ रुपैयाँ पुगेको छ । यो पनि थोक मूल्य भएकोले उपभोक्ताले यो भन्दा महंगोमा बस्तु खरिद गर्नु परिरहेको छ ।

यस्तै मासको दाल प्रतिकेजी १० रुपैयाँको दरले बढेको छ । मासको दाल १ सय ३० रुपैयाँबाट बढेर १ सय ४० रुपैयाँ पुगेको हो । मुसुरोको दाल प्रतिकेजी ६ रुपैयाँ बढेको छ । अघिल्लो सातामा प्रतिकेजी १ सय ३० रुपैयाँमा पाइने मुसुरो अहिले प्रतिकेजी १ सय ३६ रुपैयाँ पुगेको छ ।

मुगीको खोस्टे दाल प्रतिकेजी २५ रुपैयाँ बढेको छ । अघिल्लो साता मात्रै प्रतिकेजी १ सय ६५ रुपैयाँमा पाइनो खोस्टे दाल अहिले बढेर प्रतिकेजी १ सय ९० रुपैयाँ पुगेको छ । मुगीको छाटा दाल प्रतिकेजी १५ रुपैयाँ बढेको छ । अघिल्लो साता प्रतिकेजी १ सय ७० मा रुपैयाँमा पाइने मुगीको छाटा दाल अहिले प्रतिकेजी १ सय ८५ रुपैयाँ तिर्नु परेको छ ।

यस्तै एक साताको विचमा गेडागुडीको मूल्य प्रतिकेजी १० रुपैयाँको हाराहारीमा बढेको छ । अघिल्लो साता प्रतिकेजी ६८ रुपैयाँमा पाइने चनाको मूल्य अहिले प्रतिकेजी ७७ रुपैयाँ पुगेको छ । यस्तै प्रतिकेजी ५८ रुपैयाँको सेतो केराउको मूल्य बढेर प्रतिकेजी ६८ रुपैयाँ पुगेको छ । हरियो केराउ भनेर प्रतिकेजी १ सय ७० रुपैयाँबाट बढेर प्रतिकेजी १ सय ७८ रुपैयाँको दरमा विक्री भइरहेको छ ।

नेपाल राष्ट्र बैंकले भने गत फागुन मसान्तसम्मको मूल्य बृद्धि ७ प्रतिशत मात्रै भएको विवरण सार्वजनिक गरेको छ । यसमध्ये खाद्य तथा पेय पदार्थ समूहको मूल्य बृद्धि ९ दशमलब ५ प्रतिशतले बढेको बताएको छ । गत बर्षको सोही अवधिमा यो समुहको मूल्य १० दशमलब ८ प्रतिशत थियो । यो अवधिमा दाल तथा गेडागुडी उपसमुहको मूल्यबृद्धि १६ दशमलब ७ प्रतिशतले बढेको तथ्यांक सार्वजनिक गरेको छ ।

Share News