इरानमा कोरोना कारण मृत्यु हुनेको सङ्ख्या पाँच सय नाघ्यो

काठमाडौं । इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या पाँचसय नाघेको छ । इरानी स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार मृत्यु हुनेको सङ्ख्या ५ सय १४ पुगेको हो । बिहीबारसम्म ४ सय २९ रहेकोमा बढेर सो सङ्ख्या नाघेको हो । यसैगरी सङ्क्रमितको सङ्ख्या ११ हजार ३ सय ६४ पुगेको छ । तीमध्ये तीन हजार ५ सय २९ जना निको भएर घर फर्किएको छन् । कोरोनाको सम्भावना देखिएकी इरानका सर्वोच्च नेता प्रमुख सल्लाहकार अली अक्बर बेलायतीलाई आफ्नो निवासमा अलग राखिएको छ । मध्यपूर्वी देशमध्ये इरानमा कोरोनाको सङ्क्रमण सबैभन्दा बढी देखिएको छ । इरानमा मन्त्री, सांसद र स्वास्थ्य अधिकारीसहित २५ जना विशिष्ट व्यक्ति पनि कोरोनाको सङ्क्रमण देखिएको छ । इजरायलमा १ सय ४३ जनाका सङ्क्रमण पुष्टि भएको छ भने साउदी अरबमा ८६ जनामा कोरोनाको सङ्क्रमण भएको साउदी अरवका कुल बिरामीमध्ये १४ जना इजिष्ट नागरिक भएको जनाएको छ । कुवेतमा कूल सयजना बिरामी भएका छन् ।लेवनानमा थप छसहित कूल ७७ बिरामी भएका छन् । मध्यपूर्वका अन्य देशमा पनि सङ्क्रमित छन्, तर थोरै छन् । रासस/सिन्ह्वा

दाङको तुलसीपुरमा सय श्ययाको अस्पताल बन्दै

दाङ । दाङको तुलसीपुरमा सय श्ययाको अस्पताल बन्ने भएको छ । तुलसी अस्पताल प्रालिले सय श्ययाको अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेको छ । “तुलसीपुरमा सय श्ययाको अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेका छौँ”, अस्पतालका सञ्चालक डा किशोर खत्रीले भने, “त्यसका लागि तुलसीपर उपमहानगरपालिका–९ बेलुवामा प्रक्रिया अघि बढिसकेको छ ।” दाङका बिरामीलाई बाहिरी जिल्ला जानुपर्ने अवस्थाको अन्त्य गर्ने गरी सेवा दिने तयारी थालिएको उनको भनाइ छ । “अहिले दाङमा सुविधासम्पन्न अस्पताल नहुँदा उपचारका लागि बाहिरी जिल्ला सिफारिश भएर जानुपर्ने अवस्था छ”, उनले भने, “यसको अन्त्य गर्ने हाम्रो लक्ष्य छ ।” अहिले बालरोग विशेषज्ञ सेवा दिँदै आएको अस्पतालले ल्याब, आइसीयू, एक्सरे सेवा थप गरेको समेत बताए । डा खत्रीका अनुसार अब अस्पतालले सुत्केरी सेवा, जनरल मेडिसिन, गर्भ जाँच, पाठेघर तथा महिलामा सेतोपानी बग्ने, बेहोस बनाएर उपचार गर्नेलगायतका सेवाहरु शुरु भएका छन् । रासस

प्रधानमन्त्री आज डिस्चार्ज हुने (विज्ञप्तीसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गरिने भएकाे छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज बेलुका डिस्चार्ज गरिने भएको हाे । १९ फागुनमा अस्पताल भर्ना भएका उनको शरीरमा २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन् । उनी अस्पतालबाट डिस्चार्ज भइसकेकी छन् । प्रधानमन्त्री ओलीलाई पनि पूर्ण स्वास्थ्य लाभपछि डिस्चार्ज गर्न लागिएको अस्पतालले जनाएकाे छ ।