सनराइज बैंक र भारतको बीएलके र नानाभाती सुपर स्पेशलिटी हस्पिटलबीच सम्झौता

काठमाडौं । सनराइज बैंकले आफ्ना सम्पूर्ण ग्राहक माझ अझै उच्चस्तरीय सुबिधा दिने क्रममा हालै भारत स्थित बीएलके सुपर स्पेशलिटी र नानाभाती सुपर स्पेशलिटी हस्पिटलसँग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार अब सनराइज बैंकका सम्पूर्ण डेबिट तथा क्रेडिट कार्ड ग्राहकले हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा अधिकतम ५०% सम्म छुट प्राप्त गर्न सक्ने छन् । सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र हस्पिटलहरुका तर्फबाट प्रमुख बिक्री तथा बजार प्रबन्धक सुनिल कपूरले मंगलबार हस्ताक्षर गरेका छन् ।

पूर्व मुमा वडामहारानी रत्नराज्यलक्ष्मीदेवीको स्वास्थ्यमा सुधार

काठमाडौँ । पूर्व मुमा वडामहारानी रत्नराज्यलक्ष्मीदेवी शाहको स्वास्थ्य उल्लेख्य सुधार भएको छ । स्वास्थ्यमा समस्या देखिएपनि उनी फागुन २१ गते देखि नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत छिन् । उनको स्वास्थ्य स्थितिमा उल्लेख्य सुधार भएको छ-हस्पिटलले आज प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ ।

ज्योतिलाईफका ग्राहकलाई ह्याम्स अस्पतालमा विशेष छुट

काठमाडौँ । ज्योतिलाइफ इन्स्योरेन्स कम्पनीले ग्राहकहरुको सेवासुविधालाई ध्यानमा राखी ह्याम्स अस्पतालसंग स्वास्थ्य सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता गरेकोे छ । उक्त सम्झौता अनुसार ज्योतिलाईफ इन्स्योरेन्समा आबद्ध निर्धारित मापदण्ड पूरा गरेका सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले ह्याम्स अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवा शुल्क र औषधी खरिदमा विशेष छुट प्राप्त गर्ने छन् । सम्झौता पत्रमा ज्योतिलाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाशबिक्रम खत्री र अस्पतालका अध्यक्ष आरएस भण्डारीले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर तथा हाडजोर्नी विभाग प्रमुख डा. भाष्करराज पन्तलगायत अस्पताल र कम्पनीका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।