एनआईसी एशिया बैंकको निक्षेप २.६४ प्रतिशत बढ्यो, यस्ता छन् अन्य सूचक
काठमाडौं । एनआईसी एशिया बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा १३.५४ प्रतिशत घटेर १३ करोड ११ लाख ९१ हजार रुपैयाँ गरेको छ । गत वर्षको दोस्रो त्रैमासमा बैंकले १५ करोड १७ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी १५.८७ प्रतिशत घटेर ४ अर्ब ३६ करोड ३८ लाख ८३ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ५ अर्ब १८ करोड ६९ लाख ६४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चालु आवको पुस मसान्तसम्ममा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ११ प्रतिशत बढेर ७० करोड २१ लाख ३७ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ११.८१ प्रतिशत घटेर ५ अर्ब ३३ करोड ९१ लाख ५७ हजार रुपैयाँ, सञ्चालन नाफा ४२.१६ प्रतिशत घटेर १९ करोड ७७ लाख ७७ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ७ अर्ब ३९ करोड ९५ लाख ३६ हजार रुपैयाँ ऋणात्मक रहेको छ । १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २२ अर्ब ६ करोड ८१ लाख ७६ हजार रुपैयाँ रहेको छ । पुस मसान्तसम्ममा बैंकको निक्षेप संकलन २.६४ प्रतिशत बढेर ३ खर्ब २७ अर्ब ५० करोड १४ लाख १२ हजार रुपैयाँ र कर्जा प्रवाह ६.६१ प्रतिशत घटेर २ खर्ब ९ अर्ब ३१ करोड १२ लाख ८६ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिसम्ममा बैंकले ३ खर्ब १९ अर्ब ६ करोड ५८ लाख ९७ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २४ अर्ब १२ करोड १८ लाख ५६ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ६७.१० प्रतिशत छ । यस्तै, बैंकको आधार दर ६.४१ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी ०.२८ रुपैयाँ घटेर १.७६ रुपैयाँमा झरेको छ । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १९८.३३ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १८८.४४ गुणा छ । गत वर्षको पुसमा ४.६१ प्रतिशत रहेको खराब कर्जा चालु आवको पुसमा बढेर ७.४७ प्रतिशत पुगेको छ ।
नाफामा नम्बर वान बन्यो नबिल बैंक, वितरणयोग्य नाफा ३ अर्ब २७ करोड रुपैयाँ
काठमाडौं । नबिल बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा ४६.७१ प्रतिशत बढेर ४ अर्ब ७५ करोड ९६ लाख ४१ हजार रुपैयाँ गरेको छ । गत वर्षको दोस्रो त्रैमासमा बैंकले ३ अर्ब २४ करोड ४२ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यससँगै चालु आवको दोस्रो त्रैमासमा सबैभन्दा धेरै नाफा आर्जन गर्ने बैंक बनेको छ । चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी २.४२ प्रतिशत बढेर ८ अर्ब ८ करोड ७२ लाख ८८ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७ अर्ब ८९ करोड ५९ लाख ४९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चालु आवको पुस मसान्तसम्ममा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ६.६१ प्रतिशत बढेर १ अर्ब ६१ करोड १३ लाख २७ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ५.५८ प्रतिशत बढेर १० अर्ब ६३ करोड १७ लाख २९ हजार रुपैयाँ, सञ्चालन नाफा २६.९५ प्रतिशत बढेर ६ अर्ब ५७ करोड २६ लाख ९८ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब २७ करोड ३० लाख ३२ हजार रुपैयाँ रहेको छ । ३२ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३३ अर्ब ४२ करोड ८० लाख ५६ हजार रुपैयाँ रहेको छ । पुस मसान्तसम्ममा बैंकको निक्षेप संकलन ७.९० प्रतिशत बढेर ५ खर्ब ६६ अर्ब ५ करोड ९४ लाख १४ हजार रुपैयाँ र कर्जा प्रवाह ५.७८ प्रतिशत बढेर ४ खर्ब ३४ अर्ब ७३ करोड ८४ लाख ४५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिसम्ममा बैंकले ५ खर्ब २४ अर्ब ६२ करोड ५९ लाख ५९ हजार रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १० अर्ब ९९ करोड २० लाख ४१ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.१२ प्रतिशत छ । यस्तै, बैंकको आधार दर ५.०४ प्रतिशत छ । गत वर्षको पुसमा ४.९३ प्रतिशत रहेको खराब कर्जा चालु आवको पुसमा ४.२५ प्रतिशतमा झरेको छ । बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी ११.०६ रुपैयाँ बढेर ३५.०४ रुपैयाँ पुगेको छ । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ २३५.६४ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १३.९१ गुणा छ ।
ग्लोबल आइएमई बैंकको नाफा ३ अर्ब २५ करोड रुपैयाँ, निक्षेप संकलन ६ खर्ब नाघ्यो
काठमाडौं । ग्लोबल आइएमई बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा ६.५० प्रतिशत बढेर ३ अर्ब २५ करोड २१ लाख १७ हजार रुपैयाँ गरेको छ । गत वर्षको दोस्रो त्रैमासमा बैंकले ३ अर्ब ५ करोड ३४ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ३.३३ प्रतिशत घटेर ८ अर्ब २ करोड २३ लाख १७ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ८ अर्ब २९ करोड ८५ लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चालु आवको पुस मसान्तसम्ममा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ९.७४ प्रतिशत बढेर १ अर्ब ७५ करोड ६२ लाख ५५ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ४.६९ प्रतिशत बढेर १० अर्ब ८७ करोड ९ लाख ३२ हजार रुपैयाँ, सञ्चालन नाफा १.७२ प्रतिशत बढेर ४ अर्ब २७ करोड ६३ लाख २७ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ४२ करोड ६६ लाख ७५ हजार रुपैयाँ रहेको छ । ३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २६ अर्ब २७ करोड ८ लाख ४८ हजार रुपैयाँ रहेको छ । पुस मसान्तसम्ममा बैंकको निक्षेप संकलन १०.०३ प्रतिशत बढेर ६ खर्ब ५ अर्ब ८८ करोड २ लाख ७८ हजार रुपैयाँ र कर्जा प्रवाह ५.५७ प्रतिशत बढेर ४ खर्ब ३२ अर्ब ९६ करोड ७२ लाख ५६ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिसम्ममा बैंकले ५ खर्ब ५० अर्ब ६२ करोड ८५ लाख ८८ हजार रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १० अर्ब ११ करोड ३९ लाख ३३ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७१.५५ प्रतिशत छ । यस्तै, बैंकको आधार दर ५.१६ प्रतिशत छ । बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी १.०४ रुपैयाँ बढेर १७.०६ रुपैयाँ पुगेको छ । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १७५.२९ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १३.२४ गुणा छ । गत वर्षको पुसमा ४.८६ प्रतिशत रहेको खराब कर्जा चालु आवको पुसमा ४.९१ प्रतिशत रहेको छ ।