थप दुईजनामा देखियो कोरोना

काठमाडौं । नेपालमा थप दुईजना कोरोना संक्रमण पुष्टि भएको छ । कैलाली लम्की चुहा नगरपालिका घर भएकी उक्त ६५ वर्षिय महिला र रौतहट जिल्लामा क्वारेन्टाईनमा राखिएको १९ वर्षिय पुरुषको आईतबार टेकु अस्पतालमा नमुना परीक्षण गर्दा कोरोना संक्रमण रहेको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा दुई कोरोना परीक्षण पोजेटिभ आएको बताएका हुन् । यही सहित नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ जसमा ११ जना नेपाली रहेका छन् भने ३ जना भारतीय रहेका छन् । पहिलाे १ जना काेराेना संक्रमित घर फर्किसकेका छन् । हाल देशभर ७ हजार १ सय ६६ जना क्वारेन्टिनमा रहेका छन् भने १ सय ३ जना आईसोलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा पिसिअार मेसिनबाट ५ सय १९ जनाको कोरोना परीक्षण भएको छ । यस्तै पिसिअार र र्यापिड डायगोनेस्टिक किटबाट साेमबारसम्म १० हजार ९ सय ८२ वटा कोरोना परीक्षण गरिएको छ ।

कोभिड -१९ र्यापिड टेस्टका लागि स्वास्थ्य टोली खटाइयो

काठमाडौं । कर्णालीमा कोभिड–१९ सङ्क्रमण परीक्षण गर्न र्यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) किटसहित स्वास्थ्यकर्मी गाउँ–गाउँमा खटिएका छन् । विदेशबाट फर्किएकाहरुमा कोरोनाको सङ्क्रमण भए/नभएको तत्काल पत्ता लगाउन किटसहित स्वास्थ्यकर्मी सम्बन्धित जिल्लामा पुगिसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशक डा रीता भण्डारीले कर्णालीका सबै जिल्लामा गरी पाँच हजार किट नमूना सङ्कलन गरिने बताए । उनका अनुसार आरडिटी विधिबाट परीक्षण गरिँदा भारतसहित तेस्रो मुलुकबाट फर्किएका सबैको अनिवार्य र कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी भेटिएमा उनीहरुलाई प्राथमिकता दिइनेछ । दैलेख र डोल्पामा किटसहित स्वास्थ्यकर्मी पठाउन बाँकी छ । दैलेख जिल्ला अस्पतालले स्वाब सङ्कलन गरेर प्रदेश अस्पताल सुर्खेत पठाउन गरेको छ । यसअघि उपकरण र दक्ष स्वास्थ्यकर्मीको अभावमा ‘थ्रोट स्वाब’ सङ्कलनमा समस्या भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पिपिई, सर्जिकल मास्क, ग्लोब्स, सेनिटाइजरलगायतका अत्यावश्यक सामग्री उपलब्ध गराएपछि दु्रत परीक्षण (र्यापिड टेस्ट) का लागि स्वास्थ्यकर्मी पठाउन सहज भएको बताइएको छ । कर्णालीमा हालसम्म कोरोना सङ्क्रमणका बिरामी फेला परेका छैनन् । रासस

नेपालमा १२ जना पुगे काेराेना संक्रमित, काे कुन ठाउँकाे ?

काठमाडाैं ।विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभि १९) को संक्रमण बढिरहेको छ । त्यसबाट नेपाल पनि अछुतो रहन सकेको छैन । हालसम्म नेपालमा १२ जनामा कोरोना संक्रमण देखिसकेको छ । नेपालमा कोरोना भाइरसको जोखिम कम गर्नका लागि चैत १० गतेदेखि बैशाख ३ गतेसम्म लकडाउनको घोषणा गरेको छ । आजसम्म नेपालमा ९ जना मात्र कोरोना भाइरसको बिरामी भएपनि आज बीरगञ्जमा तीन जनामा कोरोना पोजेटिभ देखिएसँगै कोरोना संक्रमितको संख्या १२ जना पुगेको छ । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेशनमा रहेका तीन नागरिकमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । आइसोलेशनमा राखिएका २१ जनामध्ये तीन जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकाेटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा चैत २९ गते पुनःपरीक्षण गरिएकामा ३ जनामा कोभिड–१९ पोजेटिभ देखिएको बताए । काे कुन ठाउँको हुन् ? १. पहिलाे पटक नेपालमा काेराेना भाइरसकाे संक्रमण देखिएका ३२ वर्षका पुरुष चीनबाट आएका थिए । उनलाई माघ १० गते नेपाल काेराेना देखिएकाे हाे । उनी निको भएर घर फर्किसकेका छन् । २. दाेस्राे १९ वर्षकी महिला  हुन् । उनलाई  १० गते काेराेना भाइरस देखिएको थियो । ३. तस्राे बिरामी ३२ वर्षका पुरुष दुबईबाट आएका थिए । उनलाई चैत १२ गते कोरोना पोजेटिभ देखिएको थियो । ४.  चाैथाे, ३४ बर्षका पुरूष हुन् । उनी दुबईबाट आएका थिए । उनी धनगढीका हुन् । अहिले कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत छन् । ५.  पाँचाैं, १९ बर्षकी महिला बेल्जियमबाट आएकी थिइन् । उनलाई चैत १५ गते कोरोना पोजेटिभ देखिएको थियो । उनी बागलुङकी हुन् । ६. छैटाैं, ६५ बर्षकी महिला हुन् । उनी दुबईबाट आएकी थिइन् । उनलाई चैत २० गते कोरोना भाइरस पोजेटिभ देखिएको हो । उनी पनि बाग्लुङकै हुन् । ७. साताैं, २१ बर्षका पुरुष हुन् । उनी भारतबाट नेपाल आएका थिए । उनलाई चैत २२मा काेराेना भाइरस देखिएको हो । ८. उनी ४१ बर्षका पुरुष हुन् । उनी भारतबाट नेपाल आएका थिए । उनलाई पनि चैत २२ मा कोरोना भाइरस पोजेटिभ देखिएको हो । उनी कञ्चनपुरका हुन् । ९) अर्को ३४ बर्षकी महिला हुन् । उनलाई पनि चैत २२ मा नै कोरोना पोजेटिभ देखिएको हो । उनी यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको भाउजु हुन् । नेपालमै देखिएको उनी पहिलो बिरामी हुन् । अन्य अर्को देशबाट आएका थिए । उनीहरु सबै सम्बन्धित जिल्लामा उपचाररत छन् । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् । १०. दशाैंमा पर्ने बिरामी वीरगञ्ज महानगरपालिका–२ छपकैयास्थित मस्जिदमा शङ्कास्पद रूपमा रहेका कारण उनकाे परीक्षण गर्दा उनकाे रिपाेर्ट पाेजेटिभ देखिएकाे हाे । उनकाे चैत ३० गते देखिएकाे हाे । उनकाे नाराणी अस्पतालमा उपचार भइरहेकाेछ । उनी भारतीय नागरिक भएकाे बुझिएकाे  छ ।  उनी ३७  वर्षका पुरूष हुन् । ११. उनी पनि भारतकै नागरिक हुन् । उनकाे पनि चैत ३० गते नै रिपाेर्ट पाेजेटिभ देखिएकाे बताइएकाे छ । उनी पनि ५५ वर्षकै पुरूष हुन् । १२. उनी ४४ वर्षका पुरूष हुन् । उनकाे पनि कोभिड–१९ को शङ्का लागि नारायणी अस्पतालको आइसोलेसनमा राखिएको र अवस्था सामान्य रहेकाे बताइएकाे छ। उनीहरुसमेत ‘थ्रोट स्वाब’ किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौंडाको ल्याबमा परीक्षण गरिएको थियो ।