चीनमा फेरि बढ्यो संक्रमण, पहिलो पल्ट मृत्यु रोकिएपछि फेरि भयो शुरु

काठमाडौं । चीनमा सोमवारका दिन कोरोना भाइरसको संक्रमणबाट पहिलोपल्ट कुनै मृत्यु भएको थिएन । तर मंगलवार भने फेरी मृत्यु शुरु भयो । संक्रमणका मामलाहरु पनि बढेका छन् । चीनको नेशनल हेल्थ कमिशनका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका ६२ नयाँ मामलाहरु अगाडि आएका छन् । यस बाहेक १३७ यस्ता मामला छन् जसको कुनै स्पष्ट लक्षण छैन । यो अघिल्लो दिनको तुलनामा धेरै हो । सोमवार कोरोना भाइरस संक्रमणका नयाँ मामलाहरु ३२ थिए र स्पष्ट लक्षण वाला मामलाहरु चाहिँ मात्र ३० थिए । चीनमा मंगलवार कोरोना भाइरसका कारण दुई जनाको मृत्यु भयो जबकि सोमवार पहिलो पल्ट मृत्युको कुनै घटना भएको थिएन । साइघाईमा एक जनाको र हूबे प्रान्तमा अर्को मृत्यु भएको भयो । हूबे प्रान्तमै वुहान शहर पर्दछ जहाँबाट पहिलोपल्ट कोरोना भाइरसको मामला अगाडि आएको थियो । (बीबीसी हिन्दीबाट)

लोमस फर्मास्युटिक्लले बनायो स्यानिटाईजर, घरघरमा पुर्याउने तयारी

काठमाडौं । लोमस फर्मास्युटिक्ल कम्पनीले ह्याण्ड स्यानिटाईजरको उत्पादन गरि बजारमा पठाउन सुरु गरेको छ । कम्पनीले स्यानिटाईजर उपभोक्ताको घरघरमा पुर्याउन अनलाइन बिक्रेतासगँ छलफल गरिरहेको जानकारी दिएको छ । केही दिन पछि कम्पनीले उत्पादन गरेको ह्याण्ड स्यानिटाईजर घरघरमा पुर्याउने पनि कम्पनीले जानकारी दिएको छ । विश्वमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि लोमस फर्मास्युटिक्लले डब्लुएचओको मान्यता अनुसार स्यानिटाईजर उत्पादन गरेको बताएको छ । सो फर्मास्युटिक्लले ह्याण्ड एक्स नामक स्यानिटाईजर बजारमा ल्याएको हो । कम्पनीले दैनिक १० हजार बोटल उत्पादन गरिरहेको छ । लोमस फर्मास्युटिक्लले उत्पादन गरेको सय एमएलको स्यानिटाईजरको बजार मूल्य १ सय ५० रुपैयाँ तोकेको छ । नेपाल सरकारका सबै सम्बन्धित निकायबाट अनुमती लिएर कम्पनीले उत्पादन सुरु गरेको हो ।

काेराेना विरूद्द लड्न ज्याेती ग्रुपकाे सरकारलाई १० थान स्प्रे सहयाेग

काठमाडौं । ज्योतीले ज्योति ग्रुप र स्याकर ट्रेड कम्पनीले सरकारलाई १० थान स्प्रे सहयाेग गरेकाे छ ।  कोरोना भाइरस नियन्त्रण तथा जोखिम कम गर्नका लागि उद्याेगी शाैरभी ज्याेतीकाे ज्याेती ग्रुपले १० थान हाेण्डा ब्याकप्याक स्प्रे सहयोग गरेको हाे । विश्वर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस ( कोभिड १९) को रोकथामका लागि मंगलबार उद्योगी शौरभ ज्योतीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई १० थान स्प्रे हस्तान्तरण गरेका हुन् । ज्योतीले ज्योति ग्रुप र स्याकर ट्रेड कम्पनीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १० होन्डा ब्यागगप्याक स्प्रेयर प्रदान गरेका बताएका छन् । सो स्प्रेयरहरू सार्वजनिक क्षेत्रहरूको कीटाणुरहित गर्न र भाइरसलाई फैलिनबाट नियन्त्रण गर्न प्रयोग गर्न सकिन्छ ।