सिटिजन्स बैंक र बिएफआईएनबीच सम्झौता

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बैंकिङ्ग, फाईनान्स तथा इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल(बिएफआईएन)बीच तालिम संचालन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात सिटिजन्स बैंककाकर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिको लागि बिएफआईएनले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ्ग तालिमहरु प्रदान गर्नेछ । बिएफआईएनले आयोजना गर्ने विभिन्न किसिमका सम्मेलन, सेमिनार तथा कार्यशालाहरूमा बैंकको सहभागिता रहनेछ । अब आउने निकट भविष्यमा पनि कर्मचारीहरूको वृति विकाशका निमित्त विभिन्न कार्यक्रमहरू संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।

बर्दियाको बबईमा नेपाल इन्भेष्टमेण्टको एक्स्टेन्सन काउण्टर बिस्तार

काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले बर्दिया जिल्लाको बासगढी नगरपालिका–१ स्थित बबई चेपाङ्गमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बबई एक्सेन्टर काउण्टर बैंकको सुर्खेत शाखा अन्र्तगत रहेको छ । बबई एक्स्टेन्सन काउण्टरबाट रकम खातामा जम्मा गर्न र झिक्न मिल्नुका साथै रेमिट्यान्सको सुविधा, मोवाइल बैंकिङ्ग जस्ता बैंकिङ्ग कारोवार गर्न सो भेगका जनतालाई सहयोग पु¥याउने छ । सुर्खेत कोहलपुुर सडक खण्डमा पर्ने रत्नराजमार्गको बबई चेपाङ्गमा राष्ट्रिय गौरवको बहु चर्चित भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना रहेको छ । यस काउण्टरले सुुर्खेत कोहलपुर खण्डमा पर्ने सम्पुर्ण व्यापारिक केन्द्रका साथै छिन्चु, बबई लगायतका जनतालार्ई आर्थिक कारोबार गर्न सहयोग पुर्याउने छ ।

एनआईसी एशियाको स्मार्ट टेलर सेवा, चेक बिना नै काउण्टरबाट भुक्तानी

काठमाण्डौ । एनआई सी एशिया बैंकले बैंकले डिजिटल वैंकिङ्ग प्रबिधिमा आएको विकासलाई नयाँ उचाई दिन सम्पूर्ण शाखा कार्यालयहरुमा रहेका टेलरलाई आधुनिकिकरण गरी स्मार्ट टेलर सञ्चालनमा ल्याएको छ । स्मार्ट टेलर मार्फत बैंकका ग्राहकहरूले चेक बिना नै आफ्नो मोबाइल बैंकिङ तथा डेबिट कार्ड प्रयोग गरि काउन्टरबाट रकम झिक्न सक्ने छन् । यस कार्यले डिजिटल बैंकिङ्गको विकासमा बैंकले थप उचाई प्राप्त गर्ने बिश्वास लिएको छ ।