एनआईसी एशियाको स्मार्ट टेलर सेवा, चेक बिना नै काउण्टरबाट भुक्तानी
काठमाण्डौ । एनआई सी एशिया बैंकले बैंकले डिजिटल वैंकिङ्ग प्रबिधिमा आएको विकासलाई नयाँ उचाई दिन सम्पूर्ण शाखा कार्यालयहरुमा रहेका टेलरलाई आधुनिकिकरण गरी स्मार्ट टेलर सञ्चालनमा ल्याएको छ । स्मार्ट टेलर मार्फत बैंकका ग्राहकहरूले चेक बिना नै आफ्नो मोबाइल बैंकिङ तथा डेबिट कार्ड प्रयोग गरि काउन्टरबाट रकम झिक्न सक्ने छन् । यस कार्यले डिजिटल बैंकिङ्गको विकासमा बैंकले थप उचाई प्राप्त गर्ने बिश्वास लिएको छ ।
सिटिजन लाइफको नयाँ सिटिजन वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना सार्वजनिक
काठमाडौँ । सिटिजन लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले सिटिजन बार्षिक अग्रिम भुक्तानी जीवनबीमा नामक नयाँ योजना नेपालीहरु माझ प्रस्तुत गरेको छ । काठमाडौंमा सम्पन्न एक कार्यक्रममार्फत सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राजपौडेलद्वारा उक्त योजना बजारको लागि सार्वजनिक तथा शुभारम्भ गरिएको थियो । बीमितहरुको भावी योजनाहरुलाई सार्थक बनाउनको लागि यस बीमा योजनाले बीमा अवधिभर जोखिमबहनगर्नुका साथै भैपरी आउने समस्याहरुमा सरल तरिकाबाट आर्थिक सुरक्षामा टेवा पुर्याउने उद्देश्यले वार्षिक रुपमा बीमाङ्कको पाँच प्रतिशत रकम बीमितलाई भुक्तानी गर्ने व्यवस्था गरेको छ । यस विशेषताले ग्राहकहरुलाई बीमा योजनाअनुसारको आफ्नो बीमा शुल्क भुक्तानीको भार व्यवस्थापन गर्न समेत अझ सरल र सहज गराउने छ । साथै कम्पनीले ग्राहकहरुको सुविधाको लागि डिजिटल प्रस्ताव फारमको समेत सुभारम्भ गरेको छ। २०७४ कार्तिकदेखि संचालनमा आएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यस आर्थिक वर्षको प्रथम त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा बीमाशुल्क संकलनमा ६० प्रतिशत र सोही अवधिको खुद नाफामा १२० प्रतिशतभन्दा बढीले बृद्धि हुनुका साथै २०७५ पुस मसान्त सम्ममा २४५ करोडको लगानी गर्न सफल भएको छ ।
१७ प्रतिशत बोनसपछि मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन
काठमाडौं । बुधबार मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विकास बैंकको १७ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता २३४ रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता ३८० रुपैयाँ रहेको छ ।