थप दुई जनामा देखियो कोरोना
काठमाडौं . नेपालमा थप २ जनामा कोरोना देखिएको छ । नयाँ संक्रमित धनुषाका २० र ६५ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ सय ८१ पुगेको छ । कोरोना कारण एक जनाको मृत्यु भएको छ ।
त्रिवि शिक्षण अस्पतालको कर्मचारीलाई कोरोना नभई पुष्टि
काठमाडौं । त्रिवि शिक्षण अस्पताल (टिचिङ) का कर्मचारीलाई कोरोना नभएको पुष्टि भएको छ । उक्त अस्पतालमा बिरामी भेट्न आएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि गरेको हो । कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि न्यूरो वार्डमा उपचारमा संलग्न डाक्टर, नर्स र बिरामी भेट्न आएकाको स्वाब परीक्षण गरिएको थियो र परीक्षण गर्दा उनमा संक्रमण पोजेटिभ देखिएको हो । कोरोना संक्रमित व्यक्ति टिचिङ अस्पतालमा कार्यरत रहेको भन्दै गलत प्रचार भएकोमा अस्पतालले आपत्ति जनाउँदै अस्पतालका कर्मचारी नभएर बिरामी भेट्न आउने व्यक्तिमा कोरोना संक्रमण भेटिएको जानकारी दिएको हो । हाल ४६ वर्षिय तुलसीपुरका ति व्यक्तिलाई आइसोलेसनमा राखिएको अस्पताल स्रोतले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले भन्योः धुलिखेलमा मृत्यु भएकी महिलाको कोरोना परीक्षण हुँदैछ, स्वाश्वप्रश्वासमा समस्या
काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी एक महिलामा कोरोना संक्रमण भए नभएको परीक्षण भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सो अस्पतालमा मृत्यू भएकी सिन्धुपाल्चोककी महिलामा कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्ष्यण देखिएको छ । मन्त्रालयको नियमित प्रेस बिफिङमा प्रवक्ता डा. विकास देवकोटाले ती महिलाको मृत्युको कारण खोजी भइरहेको जानकारी दिएका हुन् । उनी २५ वैशाखमा टिचिङ अस्पताल महाराजगञ्जबाट डिस्चार्ज भएर घर गएकी थिइन् । ‘सिन्धुपाल्चोककी २९ वर्षीय एक महिला २१ वैशाखमा टिचिङ अस्पतालमा भर्ना हुनुभएको, वैशाख २४ गते नर्मल डेलिभरी (सुत्केरी) हुनुभएको र २५ वैशाखमा अस्पतालबाट डिस्चार्ज भएर घर जानुभएको जानकारी प्राप्त भएको छ, उहाँमा ज्वरो आउने तथा श्वासप्रश्वास सम्बन्धी समस्या भएपछि स्थानीय स्वास्थ्य संस्थामा उपचार भएको र अवस्था निकै जटिल भएपछि धुलिखेल अस्पताल ल्याउँदै गर्दा मृत्यू भएको जानकारी प्राप्त भएको छ, उहाँमा कोरोना संक्रमण भए नभएको परीक्षण भइरहेको छ, परीक्षणबाट जे पुष्टी हुन्छ, सोको जानकारी गराउँने नै छौं,’ प्रवक्ता डा. देवकोटाले नियमित प्रेस व्रिफिङमा भने । २ जना संक्रमित थपिए यस्तै, नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नयाँ थपिएका संक्रमितमा काभ्रेका एक जना र महोत्तरीका एक जना रहेका छन् । नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या २ सय ७८ पुगेको छ । सम्बन्धित सामग्री धुलिखेल अस्पतालमा एक महिलाको मृत्यू, कोरोना संक्रमणको शंका, आकष्मिक कक्ष सिल