दैनिक छालाको केयरमा ध्यान दिए मेकअपको हानिकारक प्रभावबाट बच्न सकिन्छ
फुरदिकी शेर्पा, ब्युटीसीयन तथा मेकअप आर्टिस्ट काठमाडौं। आजको समयमा आएर सुन्दर देखिनु मानिसहरुको एउटा चाहना भएको छ। सुन्दरता बढाउनको लागि मेकअप गर्नु सामान्य जस्तै भइसक्यो। शायद अब आफ्नो अनुहारमा मेकअप नगर्ने मान्छे बिरलै भेटिछन्। मानिसहरु मेकअप त गर्छन् तर आफ्नो छालालाई मेकअपले कस्तो असर गरिरहेको छ भन्ने कुरा त्यती वास्ता गर्दैनन। यसो गर्नाले छालामा निकै ठूलो समस्या देखिन सक्छ । तर, छालाको सुरक्षामा ध्यान दिएर मेकअप गर्ने हो भने यस्तो खतराबाट जोगिन सक्नुहुन्छ । दैनिक छालाको केयरमा केही टिप्स अपनाए मेकअपको हानिकारक प्रभावबाट छालालाई जोगाउन सक्नुहुन्छ। स्किनको प्रकार चिनेर प्रडक्ट प्रयोग गर्ने हामीले हाम्रो आफ्नो स्किन टाईपस हरु छुटाएर त्यही अनुरुप स्किन गर्यौ भने राम्रो हुन्छ। छाला अनुसारको प्रोडक्ट प्रयोग नगर्दा छालालाई नकरात्मक असर पर्न सक्छ त्यसैले सबैभन्दा पहिले आफ्नो छालाको प्रकार चिन्न जरुरी छ। सामान्य,चिल्लो, ड्राई , सेन्सिटिभ, हाईड्रेटेड, डिहाईट्रेटेड, मेट्युर स्किन, कम्बिनेसन स्किन यि सात वटा स्किनको प्रकार चिनेर आफ्नो स्किन अनुसारको प्रडक्ट प्रयोग गरे स्किन एकदम राम्रो हुन जान्छ। मुख जहिले पनि सफा पानीले धुने हाम्रो छालालाई स्वस्थ राख्नलाई यो अर्को महत्वोपूर्ण कुरा हो। मेकअप गर्नुभन्दा अगाडी जहिले पनि हामीले राम्रोसँग सफा पानीले मुख धुन पर्छ। छालामा भएको सबै फोहोर सफा गरेर मात्र किमहरु प्रयोग गर्नुपर्छ। चिल्लो छाला भएको ब्यक्तीहरुले फेसवासको प्रयोग गर्ने र ड्राइ स्किन छ भने क्लिन्जिङ र सामान्य र सुक्खा छाला भएको ब्यक्तीहरुले सफा पानीले मात्रा धुए हुन्छ। सबै प्रकारको छालाले फेस वास प्रयोग गर्न सक्छन्। सस्तो पायो भन्दैमा जुन पनि मेकअप प्रडक्ट प्रयोग नगर्ने हामीले सस्तो पायो भन्दैमा जे पनि किन्नु हुँदैन। आफ्नो छालालाई उक्त प्रडक्टले असर गर्छ कि गर्दैन भन्ने कुरामा पनि हामीले एकदम ध्यान दिन जरुरी हुन्छ। सस्तो प्रडक्टले एक दुई दिन राम्रो गरे पनि लामो समयमा यसले छालालाई नराम्रो असर गर्नेसक्छ। कति प्रडक्टहरुमा त अझै कहिले बनेको भनेर पनि लेखिएको हुँदैन। हेर्दा सक्कली जस्तै देखिए पनि सस्तो मेकअप प्रडक्ट बन्न प्रयोग भेएको केमिकलनै नराम्रो हुनेगर्छ। तर यसको मतल सबै सस्तो प्रडक्ट नराम्रो हुन्छ र सबै महङो राम्रो हुन्छ भन्ने होईन। छालालाई सुहाउँदो प्रडक्ट चिन्न सके सस्तो र महँगोमा त्यती फरक पर्न जाँदैन जस्तो लाग्छ मलाई। सनब्लक क्रिमको प्रयोग गर्ने जाडो होस् या गर्मी, घरभित्र रहनुहोस् या बाहिर जानुपर्ने होस्, तपाईंलाई सनब्लक अत्यावश्यक हुन्छ । कतिपयको बुझाइ छ, बाहिर घाममा ननिस्किने भएपछि कोठाभित्र त सूर्यको किरणले कुनै असर गर्दैन । तर, यो बुझाइ गलत हो । कोठाभित्र पनि रिफ्लेक्सन या विभिन्न माध्यमबाट सूर्यको किरण छिरेको हुन्छ । त्यसैले छालाको प्रकृति र मौसमअनुसार सनब्लक क्रिम लगाउनुपर्छ । मोस्टराईजरको प्रयोग गर्ने दिनहुँ मेकअप गर्नुहुन्छ भने तपाईंले छालालाई मोस्चराइज राख्न आवश्यक पर्छ । दिनका लागि मोस्चराइजर डे प्रयोग गर्दा राम्रो हुन्छ।. मोस्चराइज भएको छालामा मेकअप पनि नेचुरल देखिन्छ । छालामा फाउन्डेसनले पार्न सक्ने असरलाई पनि मोस्चराइजरले जोगाउँछ । राम्रो एसपिएफ (सन प्रोटेक्सन फ्याक्टर) क्रिम लगाउनुहोला। यो क्रिमले घामको हानिकारक किरणबाट छालालाई जोगाउँछ। आईक्रिमको प्रयोग गर्ने आँखामुनिको छाला निकै संवेदनशील र पातलो हुन्छ । यसकारण यहाँ बढी हाइड्रेसन आवश्यक पर्छ । यसकारण मेकअप गर्नुअघि आई क्रिम लगाउने गर्नुहोस् । आई क्रिम बजारमा सर्बत्र उपलब्ध हुन्छ । मेकअप जहिले पनि राम्रोसँग धुने सुत्नुअघि जहिल्यै मेकअप हटाउन अल्छी नगर्नुहोला । किनभने जब लामो समयसम्म छालामै मेकअप रहन्छ, छालामा मेकअपको असर त्यो अवस्थामा बढी पर्नजान्छ। । पुरानो मेकअप सफा नगरी त्यहीँमाथि नयाँ मेकअप थप्नु झन् हानिकारक हुन्छ । बेलुका हेभी मकेअप गर्नुभएको छ भने क्लिन्जिङ-टोनिङ-मोस्टराईजिङ गर्नुहोस्। यसो गर्दा मकेअप क्लिन हुन को साथै स्किन पनि राम्रो हुन्छ। हामीले मकेअप गर्नुभन्दा अगाडी पनि येहि प्रकृया गरे स्किन भने राम्रो हुन्छ। नाईट क्रिमको प्रयोग गर्ने सूर्यको हानिकारक किरणका कारण छालामा परेको नोक्सानबाट बचाउन छालालाई नाइट क्रिमको आवश्यक पर्छ । नाइट क्रिमले मेकअपको हानिकारक प्रभावबाट पनि छालालाई सुरक्षित राख्छ । नाइटका लागि केही आयली मोस्चराइजर हुन्छ । आँखामुनि डार्क सर्कल छ भने आई क्रिम मोस्चराइजर पाइन्छ ।
महिलाहरुको पेट नचिरि शल्यक्रिया गर्ने नयाँ प्रविधि र त्यसका फाइदाहरु- डा. रंगिना शाह
डा. रंगिना शाह पाठेघर बाहिर नली, डिम्बासय, पेट र पहिला अप्रेशन गरेको पाठेघरको घाउमा गर्भ रहेको अवस्थालाई इक्टोपिक प्रेग्नेन्सी भनिन्छ । इक्टोपिक प्रिग्नेन्सी प्राय जसो महिनावारी रोकिएको दुईदेखि चार हप्तामा थाहा पाउन सकिन्छ । यस प्रकारको गर्भावस्थामा बच्चाको आकार बढ्दै जाँदा नली अथवा डिम्वाशय फुटेर महिलाको ज्यान समेत जाने सम्भावना रहन्छ । कम उमेरका महिलाहरुमा यस प्रकारको गर्भ बस्ने सम्भावना रहन्छ । १६-२० र ३५-४० वर्ष उमेर समूहका महिलाहरुमा इक्टोपिक प्रिग्नेन्सी हुन सक्ने अनुसन्धानले समेत बताएको छ । पाठेघरमा संक्रमण, परिवार नियोजनको साधन जस्तोः कपरटीको प्रयोग, टेष्टट्युव बेबी उपचार गर्ने र पहिला इक्टोपिक गर्भ भएका महिलाहरुमा पुनःइक्टोपिक प्रिग्नेन्सीको समस्या देखिने सम्भावना रहन्छ । इक्टोपिक प्रिग्नेन्सीको उपचार ल्याप्रस्पोपिक दुर्बिन प्रविधिबाट विना समस्या सजिलै गर्न सकिन्छ । यो पेट चिरेर शल्यक्रिया गर्ने जस्तो पुरानो प्रविधि होइन । यसमा शल्यक्रियाको आवश्यकता छैन । अत्यन्त लाभदायक तरिकाले ल्याप्रोस्कोपिक सर्जरी गरेर समस्याबाट छुट्कारा दिलाउन सकिन्छ । ल्याप्रस्कोपिक दुर्बिन प्रविधिबाट शल्यक्रिया गर्दा चिरेर गरिने शल्यक्रियाको जस्तो नली वा डिम्बासय फाल्नुपर्ने अवस्था धेरै कमैमा हुन्छ । ल्याप्रस्कोपिक दुर्बिनको माध्यमबाट फुटेको नली वा फुटेको डिम्बासय फ्याल्नुपर्ने जरुरत पर्दैन । यसका साथै नली अथवा डिम्बासयलाई सिलाएर नयाँ बनाउन सकिन्छ । यो महिलाहरुका लागि एउटा महत्वपुर्ण फाइदा जनक उपचार प्रविधी हो । नेपालमा इक्टोपिक प्रेग्नेन्सीका कारण उच्च रक्तचाप भएर एकदमै जटिल अवस्थामा अस्पताल आइपुग्ने महिलाहरुमा ल्याप्रस्पोपिक दुर्बिन प्रविधिको उपचार निकै प्रभावकारी सावित भएको छ । त्यसैले हरेक महिलाले महिनावारी रोकिएर गर्भ बसेको शंका लाग्ने बित्तिकै स्त्रीरोग विशेषज्ञसँग जाँच गराएर गर्भ बसेको ठाउँ पत्ता लगाउनुपर्छ । विकसित देशहरूमा अधिकांश रोग पहिचान र उपचारको लागि ल्याप्रोस्कोपी प्रविधी प्रयोगमा छ । तर, नेपालमा भने यो प्रविधी भित्रिएको धेरै समय भएको छैन । नेपालमा पनि ल्याप्रोस्कोपी प्रविधीको प्रयोग बढाउन सके यसबाट धेरै नेपालीले उत्कृष्ठ सेवा पाउनेछन् । ल्याप्रोस्कोपी प्रविधीबारे स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर डा. रंगीना शाह यसो भन्छिन् : नेपालका केही अस्पतालहरूले स्त्रीरोगको पहिचान र उपचारमा यो प्रविधी प्रयोगमा ल्याइसकेका पनि छन् । ल्याप्रोसकोपी भनेको धेरै चीरफार नगरी दुरबिनबाट गरिने सर्जरी (शल्यक्रिया) हो । ल्यप्रोसको विधीबाट स्त्रीहरूमा बच्चा निकाल्ने बाहेक धेरै रोगको शल्यक्रिया गरिन्छ । सामान्य शल्यक्रियाभन्दा कम समय, कम दुखाई हुन्छ । साथै अन्य धेरै दृष्टिबाट यो प्रविधी उपयुक्त मानिन्छ । जहाँ दुखेको हो वा सम्भावित स्थानमा सानो प्वाल पारिन्छ र दुरबिन छिराई त्यहि अंगको अवस्था हेरी उपचार गरिन्छ । यस प्रविधिका फाइदाहरू : पुरानो प्रविधीबाट शल्यक्रिया गर्दा १० सेन्टीमिटर चिर्नुपर्छ भने, यो प्रविधिबाट एक सेन्टीमिटर । दुखाई कम हुने । रगत कम बग्ने । घाउ छिटो निको हुने । अस्पतालमा धेरै समय बस्नु नपर्ने । बिरामीलाई शारीरिक तथा मानसिक तनाव कम हुने । ल्याप्रोसकोपीबाट सहज उपचार हुने रोगहरू : पाठेघरबाट धेरै रगत बगेमा । पाठेघरमा ट्युमर पलाएमा । बच्चा पाठेघरको नलीमा बसेमा । डिम्ब नलीमा ट्युमर पलाएमा । पुरानो प्रविधी र यो ल्याप्रोसकोपीको अन्तरः पुरानो प्रविधीबाट शल्यक्रिया गर्दा बिरामीलाई बेहोस पारेर समस्या देखिएको अंगको माथिल्लो भागमा १० सेन्टीमिटर चिरिन्छ । छालाको २र३ तह चिर्नुपर्ने हुन्छ । तर, ल्याप्रोसकोपीबाट शल्यक्रिया गर्दा एकसेन्टीमिटरको सानो प्वाल पारी दुरबिन छिराई सम्बन्धीत स्थानको अबस्था हेरिन्छ र आधा आधा सेन्टीमिटरका प्वाल पारी आवश्यक औजारको सहायताले शल्यक्रिया गरिन्छ । ल्याप्रोसकोपी प्रविधी निकै प्रभावकारी भए पनि नेपालको सन्दर्भमा भने यसबारे केही भ्रम छन् । महंगो छ, रोग निदन हुन लामो समय लाग्छ, एकपटक रोग निको भएपनि दोहोरिन्छ भन्ने धेरैमा भ्रम छ । तर, त्यसो होइन । यो पुरानो पद्धतिबाट शल्यक्रिया गरे जत्तिनै मात्र पैसा लाग्छ । रोग पनि छिटो निको हुन्छ । हरेक दृष्टिले यो उपचार पद्धति उत्कृष्ठ छ । (डा. शाह अल्का हस्पिटलकाे स्त्री तथा प्रशुति विशेषज्ञ एवं ल्याप्रो स्कोपिक सर्जन हुन् ।)
प्रभु इन्स्योरेन्स र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच क्यासलेस सम्झौता
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच नगद रहित( क्यासलेस) सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा प्रभु इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको तर्फबाट प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार प्रभु इन्स्योरेन्सबाट औषधोपचार बीमा गराउने ग्राहकहरुले ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा औषधोपचार गराउँदा साथमा नगद नभएता पनि बीमालेखको सिमासम्म क्यासलेस सेवा पाउने छन् ।