नवीकरण नगराएका निजी स्वास्थ्य संस्थालाई सात दिनभित्र बन्द गर्न निर्देशन
काठमाडौं । लामो समयदेखि नवीकरण नगराएका निजी स्वास्थ्य संस्थाहरुलाई सात दिनभित्र बन्द गर्न सिरहास्थित जिल्ला स्वास्थ्य कार्यालयले निर्देशन दिएको छ । नवीकरणका लागि पटक–पटक ताकेता गर्दा पनि बलमिच्याईं गरेर सञ्चालन गरिरहेको जिल्लाका आठ अस्पताल र छ पोलिक्लिनिकलाई सात दिनभित्र बन्द गर्न निर्देशन दिएको हो । लहानस्थित लहान लाइफ केयर हस्पिटल, डिभाइन हस्पिटल केयर, फ्रेण्डस हस्पिटल, कामना नर्सिङ होम, सिरहाको गोलबजारस्थित सगरमाथा मोडेल हस्पिटल, माँ धमिनी हस्पिटल, मिर्चैयास्थित रेखा नर्सिङ केयर एण्ड डाइग्नोस्टिक सेन्टरलाई सात दिनभित्र बन्द गर्न निर्देशन दिइएको जिल्ला स्वास्थ्य अधिकृत उमेशलाल कर्णले जानकारी दिएका छन । त्यसैगरी लहानस्थित आदित्य मेडिकेयर सेन्टर, वेष्ट राधा कृष्ण डेण्टल क्लिनिक, अलफ्रेण्ड हेल्थ केयर र मिर्चैयास्थित सहलेश पोली क्लिनिक पनि बन्द गर्न निर्देशन दिइएको उनले बताए । नवीकरण नगराएका स्वास्थ्य संस्थालाई दुई महिनाको समय दिइए पनि अटेर गरेकाले कानूनबमोजिम बन्द गरी सम्बन्धित कार्यालयमा जानकारी गराउन आग्रह गरेका छन् । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेशलाई सुखी र समृद्ध बनाउने प्रदेश सरकारको लक्ष्य रहेको बताए ।सप्तरीको मलेठ घटनाका शहीदहरुको स्मृतिमा प्रदेश सरकारले निर्माण गर्न लागेको शहीद स्तम्भ शिलान्यासका क्रममा सोनलले प्रदेशलाई सुखी र आर्थिक रुपमा सम्बृद्ध बनाउन सकिए मात्र शहीदको सपना पूरा हुने भएकाले त्यहीअनरुप प्रदेश सरकारले योजनाहरु बनाएको बताएका हुन् । यसरी आफूहरुले संविधान संशोधनको मुद्दामा अझै सङ्घर्ष जारी राखेका छौँ भन्दै राजपाका नेतासमेत रहेका मन्त्री सोनलले संविधान संशोधन नभए आन्दोलनमा उत्रिने चेतावनी समेत दिए । गत २०७३ साल फागुन २३ गते तत्कालीन एमालेको मेची महाकाली अभियानका क्रममा प्रहरी र संयुक्त मधेशी मोर्चाका कार्यकर्ताबीच झडप हुँदा प्रहरीको गोली लागेर पाँच जनाको मृत्यु भएको थियो । सो घटनामा शहीद भएकाहरुको सम्झनामा प्रदेश २ सरकारले घटनास्थलमा शहीद स्तम्भ निर्माण गर्न लागेको हो । रासस
‘वायु प्रदुषणका कारण दैनिक १०० नेपालीको मृत्यु’
काठमाडौं । वायु प्रदुषणको कारण हरेक दिन १०० जना भन्दा बढी नेपालीले आफ्नो ज्यान गुमाउने गरेका छन् । विश्व स्वास्थ्य संगठनको सर्वेक्षण अनुसार वर्सेनि ३७ हजार भन्दा बढी नेपालीले वायु प्रदुषण कै कारण ज्यान गुमाउने गरेका छन् । बुधबार भएको डिप्लोमा ईन्जिनियर्स एशोसियनशन नेपाल(डिन)को ३९ औं वार्षिकोत्सवमा यस्तो तथ्याङ्क सार्वजनिक भएको हो । कार्यक्रममा ‘नेपालका शहरी क्षेत्रमा वायु प्रदुषण समस्या र समाधान’ बिषयमा कार्यपत्र प्रस्तुत गर्दै वाताबरणविद् तथा साझा यातायातका महाप्रवन्धक भुषण तुलाधारले यस्तो तथ्याङ्क प्रस्तुत गरेका हुन् । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार ९० प्रतिशत मानिसहरु प्रदुषित हावामा सास फेरिरहेका छन् । ७० लाख भन्दा बढी मानिसको वाताबरण प्रदुषणका कारण मृत्यु भइसकेको छ । ९ जना मानिसको मृत्यु हुँदा एक जनाको मृत्युको कारण वायु प्रदुषण हुने गरेको छ । ३६ प्रतिशत फोक्सोको क्यान्सर, ३४ प्रतिशत मस्तिस्कघात र ६ प्रतिसत हृदयरोग वायु प्रदुषणको कारणले हुने गर्दछ।
सिटिजन्स बैंकका ग्राहकलाई निसर्ग हस्पिटलमा विशेष छुट
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरप्रा.लि., हसनपुर, धनगढी, कैलाली बिच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौतापश्चात बैंकका डेबिट/क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरप्रा.लिमा उपचार गराउँदा विशेष छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।