एक घण्टामै कोरोनाको नतिजा आउने किट प्रयोग नगरौं: स्वास्थ्यविज्ञ डा. खेम कार्की
काठमाडौं । एक घण्टामै नतिजा आउने भनिएको कोरोनाको र्यापिड टेष्ट किटको प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । कोभिड १९ सम्बन्धिको नियमित ब्रिफिङमा मन्त्रालयका स्वास्थ्यविज्ञ सल्लाहकार डा. खेम कार्कीले उक्त किटहरु विश्व स्वास्थ्य संगठनको अनसुार विश्वासनिय नभएकोले त्यसको प्रयोग नगर्न आग्रह गरेका छन् । उनले भने, ‘त्यो कीटको परीक्षणबाट रिजल्ट र त्यसबाट उत्पन्न हुने भम्र र क्षतिले थप समस्या ल्याउने भएकाले विश्व स्वास्थ्य संगठन र मन्त्रालयले अनुमति नदिएको कीट प्रयोग नगर्नु होला।’ अन्य देशमा यस्तो किट प्रयोग हँदा विभिन्न प्रश्नहरु उठेको थियो ।
काेराेना राेकथाम गर्न केन्द्र र प्रदेश सरकारलाई नेपाल बैंककाे १ कराेड ३५ लाख सहयाेग
काठमाडाैं । नेपाल बैंक लिमिटेडले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारहरूलाई ३५ लाख रुपैयाँ सहयाेग गर्ने भएको छ । बैंकले प्रत्येक प्रदेशलाई ५/५ लाखका दरले ३५ लाख रूपैयाँ सहयोग गर्ने जनाएकाे छ । बैंकले प्रत्येक प्रदेशसँग हातेमालो गर्न र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो रकम सहयोग गर्ने निर्णय गरेको बताइएको छ । अहिले विश्वभर फैलिरहेकाे काेराेना भाइरस (काेभिड १९) काे संक्रमण बढिरहेकाे समयमा विभिन्न संस्थाहरूले सरकारलाई सहयाेग गरिरहेका छन् । यसअघि बैंकले संघीय सरकारले स्थापना गरेकाे काेराेना संक्रमण नियन्त्रण, राेकथाम तथा उपचार काेषमा १ कराेड रूपैयाँ सहयाेग गरेकाे थियाे । बैंकले संघीय सरकार र प्रदेश सरकार सबैलाई गरी १ कराेड ३५ लाख रूपैयाँ सहयाेग गरेकाे हाे ।
कोरोनाको त्रासमा अस्पतालहरुले कुनै पनि ईमजेन्सी सेवा नरोकौं: प्रवक्ता डा. विकास देवकोटा
काठमाडौं । कोरोनाको त्रासमा अस्पतालहरुलाई अन्य ईमजेन्सी सेवा नरोक्न सरकारले आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोनाको त्रासमा अन्य अत्यावश्यक सेवाहरु बन्द नर्गन अस्पतालहरुलाई आग्रह गरेका छन् । कोभिड १९ सम्बन्धीको नियमित ब्रिफिङमा देवकोटाले विभिन्न अस्पतालले बिरामीहरुलाई कोरोनाको त्रासमा उपचार गर्न नमानेक कुराहरु बाहिर आएको र आगामी दिनमा यस्ता कार्य फेरि नदोरिहने आशा गरेको बताएका छन । कोभिड १९ बाहेको अन्य रोगमा पनि ज्वारो आउने र समयमा उपचार नपाउँदा बिरामीले अकालमै ज्यानु गुमाउनु पनि सक्ने हुनाले यस्तो कार्य नगरदिन उनले बताए । यदि कोरोनाको लक्षण देखाएका बिरामी छन् भने उनीहरुलाई एउटा सर्जिकल गाउन, मास्क र पन्जा लगाएर पनि पुग्ने मन्त्रालयका स्वास्थ्य विज्ञ डा. खेम कार्कीले बताए । उनी भन्छन्,‘सबै कोरोनाको काराण बिरामी भएको त्रास मुक्ति गराउन जरुरी छ।’