सरकारकाे कोरोना कोषमा सहयाेग गर्ने बढे, हालसम्म करिब २ अर्ब रुपैयाँ जम्मा
काठमाडौं। सरकारले कोरोना कोषमा सहयाेग गर्नेकाे संख्या बढ्दै गएकाे छ । काेराेना राेकथाम तथा न्युनिकरणका लागि विभिन्न व्यक्ति तथा संस्थाले सरकारलाई सहयाेग गरेसँगै काेष पनि बढ्दै गएकाे हाे । हाल सम्म काेषमा एक अर्ब ८८ करोड रुपैयाँ जम्मा भएको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि स्थापना गरेको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बुधबार साँझसम्म एक अर्ब ८८ करोड रुपैयाँ जम्मा भएको बताइएकाे छ। बुधबार मात्रै दुई करोड ७१ लाख पाँच हजार छ रुपैयाँ कोषमा जम्मा भएको छ । योसँगै अहिलेसम्म एक अर्ब ८८ करोड २९ लाख ३९ हजार ५३ रुपैयाँ कोषमा जम्मा भएको बताइएको हाे । बुधबार नेपाल लाइफ इन्स्योरेन्सले २४ लाख ३४ हजार, अर्थ मन्त्रालयले ११ लाख ९६ हजार, राष्ट्रिय समाचार समितिले पाँच लाख ८३ हजार, डिपार्टमेन्ट अफ हाइड्रोलोजीले चार लाख ३३ हजार, नारायणी अस्पतालले चार लाख ३१ हजार, रक्षा मन्त्रालयले दुई लाख ६७ हजार, न्याय परिषद् सचिवालयले दुई लाख ४३ हजार रुपैयाँ जम्मा गरेका छन् । त्यस्तै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र महिला आयोगले समान एक लाख ९४ हजार रुपैयाँ जम्मा गरेका छन् । त्यस्तै, अहिलेसम्म नाम नखुलेको विभिन्न व्यक्ति तथा संस्थाबाट दुई करोड आठ लाख २० हजार ५८७ रुपैयाँ कोषमा जम्मा भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । नेपालमा हालसम्म ९ जनामा काेराेना भाइरस देखिएकाे छ । जसमा एकजनालाइ निकाे भएर घर फर्किसकेका छन् भने ८ जना उपचाररत छन् । सरकारले पछिल्लाे समय काेराेना परीक्षणकाे दायरा पनि बढाएकाे छ ।
नेपालमा कोरोनाः ८ उपचाररत, १७५ रेड जोनमा, १२२ आइसोलेसनमा, ८ हजार ५८० क्वारेन्टाइनमा
काठमाडौं । सरकारले कोेरोना भाइरस ( कोभिड–१९) को उपचार तथा जोखमि न्युनिकरणका लागि प्रभावकारी काम गरेको बताएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबारको नियमित ब्रिफिङमा सरकारले कोरोनाको जोखिम न्युनिकरणका लागि महत्वपूर्ण कार्य गरिरहेको बताएका छन् । हाल ८ जना कोरोना भाइरस संक्रमितहरुको उपचार विश्वस्वास्थ्य संगठनको मापदण्डमा रही गरिरहेको बताए । हालसम्म नेपालमा ९ जना काेराेना संक्रमित भएका छन् जसमा एक जना निकाे भएर घर फर्किसके पछि ८ जना मात्र उपचाररत छन् । उनले अहिले उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । हालसम्म नेपालमा कोरोनाको आशंकामा १ सय २२ आइसोलेसनमा छन् भने ८ हजार ५ सय ८० जना क्वारेन्टिनमा बसेका छन् । त्यस्तै, उनले अहिलेसम्म कोरोनाको उच्च आशंका तथा आजसम्म १ सय ७५ जना रेड जोनमा रहेको ताए । सरकारले कोरोनाको जोखिम कमगर्न तथा सर्वसाधारणलाई सरकराको दायरामा ल्याउनका लागि दुई कलसेन्टर स्थापना गरेको उनको भनाइ छ । त्यसबाट हालसम्म कुल ३ हजार ३ सय ६ जनाको कल सम्बोधन भएको उनको भनाइ छ । एप र वेबसाइटमा इन्ट्रि भएका जिज्ञासालाई पनि सरकारले सम्बोधन गर्दै आएको उनले बताए । कोरोनाको न्युनिकरण तथा जोखिम कम गर्नको लागि सरकारले पीपीईको लागि कार्यविधि र शंकास्वदको व्यक्तिको उपचारको कार्यविधि बनिरहेको उनको भनाइ छ । यस्तै, कोरोना भाइरसको आशंकामा २ हजार ३ सय ६६ जनाको नमुना संकलन गरी परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कोरोना भाइरस आशंकामा हालसम्म एक हजार ९ सय ६५ जना परीक्षण गरिएको बताए । उनले काठमाडौ बाहिर चार सय एक जनाको नमुना संकलन गरेर परीक्षण गरिएको जानकारी दिए । “बुधबारसम्म देशैभरका अस्पतालका आइसोलेसनमा १ सय ३४ जना उपचाररत रहेका छन् । उनले हिजो बेलुकासम्म कैलाली र कञ्चनपुरमा १ सय ९८ जनाको ¥यापिट टेस्टकिट र पीसीआर मेसिनबाट गरिने स्वाब संकलन गरिएको बताए ।
बुधबारसम्म नेपालमा जम्मा २३ सय ६६ जनाको काेराेना परीक्षण
काठमाडौं । बुधबारसम्म नेपालमा जम्मा २३ सय ६६ को काेराेना परीक्षण भएको छ । कोभिड–१९ सम्बन्धि नियमित ब्रिफङमा बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म २३ सय ६६ जनाको कोरोना परीक्षण भएको बताएका हुन् । बुधबार साँझसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जनाको कुल १८ सय ६५ र उपत्यका बाहिर ४ सय १ जनाको कोरोना परीक्षण भएको उनले जानकारी दिए । यसरी हेर्दा मंगलबारदेखि बुधबारसम्म २ सय ४४ जनाको परीक्षण भएको देखिएको छ । केही समय अगाडीसम्म दैनिक १ सय स्वाब पनि परिक्षण नभएको अवस्थामा सातै प्रदेशमा ल्याब संचालनमा आएसी परिक्षण संख्या केही बढेको छ । यद्यपी यो संख्य अझै बढाउनु पर्न देखिन्छ । बुधबार अछामबाट ८ सय २ स्वाब, कैलाली र कन्चनपुरबाट १ सय ९८ स्वाब संकलन गरिसकेको देवकोटाले जानकारी दिए । हाल देशभर १ सय ३४ जना आईसोलेसनमा छन् भने ८ हजार ५ सय ८० जना क्वारेन्टिनमा रहेका छन् । बुधबार कुनै नयाँ संक्रमित थपिएका छैनन् ।