नेपाल इन्स्योरेन्सको नाफा पौने १३ करोड, कुल बीमाशुल्क सवा २ अर्ब नाघ्यो
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको नाफा घटेको छ । यस समीक्षा अवधिमा कम्पनीले १२ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ३१ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा यस समीक्षा अवधिमा कम्पनीको नाफा घटेको हो । समीक्षा अवधिमा कम्पनीले २ अर्ब १६ करोड ५१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ८३ करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क १७ दशमलव ८७ प्रतिशतले बढेको हो । समीक्षा वर्षमा कम्पनीले १ अर्ब १२ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क १८ दशमलव १४ बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ९५ करोड ५ लाख २० हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीले पुनर्बीमामार्फत १ अर्ब ४ करोड २० लाख रुपैयाँ खर्चिएको छ । गत आवको सोही अवधिमा कम्पनीले पुनर्बीमामार्फत ८८ करोड ६३ लाख रुपैयाँ खर्चिएको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले यस समीक्षा अवधिमा बढी रकम खर्चिएको हो । समीक्षा अवधिमा कम्पनीको विशेष जगेडामा १ अर्ब ५७ करोड ९९ लाख रुपैयाँ, महाविपत्ति कोषमा ११ करोड ८५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५ करोड ७३ लाख रुपैयाँ र अन्य इक्विटीमा १२ करोड १३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष विशेष जगेडामा १ अर्ब ५१ करोड ६१ लाख रुपैयाँ, महाविपत्ति कोषमा ११ करोड २१ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १६ करोड २९ लाख रुपैयाँ र अन्य इक्विटीमा ७ करोड ८९ लाख रुपैयाँ रहेको थियो । २ अर्ब ५४ करोड रुपैयाँ सेयर पुँजी भएको कम्पनीको ईपीएस ५ रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ ८५ पैसा रहेको छ ।
आईजीआई प्रुडेन्सियलले आर्जन गर्यो ४ अर्ब ३८ करोड बीमाशुल्क
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको खुद नाफामा झन्डै शतप्रतिशत गिरावट आउँदा अन्य सूचक भने बढेको देखिएको छ । कम्पनीको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ४० लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ३६ करोड ४९ लाख ७४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा यस समीक्षा अवधिमा कम्पनीको नाफा ९८ दशमलव ८९ प्रतिशतले घटेको हो । समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ३८ करोड ७४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ९४ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन ११ दशमलव २२ प्रतिशतले बढेको हो । समीक्षा वर्षमा कम्पनीले १ अर्ब ४५ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३६ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन ६ दशमलव ६७ प्रतिशतले बढेको हो । समीक्षा अवधिमा कम्पनीले पुनर्बीमामार्फत २ अर्ब ९३ करोड ४३ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २ अर्ब ५८ करोड २४ लाख रुपैयाँ खर्चिएको थियो । कम्पनीको विशेष जगेडामा १ अर्ब ८६ करोड ८१ लाख रुपैयाँ, महाविपत्ति कोषमा ९ करोड ७७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ करोड ८४ लाख रुपैयाँ र अन्य इक्विटीमा ४२ करोड ४८ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष विशेष जगेडामा १ अर्ब ८४ करोड ८३ लाख रुपैयाँ, महाविपत्ति कोषमा ९ करोड ५८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १५ करोड ४४ लाख रुपैयाँ र अन्य इक्विटीमा ५७ करोड ७६ लाख रुपैयाँ रहेको थियो । ३ अर्ब २ करोड रुपैयाँ सेयर पुँजी रहेको कम्पनीको ईपीएस ०.१३ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ५३ पैसा रहेको छ ।
सानिमा जिआइसीको खुद बीमाशुल्क ८३ करोड नाघ्यो
काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको नाफामा उल्लेख्य गिरावट आएको छ भने बीमाशुल्क आर्जनमा वृद्धि भएको छ । कम्पनीले समीक्षा अवधिमा १३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ३३ करोड ६७ लाख रुपैयाँ थियो । यससँगै अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा करिब ६१ प्रतिशतले घटेको छ । २ अर्ब २५ करोड रुपैयाँ शेयर पुँजी रहेको कम्पनीको समीक्षा अवधिमा विशेष जगेडामा ८१ करोड ४५ लाख रुपैयाँ रहेको छ । त्यस्तै, महाविपत्ति कोषमा ५ करोड २४ लाख, रिटेन्ड अर्निङमा ९ करोड ८७ लाख र अन्य इक्विटीमा १० करोड २७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको विशेष जगेडा ७४ करोड ९५ लाख, महाविपत्ति कोष ४ करोड ५९ लाख, रिटेन्ड अर्निङ १७ करोड २७ लाख र अन्य इक्विटी १४ करोड २७ लाख रुपैयाँ रहेको थियो । यता, कम्पनीको कुल बीमाशुल्क आर्जनमा भने वृद्धि भएको छ । समीक्षा अवधिमा कम्पनीले २ अर्ब ७२ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो बीमाशुल्क २ अर्ब ५३ करोड १५ लाख रुपैयाँ थियो । यस आधारमा कुल बीमाशुल्क आर्जन ७.८२ प्रतिशतले बढेको हो । त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीले ८३ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम ७६ करोड ४२ लाख रुपैयाँ थियो । यस आधारमा खुद बीमाशुल्क आर्जन ९ प्रतिशतले बढेको हो । कम्पनीले समीक्षा अवधिमा पुनर्बीमाका लागि १ अर्ब ८९ करोड ६५ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा पुनर्बीमामार्फत १ अर्ब ७६ करोड ७२ लाख रुपैयाँ खर्च गरेको थियो । यता, कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) ५ रुपैयाँ ७६ पैसा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ३३ पैसा कायम भएको छ ।