काठमाडाैं उपत्यकामा ६ जना कोरोना संक्रमित थपिए
काठमाडाैं । काठमाडौं उपत्यकामा ६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ६ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमितहरु काठमाडाैंकाे ३ र ललितपुरकाे ३ जना रहेकाे गाैतमले बताए । याेसँगै उपत्यकामा काेराेना संक्रमण पुष्टि भएकाे संख्या ४ सय २१ पुगेकाे छ जसमा काठमाडाैंकाे २ सय ८७, ललितपुरकाे ८५ र भक्तपुरकाे ४९ जना रहकाे छन् । काेराेनाकाे कारण हालसम्म काठमाडाैंमा ३ जना र ललितपुरका १ जनाकाे मृत्यु पुष्टि भएकाे छ ।
नेपालमा थप १ सय ३९ जनामा कोरोना पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा १ सय ३९ जनामा कोराेना भाइरस देखिएको बताए । हाल क्वारेन्टिनमा १६ हजार ३ सय ७१ जना रहेका छन् भने आजसम्म ३ लाख ४७ हजार २ सय ७५ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । मंगलबार विभिन्न अस्पतालबाट ६२६ जना निको भएर घर फर्किएका छन् । आजसम्म कोरोना मुक्त हुनेको संख्या १३ हजार १ सय २८ पुगेको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।
धनुषामा कोरोना सङ्क्रमणबाट ३८ वर्षीय पुरुषकाे मृत्यु
धनुषा । धनुसामा कोरोनाको सङ्क्रमणबाट आइतबार ३८ वर्षीय एक युवकको मृत्यु भएको छ । शहीदनगर–८ डुमरिया बस्ने तीे युवक रुघाखोकी र ज्वरोबाट पीडित भएपछि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका थिए । उनको अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लग्ने क्रममा सिरहामा मृत्यु भएको प्रादेशिक अस्पतालले जनाएको छ । प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजयकुमार झाले ती युवकको आइतबार बिहान स्वाबको नमूना सङ्कलन गरिएको र साँझ रिपोर्ट पोजिटिभ आएको जानकारी दिए । शवलाई जनकपुरमै व्यवस्थापन गरिने बताइएको छ । धनुषामा कोरोना सङ्क्रमणबाट मृत्युको यो पहिलो घटना हो । यस प्रदेशमा अहिलेसम्म कोरोनाबाट १२ जनाको मृत्यु भइसकेको छ ।