काठमाडाैं उपत्यकामा ९ जना कोरोना संक्रमित थपिए

काठमाडाैं ।  काठमाडौं उपत्यकामा ९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ९ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमित काठमाडाैंकाे ८ र ललितपुरकाे १ जना रहेकाे गाैतमले बताए । याेसँगै उपत्यकामा काेराेना संक्रमण पुष्टि भएकाे स‌ंख्या ३ सय ८२ पुगेकाे छ जसमा काठमाडाैंकाे २ सय ५६, ललितपुरकाे ७९ र भक्तपुरकाे ४७ जना रहकाे छन् । काेराेनाकाे कारण हालसम्म काठमाडाैंमा ३ जना र ललितपुरका १ जनाकाे मृत्‍यु पुष्टि भएकाे छ । आज नेपालमा १ सय ५० जना काेराेना संक्रमित थपिएका छन् भने ६०९ जना संक्रमित निकाे भएर घर फर्किएका छन् । नेपालमा काेराेना संक्रमितकाे स‌ंख्या १७ हजार ९ सय ९४ पुगेकाे छ भने कुल निकाे भएर घर फर्किनेकाे संख्या १२ हजार ४ सय ७७ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ४० जको मृत्यु भइसकेकाे छ ।

नेपालमा थप १ सय ५० जनामा कोरोना पुष्टि, ६०९ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा १ सय ५० जनामा कोराेना भाइरस देखिएको बताए । गौतमका अनुसार अहिले देशभरीका विभिन्न आईसोलेसनमा ५ हजार ४ सय ७७ जना संक्रमित उपचाररत रहेका छन् । प्रदेश नम्बर १ मा १ सय ८, प्रदेश नम्बर २ मा १ हजार ९ सय १३, बागमती प्रदेशमा ४ सय २१ र गण्डकी प्रदेशमा ३ सय ८० जना संक्रमित उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ सय ७०, कर्णाली प्रदेशमा २ सय ९३ र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय ९२ जना संक्रमित उपचाररत रहेका छन् । हाल क्वारेन्टिनमा २१ हजार ७ सय ४ जना रहेका छन् भने पीसीआर विधिबाट मंगलबार ३ हजार ९ सय ६३ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म ३ लाख २३ हजार ८ सय ३५ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । मंगलबार विभिन्न अस्पतालबाट ६ सय ९ जना निको भएर घर फर्किएका छन् । आजसम्म कोरोना मुक्त हुनेको संख्या १२ हजार ४ सय ७७ पुगेको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।  

स्क्रब टाइफसबाट चितवनमा एकजनाकाे मृत्यु

चितवन । भरतपुर अस्पतालमा उपचाररत् स्क्रब टाइफसका एक विरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१ ठिमुराका ३२ वर्षीय पुरुष रहेका छन् । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार गत असार २९ गते उनी उपचारका लागि अस्पताल भर्ना भएका थिए । ज्वरोसँगै स्वासप्रश्वास, मुटु र कलेजोमा समस्या देखिएका उनको आज बिहान मृत्यु भएको सूचना अधिकारी पौडेलले जानकारी दिए । जिल्लाको एक मेडिकल कलेजमा उपचार गरिरहेका ती विरामीको खर्चको अभाव भएपछि भरतपुर अस्पताल ल्याइएको बताइएको छ । उनका अनुसार मृत्युको कारणमा स्क्रब टाइफसलगायत अन्य समस्या उल्लेख गरिएको छ । स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीले गत आवमा डेङ्गुबाट मृत्यु भएका तीन जनामध्ये एक जनामा स्क्रब टाइफस पनि देखिएको जानकारी दिए । उनका अनुसार मुसाको जुम्राले टोकेर स्क्रब टाइफस रोग लाग्छ । मुसाको जुम्रा झारमा झर्ने र त्यसबाट मानिसमा टाँसिएर यसले टोक्छ । चिकित्सकका अनुसार स्क्रब टाइफस रोग लागेमा १०४ डिग्री ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने, शरीरका विभिन्न अङ्ग दुख्ने लक्षण देखिन्छ । मुख्य गरी मुसाको नियन्त्रण गर्ने तथा झारका काम गर्दा सावधानी अपनाउनुपर्छ ।