काठमाडौं । पोखरामा रहेको फेवाताललाई परिक्रमा गर्ने गरी २७ किलोमिटर लामो पदमार्ग र ५ किलोमिटर साइकल मार्ग निर्माण हुने भएको छ । पोखरा लेखनाथ महानगरपालिकाले पर्यटनको गन्तव्य थप गर्नका लागि पदमार्ग निर्माण गर्न लागेको हो ।

महानगरपालिकाका प्रशासकिय अधिकृत दीर्घनारायण पौडेलका अनुसार २७ किलोमिटर पदमार्गले पदमार्ग महानगरको जहरेबरबरदेखि कास्कीकोट, स्तुपा,छोरेपाटन हुँदै फेवाताललाई परिक्रमा गर्नेछ ।
त्यसैगरी फेवातालको किनारमा रहेको रानीवन मा ५ किलोमिटरको साइकलमार्ग र ५ किलोमिटरको पदमार्गको लागि डीपीर सुरु भएको छ । पहिलो प्रतिवेदनबाट साइकलमार्ग र पदमार्ग निर्माणका लागि १६ करोड लागत खर्च लाग्ने अनुमान गरिएको महानगरका प्रसासकिय अधिकृत पौडेलले जानकारी दिए ।
३३ वटा वडा रहेको महानगर महानगरमा बाटोघाटो निर्माण, पदमार्ग, साइकलमार्ग, ढल कुलो निर्माण, फोहोर मैला व्यवस्थापन, धुलो नियन्त्रण, पार्क निर्माण लगायतलाई प्राथमिकतामा राखेर काम भैरहेको मेयर जिसी बताए ।
महानगरको सडकमा कुनै खाल्डाखुल्डी परेमा २४ घण्टाभित्र पुरिने र धुलो नियन्त्रणको लागि महानगरले बिहान सडक सरसफाई गर्ने, पानी छेप्ने लगायत काम भैरहेको महानगरले जनाएको छ ।
यदि कुनै ठाउँको सडकमा खाल्डाखुल्डी भएको थाहा भएमा जो सुकैले महानगरलाई खबर गर्न सक्छन् । महानगरले बाटोमा छोडिएको गाइवस्तु लगायत जनावरलाई प्रतिस्थापन गरिसकेको छ । महानगरमा ६ मिटर भन्दा सागुँरोबाटोलाई मान्याता दिने छैन । निर्माण हुने बाटो पनि ६ मिटर चौडाई भन्दा घटी बनाउन पाइने छैन् ।
२ सय रोपनी सार्वजनिक जग्गा फिर्ता
महानगरको विभिन्न स्थानमा रहेको झन्डै २ सय रोपनीभन्दा बढी सार्वजनिक जग्गा महानगरले फिर्ता गरेको छ । यसअघि विभीन्न घरटहरा भवन रहेको जग्गा खाली गराई महानगरले पार्क, हरियाली क्षेत्र, बालबालिका, जेष्ठ नागरिक मैत्री स्थानको लागि विकास गर्न लागिएको छ ।
शहिद पार्क निर्माण
महानगरको वडा नं १८ को ५८ रोपनी क्षेत्रफलमा शहिद पार्क निर्माण हुनेछ । विभिन्न राष्ट्रिय विभुतीहरुको मुर्ति र सहिदहरुको शालिक निर्माण गरिनेछ । भुगोल पार्क निर्माणका प्रमुख झपड थापाका अनुसार मुर्ति निर्माणका लागि सम्बन्धित संस्थाले जिम्मा लिनेछन । पर्कभित्र भ्युटावर बगैंचा लगायत मनोरम वातावरण बनाउने महानगरको लक्ष्य रहेको छ ।
महानगरले आर्थिक वर्ष २०७४ ०७५ मा ४ अर्ब तीन कराडको बजेट बिनियोजन गरेको छ । महानगरले आफ्नै आम्दानीबाट खर्च चलाउन सक्ने महानगरको प्रशासकिय अधिकृत दीर्घ नारायण पौडेलले बताउँछन् ।
महानगरको राजस्व जिल्ला समन्वय समितीले मालपोत रजिष्ट्रेशन शुल्क मार्फतको करिब ८५ करोड रुपैंया महानगरलाई प्रदान गरे आर्थिक लक्ष्य प्राप्त गर्ने मेयर बिसीले बताए ।