बहराइनमा मंगलबार मात्रै ७७ जना नेपालीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । बहराइनमा मंगलवार ७७ जना नेपाली कामदार कोरोना भाइरस (कोभिड १९ ) बाट संक्रमित भएका छन् । यसअघि त्यहाँ ४९ जनामात्र संक्रमित रहेका थिए । बहराइनस्थित नेपाली दूतावासका अनुसार एउटा सुपरमार्केट र ३ वटा फरक फरक कम्पनीमा काम गर्ने नेपाली कामदारहरुलाई संक्रमण देखिएको मंगलबार पुष्टी भएको जानकारी दिएको छ । ३५ हजार नेपाली कार्यरत बहराइनमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १२६ जना पुगेको छ । बहराइनमा कुल २ हजार ८ सय १० जना संक्रमित रहेका छन् । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले संक्रमित नेपाली कामदारहरुलाई अन्य कामदारबाट अलग्याउने काम भइरहेको जानकारी दिदै अवस्था संवेदनशील रहेका बताए । मंगलबार मात्रै त्यहाँ ८७ जना संक्रमित थपिएका हुन । अहिलेसम्म त्यहाँ कोरोनाबाट ८ जनाको मृत्यु भइसकेको छ । बहराइनमा हालसम्म २ हजार ८ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कुवेतमा थप ६ जना नेपाली काेराेना संक्रमित, १५ सयभन्दा बढीकाे ट्राभल डकुमेन्ट तयार

काठमाडौं । कुवेतमा पछिल्लो २४ घण्टामा ६ जना नेपाली कोरोना भाइरस संक्रमित भएका छन् । हालसम्म ५१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको कुवेत स्थित नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले बताएका छन् । त्यस्तै कुवेतस्थित नेपाली दुतावासले ४ दिनमा अवैधानिक रुपमा बसेका एक हजार पाँच सयभन्दा बढी नेपालीको ट्राभल डकुमेन्ट तयार गरेको जानकारी दिएकाे छ । २५ अप्रिल देखि नेपाल लगायत अन्य देशका अवैधानिक बसेका नागरिकलाई जरिवाना छुट्, गन्तव्य मुलुकसम्म निशुल्क टिकटको व्यवस्था कुवेत सरकारले शुरु गरेको हो । पछिल्ला दिनमा कोरोना संक्रमित बढ्दै गएसँगै नेपालीमा स्वदेश फर्किने चाहना बढ्दै गएकाे र लकडाउन खुलेसँगै धेरै नेपाली घर फर्किने देखिएकाे राजदुत भण्डारी जानकारी दिए । ७० हजार नेपाली कामदार रहेको कुवेतमा करिब ७ हजार नेपाली अवैधानिक रुपमा बस्दै आएको दूतावासले जानकारी दिएको छ । अप्रिल एक तारिक देखि कुवेत सरकारले अवैधानिक रुपमा बसेका सबै देशका नागरिकलाई आममाफी घोषणा गरेको थियो ।

प्रवासीलाई रोजगारी गुम्ने चिन्ता, अशक्त र महिलालाई नेपाल ल्याउने तयारी गरिँदै

काठमाडौं । कोरोनाको महामारी फैलिएसँगै प्रवासीले विभिन्न गुनासाहरु गर्न थालेका छन् । उनीहरुले सम्बन्धित देशका दूतावाससँग गुनासो गर्न थालेका हुन् । रोजगारीका लागि विदेश गएका नेपालीहरू अहिले बेरोजगार बन्ने चिन्ता लगायतका विभिन्न समस्याले दुतावाससँग गुनासो गर्नेको संख्यामा दिनप्रति दिन बढ्दै गएको हो । नेपालीको रोजगार गन्तव्य मुलुकमा पछिल्ला समयमा कोरोनाको संक्रमण बढेसँगै रोजगारी गुमाएर तथा भिसा अवधि सकिएर बसेका ६० हजार नेपालीले गुनासो विभिन्न वैदेशिक रोजगार व्यवसायीमा आएको छ । ७५ प्रतिशत नेपाली भिसा अवधि सकिएर बसेको र २५ प्रतिशत भने रोजगारदाता कम्पनी नै बन्द भएको गुनासो आएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले बताए । दुवई, कुवेत, बहराइनमा रहेका धेरै नेपालीले रोजगारी गुमेको गुनासो गरेको उनले जानकारी दिए । कोरोना भाइरसको कारण धेरैले रोजगारी समेत गुमाइसकेका छन् । करिब ७० हजार नेपाली श्रमिक रहेको कुवेतमा ५१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भइसकेको राजदूत भण्डारीले जानकारी दिए । कुवेत सरकारले अप्रिल एकदेखि आममाफी घोषणा गरेपनि नेपाल अन्य अर्थात २५ अप्रिलदेखि परेको हुँदा २६ र २७ तारिकको अनुपात अनुसार करिब ३ हजार नेपाली आममाफीको माध्यमबाट नेपाल आउन सक्ने सम्भावना रहेको जनाएका छन् । करिब ६५ लाख नेपाली अध्ययन, रोजगार, व्यवसाय तथा अन्य कारण विभिन्न देशमा रहेका छन् । त्यस्तै वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार रोजगारी कै लागि ४३ लाखभन्दा बढी नेपाली विभिन्न देशमा कार्यरत छन् । अशक्त तथा महिलालाई स्वदेश ल्याउने तयारी भइरहेको छः श्रममन्त्री श्रम राेजगार तथा सामाजिक सुरक्षाा मन्त्री रामेश्वर राय यादवले अशक्त तथा महिलालाई स्वदेश ल्याउने तयारी भइरहेको बताएका छन् । उनले समस्यामा परेका नेपालीको अवस्थालाई मध्यनजर गर्दै विशेष गरेर अशक्त तथा महिलालाई छिटो स्वदेश फर्काउन सहयोग गर्न दूतावासलाई अनुरोध गरिएको जानकारी दिए । सरकार बीच समन्वय गराउने काम भइरहेका बताएका छन् । उनले विदेशमा रहेका नेपालीहरुको समस्यालाई लिएर अविभावकत्व निर्वाह गर्न दूतावासलाई पनि आग्रह गरिसकेको जानकारी दिए । ‘विदेशमा रोजगारी गुमेका नेपालीले चिन्ता लिनु पर्दैन, रोजगार गुमाए ब्यवस्थापन गर्न नेपाल सरकार तयार छ, उनीहरुलाई कसरी स्वदेश ल्याउने भन्ने विषयमा परराष्ट्रमन्त्रालयको सहयोग तथा अन्य सम्बन्धित निकायसँग बसेर गृहकार्य भइरहेको छ,’ उनले भने । ‘कोरोना मुक्त भएर मात्र विदेशमा रहेका नेपाली स्वदेश भित्रिनुहोस्, नेपालको आर्थिक स्थिति तथा जनशक्ति एवंम भौतिक सामाग्रीको अवस्था प्रयाप्त भएको हुँदा झन समस्या देखिनेछ,‘ श्रममन्त्री राय यादव भने । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएकोले नेपालीको रोजगार गुम्नेदेखि स्वदेश कसरी फिर्ता हुने भन्ने चिन्ता बढ्दै गएको कुवेतस्थित नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जानकारी दिए । कुवेतस्थित राजदूत भण्डारीले भने, ‘कुवेत सरकारले अवैधानिक बसेका सबैलाई आम माफी दिई घर फर्काउँदै गर्दा श्रमिकले दिने जरिवाना कुवेत सरकारले तिर्ने, गन्तव्य देशसम्म निशुल्क यातायातको व्यवस्था तथा उक्त देशमा काम गर्न पुन फर्किन चाहेमा पनि व्यवस्था गरिदिने उनको भनाई छ । जसमा ७ हजार नेपाली भिसा अवधि सकिएका र राहदानी भई अवैधानिक रुपमा बस्दै आएका नेपाली रहेका छन् । नेपाल सरकारले स्वीकृति दिएसँगै कुवेतमा रहेका धेरै नेपाली स्वदेश फर्किने तयारीमा रहेको राजदूत भण्डारीले जानकारी दिए । हालसम्म ओमानमा कुनै पनि नेपालीमा कोरोना संक्रमण नदेखिएको जानकारी दिँदै नेपालका लागि ओमानकी राजदूत शर्मिला पराजुलीले कोरोना महामारीसँगै विभिन्न मुलुकमा रहेका धेरै नेपालीको रोजगारी गुम्ने हुँदा सरकारले स्वदेशमा नै उत्पादन तथा रोजगारीको अवस्था खोज्नु पर्ने बताएकी छन् । विश्व बजारमा तेलको मूल्यमा घटेसँगै खाडी मुलुकमा रहेको धेरै नेपालीको रोजगारी गुम्न सक्ने सम्भावना रहेको उनले बताइन् । कोरोनाको त्राससँगै जागिर गुम्ने हो कि भन्ने एक खालको चिन्ता पैदा भएको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासको भनाई छ । बहराईन तथा अन्य देशमा मझौला तथा साना कम्पनीमा काम गर्ने नेपालीको रोजगारी गुमिसकेको छ भने कतिपय नेपाली बेतलबी तथा तलब कटौती भएको गुनासो आएको बहराइनका राजदूत सुन्दासले बताए । हालसम्म बहराइन ४९ जना नेपालीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चीनबाट उत्पत्ति भएको कोरोना भाइरसले भाइरसले विश्वमा ३० लाख ८३ हजार भन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने २ लाख १२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।