काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेप्लीज पार्किन्सन डिजीज एसोशिएसनलाई ब्यायम मेसिन हस्तान्तरण गरिएको छ । पार्किन्सन रोगीहरुलाई परामर्श तथा उपचारमा सहयोग पुर्याउने उद्देश्यले स्थापना गरिएको नेप्लीज पार्किन्सन डिजीज एसोशिएसनलाईं बिरामीहरुको ब्यायम सुविधाको लागि उक्त मेशिन हस्तान्तरण गरिएको हो ।
बैंकको सहायक महाप्रबन्धक तथा काठमाडौं क्षेत्रीय प्रमुख कल्याण पाँडेले एसोशिएसनका अध्यक्ष रत्नराजेश्वरी थापालाई उक्त मेशिन हस्तान्तरण गरेका थिए । मेशिन हस्तान्तरणको अवसरमा संस्थाका महासचिव मुनाल सुवेदीले पार्किन्सन रोगीहरु पनि समाजका अंग भएकोले उनीहरुलाई उचित परामर्श दिन सकेमा उनीहरुले पनि समाजको लागि कार्य गर्न सक्ने हुँदा जनता बैंकको यस सहयोगले सामाजिक कार्यमा अझ हौसला मिलेको बताएका छन् ।
स्वास्थ्य, शिक्षा, मानवीय सेवाका अतिरिक्त वातावरण संरक्षण तथा सरसफाईको क्षेत्रमा समेत सस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्य गर्दै जाने बैंकको योजना रहेको छ ।