काठमाडाैं उपत्यकामा थप ८७ जनामा देखियाे कोरोना
काठमाडाैं । काठमाडौं उपत्यकामा ८७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ८७ जनामा कोरोना पुष्टि भएकाे बताएका हुन् । संक्रमितहरु काठमाडाैंकाे ७६, ललितपुरकाे १० र भक्तपुरकाे १ जना रहेकाे गाैतमले बताए ।योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ६७४ ललितपुरमा १२४ र भक्तपुरमा ७८ पुगेको छ भने काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ८७८ पुगेको छ । बुधबार देशभर ३६० संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितकोे संख्या २१ हजार ७ सय ५० पुगेको छ ।
नेपालमा थप ३ सय ६० जनामा कोरोना पुष्टि, २३३ जना निकाे भए
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ३ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ३ सय ६० जनामा कोराेना भाइरस देखिएको बताए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २१ हजार ७ सय ५० जना पुगेकाे छ । हाल क्वारेन्टिनमा ९ हजार ४ सय ७० जना रहेका छन् भने आजसम्म ४ लाख १९ हजार ५ सय ७५ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । आजसम्म कोरोना मुक्त हुनेको संख्या १५ हजार ३ सय ९९ पुगेको छ । बिहिबार थप ५ जनाकाे मृत्यु पुष्टि भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।
प्रचण्डकाे सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीलाई काेराेना देखियाे
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सुरक्षामा खटिएका ६ जना प्रहरीलाई कोरोना भाइरस देखिएकाे छ । प्रचण्ड प्रचण्ड सचिवालय स्रोतका अनुसार उनीहरु गेटमा खटिने जवान हुन् । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा ६ जना प्रहरीलाई काेराेना देखिएको हो ।