हामी नआत्तिऊँः कोरोनाविरुद्ध लड्न यसरी लाग्दैछ मानवजाति

अमेरिकन मनोवैज्ञानिक तथा स्वास्थ्य विशेषज्ञहरु भन्छन्, ‘मान्छेमा चिन्ता बढाउने एक हिस्सा सूचना र जानकारीको अभाव हो, सर्वसाधारणमा चिन्ता अधिक छ, जसले धेरै हदसम्म शक्तिहीनताको भावना उकास्छ ।’ विश्वमा महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासले सबैलाई चिन्तित त बनाएको नै छ, अझ त्यसमा पनि सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यमको गलत सूचना प्रवाहले उतिकै आम नागरिकहरु आजित बनेका छन् । जसले झन बढी त्रसित बनाउन भूमिका खेलिरहेका छन् । अहिले विश्वभरका मानिजसहरुको ध्यान कोरोना भाइरसतर्फ छ । विश्वका शक्तिशाली राष्ट्रका वैज्ञानिक र चिकित्सकहरु मिलेर यो भाइरसको निदान गर्ने प्रक्रियामा जुटिरहेका छन् । जब हामीलाई आपत–विपत पर्छ अनि हामी सम्झन्छौं भगवानलाई । अमेरिकाका एक रिक्स कम्युनिकेसनविज्ञ डेभिड रोपिकले भनेका छन् कि जब हामीलाई संकट आइपर्र्छ, बाहिर ठूलो बूजेम्यान ( राक्षस) छ भने जसरी नै ‘हे भगवान भन्छौं ।’ जसले हामीलाई झन कमजोर महसुस गराउँछ र जोखिम पनि बढाउँछ । त्यस्तै अहिले विश्वभरका मानिसलाई नै छ । अझ हामी त भन्छौं कि ‘पशुपतिले रक्षा गरुन्।’ केही सकरात्मक सूचना र जाकारी, आत्मविश्वास र आत्वसावधानीले समस्याको समाधान सजिलैसँग गर्न सकिन्छ । त्यहि विकल्प रोज्दै अहिले धेरै देशले लकडाउनको पनि घोषणा गरिसकेका छन् । अहिले सबै घभित्रै बसेर सावधानी अपनाइरहेका छन् । गत डिसेम्बरदेखि चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरस संक्रमणको सबैभन्दा बढी प्रभावित चीन, इटाली, इरान, स्पेन, अमेरिका, फ्रान्सलगायतका मुलुक छन् । तर, यही बीचमा आइरहेका कतिपय समाचारले मानिसलाई खुसी बनाउने खालका छन् । नेपालका जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डे पनि यो समय आतिँने नभई सरकारलाई सहयोग गर्ने र संयमता अपनाउनु पर्ने भएको बताउँछन् । उनी विश्वमा दैनिक रुपमा कोरोना भाइरसको निदान तथा उपचारमा धेरै प्रगति भइरहेकोले बढी चिन्ता लिनु पर्ने नभएको बताउँछन् । यसरी भइरहेकाे छ प्रयासः –चीनको वुहान कोरोना भाइरसको महुान हो । जहाँको अवस्था सामान्य भइसकेको छ । अब यसले विस्तार अन्य देशमा भएको संक्रमण पनि कम हुँदै जान्छ भन्ने बुझाउँछ । चीनले ठूलो मात्रामा औषधि, उपकरण तथा टेस्ट किट निर्माण गरेर विश्वव्यापी सप्लाई गरिरहेको छ । यस्तै, चीनमा ८६ बर्षदेखि १०३ बर्षका बिरामी पनि ठिक भएर डिस्चार्ज भएका छन् । जसले गर्दा वृद्धवृद्धाहरुको मनोवल पनि उच्च भएको छ । – हालसम्म करिब १ लाख ८० हजार संक्रमितहरु निको भएर घर फर्किसकेका छन् । जुन हामी सबैका लागि राम्रो सन्देश हो । यसले कोरोना लाग्दैमा मान्छेको मृत्यु हुन्छ भन्ने मानसिकता पनि हटाएको छ । युरोप र अमेरिकामा निको भएर घर फर्किनेको संख्या ह्वात्तै बढेको छ । उच्च रक्तचाप, मधुमेह लगायतका बिरामी जसलाई औषधि सेवनले कन्ट्रोल राखेको छ, त्यस्ता ९५ प्रतिशत बिरामी निको भएर फर्किएका छन् । – कोरियामा पनि कोरोना संक्रमितको ग्राफ घट्दै गएको छ भने जापानले पनि संक्रमणलाई आफ्नो नियन्त्रणमा लिइसकेको छ । – छिमेकी देश भारतले कोरोना परीक्षण किटको सफल प्रयोगपछि ठूलो संख्यामा किट निर्माण गरिरहेको छ । एक सयभन्दा बढी कोरोना भाइरसका बिरामी भारतका अस्पतालमा उपचार पछि निको भएर घर फर्किसकेका छन् । भारतमा पनि एक ८६ बर्षका बिरामी जो सुगर र प्रेसरका दीर्घ रोगी थिए, उनी निको भएर घर फर्किएका छन् । – हाल मृत्यु भएका ३८ हजार मध्ये अधिकांश व्यक्ति किड्नी फेल भएका, क्यान्सरको अन्तिम स्टेजका, एचाइभी रएड्सको औषधिले काम गर्न छोडेका तथा Immunosupressant रोग भएका छन् । कोरोना संक्रमण नफैलिएको भएपनि उनीहरुमध्ये ५० प्रतिशतको मृत्यु नाजुक स्वास्थ्यको कारण हुने थियो । – अमेरिकी हेल्थ केयर कम्पनी एबोट ल्याबरोटरीले पाँच मिनेटमा कोरोना भाइरस पत्ता लगाउने मेसिन प्रयोग गर्न मान्यता पाएको छ । जसले अब धेरै मानसिलाई परीक्षण गर्न सहयोग पुग्छ । र, धेरै परीक्षणको दायरामा आउँछन् । संसारभर नयाँ, द्रुत परीक्षणहरू पनि विकसित भइरहेका छन् । – विश्व स्वास्थ्य संगठनले ६ वटा औषधिहरुलाई मानिसमा परीक्षण गरिसकेको छ । यदि त्यसको नतिजा सकरात्मक आयो भने हामी सबैले कोरोना भाइरसबाट छुट्कारा पाउनेछौं । – इजरायलका बैज्ञानिकले कोरोना विरुद्धको खोपमा ठूलो प्रगति गरेका छन् । इजरायलका वैज्ञानिकहरु कोरोनाभाइरसविरुद्धको खोप तयार भएको घोषणा गर्ने सम्भावनाको नजिक पुगेका छन्। – क्यानाडाका वैज्ञानिकहरुको संजालले कोभिड १९ को अनुसन्धानमा उत्कृष्ट प्रगति गरिरहेको जनाएको छ । –नेपालमा ७ प्रदेशबाट नै कोरोना संक्रमणको परिक्षण हुन थालेको छ । सरकारले स्वास्थ्य सामग्रीहरु बढाएको छ । नेपालमा अहिलेसम्म संक्रमित ५ जनामध्ये १ जना निको भइसकेका छन् भने बाँकी ४ जनाको अवस्था सुधारोन्मुख छ । सरकारले लक डाउनलाई प्रभावकारी बनाइरहेको छ । नागरिकले यसमा साथ दिइरहेका छन् । ..र याे पनि वातावरण प्रदुषणमा कमी विश्वका धेरै देश अहिले लकडाउनमा छन् । यसले मानिसको आगावमन रोकेको छ । उद्योगधन्दा कलकारखाना र यातायातहरु ठप्प छन् । यसको कटौतीले वातावरण प्रदुषणमा निकै कमि आएको छ । वायु प्रदुषण एकदमै रोकेको तछ । वातावरण प्रदुषण कै कारण पनि विश्वमा हजारौं मानिसहरुले ज्यान गुमाउँथे । तर अब त्यो अवस्था रहेन । यो अवधिमा वातावरण निकै मात्रामा स्वच्छ भइसकेको छ । सहयोग उपलब्धता मानव सर्वश्रेष्ठ प्राणी हो । मान्छे जति स्वार्थी भएपनि अन्त्यमा उसलाई अर्काको सहयोग चाहिन्छ र उसले साथी र समुदाय खोज्छ । त्यो परिपाटी र संस्कार अहिले देखिएको छ । यो भन्दा अगाडि एकले अर्कालाई नटेर्ने परिपाटी देखिन्थ्यो । कोरोनाको कारण भने त्यो विस्तारै हट्दै गएको छ । मान्छे मान्छेमा मात्र होइन देशदेशहरु एक आपसमा जुटिरहेका छन् । आत्मियता देखाइरहेका छन् । जुन यो महामारीले सम्भव भएको हो । हिजो ढोका बन्द गरेर सुतेर बस्ने मानिस आज छिमेकीलाई कस्तो छ भनेर सोधिरहेको छ । एक देशले अर्को देश र सरकारले नागरिकलाई राहत तथा सहयोग गर्ने क्रम बढेको छ । हिजो शहरमा एकान्तमा बस्ने छोरो आज आमाबुवा सम्झेर गाउँतर्फ हिडेको छ । यो पनि एउटा आत्मियता र समाज दर्शाउने उदाहरण हो । विश्वका शक्तिशाली दुई देश अमेरिका र चीनका राष्ट्रपतिले एक आपसमा मिलेर कोरोनाको निदान गर्ने समझदारी गरिसकेका छन् । जो विश्वका लागि सुखद कूरा हो ।

३ महिनामा १ हजार ६० जनामा कोरोना परीक्षण, देशभर कति छन् क्वारेन्टाइन र आइसोलेटेड बेड ?

काठमाडौं । कोरोनाले संसार हल्लाएर लाखौं संक्रमित भईरहेको अवस्थामा नेपालमा भने यसको प्रभाव निकै कम छ । अहिलो अवस्था हेर्न हो भने नेपाल कोरोना संक्रमणको पहिलो चरणमा छ अर्थात नेपालमा हाल संक्रमित राष्ट्रबाट आएका मानिसहरुमा मात्र कोरोना संक्रमण भएको पाइएको छ । तर के नेपाल साँच्चै संक्रमणको पहिलो चरणमा मात्र छ त ? यो प्रश्नमा भने धेरैको शंका छ । तीन महिनाको अवधिमा १ हजार ६० जना मानिसको कोरोना परीक्षण भएको छ । यसको मतलब दैनिक १२ जनाको मात्र परीक्षण भएको बुझ्न सकिन्छ । यसरी परीक्षण गरेकामध्ये हालसम्म ५ जनालाई कोरोना भाईरस (कोभिड १९) संक्रमण भएको पुष्टि भएको छ । संक्रममितमध्ये १ जना निको भएर घर फर्किसकेका छन् भने बाँकी ४ जना उपचारको क्रममा छन् । उनीहरुको स्वास्थ्य सामान्य रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन् । दक्षिण कोरियो दैनिक २ हजार कोरोना टेष्ट गर्न गरेको र त्यही कारण संक्रमण विस्तार हुन नसकेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । हाल नेपाल सरकारले कोरोना परीक्षण ल्याब संचालन गरिरहेको छ । काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरकारले कोरोना परीक्षण ल्याब संचालन गरिरहेको छ । टेकुको प्रयोगशाला ल्याबमा दैनिक ९ सय जनाको परीक्षण गर्न सक्ने क्षमता र धरानको ल्याबमा दैनिक १२ सय जनाको परीक्षण गर्न सक्ने क्षमता रहेको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द« श्रेष्ठले बताए । यस्तै, सरकारले छिटै नै अन्य बाँकी प्रदेशमा पनि ल्याब संचालनमा ल्याउनलाई काम अगाडि बढाइसकेको छ । प्रदेशका ल्याबहरुले दैनिक १२ वटासम्म परीक्षण गर्न उनले बताए । यसको मतलब हाल नेपालको कोरोना परीक्षण गर्न क्षमता २ हजार १ सय ५० रहेको छ । यद्यपी दैनिक २ हजार १ सय ८४ परीक्षण हाल नेपालको लागि असम्भव छ किनभने परीक्षण किटहरु अझै पनि कम सीमित मात्र छन् । त्यसैले पनि सरकारले पूर्ण रुपमा कोरोनाको लक्षण देखिएकाहरुको मात्र ल्याब टेष्ट गर्नको लागि देशभर २५ वटा हब अस्पतालमा फिभर किल्निक संचालनमा ल्याएको छ । कोरोनाको शंका लागेका मानिसहरु तोकिएका अस्पतालमा गई चेकजाँच गरेर कोरोनाको सम्भावित लक्षण पक्का भएको अवस्थामा मात्र ल्याबमा परीक्षणको लागि पठाईने देवकोटाले बताएका छन् । फिभर क्लिनिक संचालनको लागि तोकिएका हब अस्पताल १. जनकपुर अन्चल अस्पताल जनकपुर उपमहानगपालिका, धनुषा २. गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज नगरपालिका, सप्तरी ३. सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल अमरगढी नगरपालिका, डढेलधुरा ४. पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा लेखनाथ महानगरपालिका, कास्की ५. मेची अञ्चल अस्पताल भद्रपुर नगरपालिका, झापा ६. राप्ती अञ्चल अस्पताल तुलसीपुर उपमहानगरपालिका, दाङ ७. राप्ती उपक्षेत्रीय अस्पताल घोराही उपमहानगरपालिका, दाङ ८. धौलागिरी अञ्चल अस्पताल बागलुङ नगरपालिका, बागलुङ ९. पाटन स्वास्थ्य विज्ञान एकेडेमी ललितपुर महानगरपालिका, लगनखेल १०. नारायणी उपक्षेत्रीय अस्पताल विरगंज महानगरपालिका, पर्सा ११. भेरी अञ्चल अस्पताल नेपालगंज उपमहानगरपालिका, बाँके १२. धुलिखेल अस्पताल धुलिखेल, नगरपालिका, काभ्रे १३. बी.पी. कोइराला स्वास्थ्य विज्ञान संस्थान धरान उपमहानगरपालिका, सुनसरी १४. मध्य पश्चिमी क्षेत्रीय अस्पताल विरेन्द्रनगर नगरपालिक, सुर्खेत १५. कोशी अञ्चल अस्पताल विराटनगर महानगरपालिका, मोरङ १६. भक्तपुर अस्पताल भक्तपुर नगरपालिका, भक्तपुर १७. भरतपुर अस्पताल भरतपुर महानगरपालिका, चितवन १८. बीर अस्पताल काठमाडौं महानगरपालिका १९. त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौं महानगरपालिका २०. श्री वीरेन्द्र अस्पताल काठमाडौं महानगरपालिका २१. सिभिल सेवा अस्पताल काठमाडौं महानगरपालिका २२ लुम्बिनी अञ्चल अस्पताल बुटवल उपमहानगरपालिका, रुपन्देही २३. स्वास्थ्य विज्ञान कर्णाली एकेडेमी चन्दननाथ नगरपालिका, जुम्ला २४. सेती अञ्चल अस्पताल धनगढी उपमहानगरपालिका, कैलाली २५. महाकाली अञ्चल अस्पताल भिमदत्त नगरपालिका, कन्चनपुर कति जना छन् क्वारेन्टाइन र आइसोलेसनमा ? कोरोना भाइरस (कोभिड १९) शंका गरिएका देशभर ४ हजार १ सय ९० जना सेल्फ क्वारेन्टाइनमा रहेका र ७७ जना विरामीको आइसोलेसनमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । प्रदेश १ यसमध्ये प्रदेश १ मा ४ सय ५१ जना क्वारेन्टाइनमा छन् भने २७ जनाको आइसोलेसनमा राखेर उपचार गरिदैछ । प्रदेश १ मा ३ हजार ५३ वटा क्वारेन्टाइन बेड छन् भने ३ सय ३८ वटा आइसोलेटेड बेड छन् । प्रदेश स्वास्थ्यकर्मीका लागि १ मा १ हजार ६ सय १९ वटा व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ) छन् । प्रदेश २ मन्त्रालयको दिएको जानकारी अनुसार प्रदेश २ मा ३ सय ३६ जना विरामी क्वारेन्टाइनमा छन् । सो प्रदेशमा आइसोलेसनमा एक जना पनि विरामी छैनन् । प्रदेश २ मा १ हजार ९ सय ९७ वटा क्वारेन्टाइन बेड छन् भने ३ सय ६३ वटा आइसोलेटेड बेड छन् । सो प्रदेशमा स्वास्थ्यकर्मीको लागि १ हजार २ सय ३१ वटा व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ) छन् । बागमती प्रदेश बागमती प्रदेशमा १ सय ६५ जना विरामी क्वारेन्टाइनमा छन् भने २४ जनालाई आइसोलेसनमा राखेर उपचार गरिदैछ । बागमती प्रदेशमा २ हजार ७ सय ४० वटा क्वारेन्टाइन बेड छन् भने ५ सय ५१ वटा आइसोलेटेड बेड छन् । यस्तै, स्वास्थ्यकर्मीको लागि २ हजार ६ सय २५ वटा व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ) छन् । गण्डकी प्रदेश गण्डकी प्रदेशमा २ सय ५५ जना विरामी क्वारेन्टाइनमा छन् भने ६ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ । गण्डकी प्रदेशमा २ हजार ८ सय ८५ वटा क्वारेन्टाइन बेड छन् भने २ सय ३९ वटा आइसोलेटेड बेड छन् । सो प्रदेशमा स्वास्थ्यकर्मीका लागि १ हजार ६ सय ६६ वटा व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ) छन् । प्रदेश ५ प्रदेश ५ मा ८ सय २४ जना विरामी क्वारेन्टाइनमा बसेका छन् भने ८ जना विरामीलाई आइसोलेसनमा राखेर उपचार गरिदैछ । प्रदेश ५ मा क्वारेन्टाइन बेडको संख्या ३ हजार ४ सय ८३ वटा छन् भने ४ सय २४ वटा आइसोलेटेड बेड छन् । सो प्रदेशमा स्वास्थ्यकर्मीको लागि १ हजार ४ सय ८ वटा व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ) छन् । कर्णाली प्रदेश कर्णाली प्रदेशमा ६ सय ८० जना विरामी क्वारेन्टाइनम बसेका छन् । सो प्रदेशमा आइसोलेसनमा राखिएका १ जना विरामी पनि छैनन् । कर्णाली प्रदेशमा क्वारेन्टाइन बेडको संख्या २ हजार ३० छ भने २ सय ६१ वटा आइसोलेटेड बेड छन् । सो प्रदेशमा स्वास्थ्यकर्मीको लागि व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ) १ हजार २ सय ३७ वटा छन् । सुदुरपश्चिम प्रदेश सुदुरपश्चिम प्रदेशमा १ हजार ४ सय ७९ जना विरामी क्वारेन्टाइनमा बसेका छन् भने १६ जनालाई आइसोलेसनमा राखेर उपचार गरिदैछ । सुदुरपश्चिम प्रदेशमा ३ हजार १ सय ७० वटा क्वारेन्टाइन बेड छन् भने २ सय वटा आइसोलेटेड बेड छन् । सो प्रदेशमा स्वास्थ्यकर्मीको लागि १ हजार २ सय ९१ वटा व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ) छन् । सरकारले उपलब्ध रहेका भनेका क्वारेन्टाइन र आइसोलेटेड बेड कोरोना भाइरस (कोभिड १९) संक्रमणको शंका गरिएका र विरामीहरुलाई उपचार गर्नको लागि हो ।

स्वास्थ्यमन्त्री ढकाल विरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त डकाल विरुद्ध अख्तियारमा उजुरी परेको छ । विवेकशील नेपालीका प्रदेशसभा सदस्य रमेश पौडेलले ढकाल विरुद्ध अख्तियारमा उजुरी गरेका हुन् । सरकारले आईतबार चैत १६ गते चीनबाट ल्याएको मेडिकल किटहरुमा अनमियतात गरेको भन्दै पौडेलले अख्तियारको वेभसाईट मार्फत उजुरी हालेका हुन् । मन्त्रालयले आफै खरिद गरेको र्यापिड टेष्ट किट भरपर्दो नभएको भनेर मन्त्रालयका स्वास्थ्यविज्ञ सल्लाहकार डा. खेम कार्कीले कोभिड १९ को नियमित ब्रिफिङमा बताएका थिए । विश्व स्वास्थ्य संगठनले र्यापिड टेष्ट किट भरपर्दो नभएको कारण प्रयोग नर्गन बताएको छ । चीनबाट ल्याईएको सामान बढि मुल्यमा किनेको भन्दै ढकाल माथि प्रश्न उठ्दै आएको छ ।