माछापुच्छ्रे एसआइपी योजनामा लगानी गर्ने आज अन्तिम दिन

काठमाडौं । माछापुच्छ्रे क्यापिटलको माछापुच्छ्रे एसआइपी योजनामा आवेदन दिने आज मंसिर १७ गते अन्तिम दिन रहेको छ । मंसिर १४ गतेदेखि बिक्री खुला गरेको कम्पनीको माछापुच्छ्रे एसआइपी योजनामा लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् ।  क्यापिटलले प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरमा २० करोड रुपैयाँको २ करोड इकाई बिक्री खुला गरेको हो । कम्पनीका अनुसार यस योजनाको कुल आकार ५ करोड इकाई रहेको छ । जसमध्ये १४ प्रतिशत अर्थात् ७० लाख इकाई कोष प्रवर्द्धक माछापुच्छ्रे बैंक, १ प्रतिशत अर्थात् ५ लाख इकाई योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटल र बाँकी १ करोड २५ लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ ।  कम्पनीको म्युचुअल फण्डमा न्यूनतम १ सय इकाईदेखि अधिकतम २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । कम्पनीको उक्त म्युचुअल फण्ड बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल रहेको छ ।  लगानीकर्ताहरुले सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।  केयर रेटिङ नेपालले कोष प्रवर्द्धकलाई केयर एनपी ट्रिपल बी प्लस र योजना व्यवस्थापकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले आईआरएन एएमसी क्वालिटी ३ रेटिङ प्रदान गरेको छ ।

नेप्सेमा २ बैंकको बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २ बैंकको बोनस सेयर सूचीकृत भएको छ । माछापुच्छ्रे बैंक र ग्रीन डेभलपमेन्ट बैंकको बोनस बापतको सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । माछापुच्छ्रे बैंकको ४ प्रतिशत बोनस बापतको ४६ लाख ४८ हजार ५४३ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट ४ प्रतिशतका दरले ४६ करोड ४८ लाख ५४ हजार २९० रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ४ प्रतिशतका दरले ४६ करोड ४८ लाख ५४ हजार २९० रुपैयाँ नगद गरी कुल ८ प्रतिशत लाभांश वितरण गरेको हो । बैंकको गत असोज १० गते सम्पन्न २७औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको थियो । यस्तै, ग्रीन डेभलपमेन्ट बैंकको ५.७५ प्रतिशत बोनस बापतको ३ लाख ९ हजार ७६५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले आर्थिक वर्ष २०८०/   यो पनि पढ्नुहोस्   ८१ को नाफाबाट ५.७५ प्रतिशतका दरले ३ करोड ९ लाख ७६ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.३० प्रतिशतका दरले १६ लाख ३० हजार रुपैयाँ नगद गरी कुल ६.०५ प्रतिशत लाभांश वितरण गरेको हो । बैंकको २०८१ चैत २७ गते सम्पन्न १२औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको थियो ।

अन्तत : रिलायन्स स्पिनिङ मिल्सले पायो आईपीओ निष्कासनको अनुमति

काठमाडौं । अन्ततस् रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया अघि बढ्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मंगलबार (आज) डेढ वर्षदेखि रोकिएको आईपीओ  निष्कासन प्रक्रिया अघि बढाउन ग्लोबल आईएमई क्यापिटललाई निर्देशन दिएको हो । बोर्डले मंगलबार उच्च अदालत पाटनको परामदेशको आदेशलाई कार्यान्वयन गर्दै आईपीओ निष्कासनको अनुमति दिएको हो । यसअघि २०८१ असार १२ मा रिलायन्सले स्वीकृत पाए पनि त्यसका विरुद्ध उजुरी परेको थियो ।  सेबोनले मंगलबार निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटललाई लेखेको पत्रमा समेत अदालतको आदेशलाई उल्लेख गरिएको छ । पत्रमा लेखिएको छ, ‘उच्च अदालत पाटनबाट मिति २०८१/०३/१२ मा भएको स्वीकृति बमोजिम निवेदक कम्पनीको सेयर निष्काशन सम्बन्धमा कानुनबमोजिम आवश्यक निकाशा दिनु भनी परमादेशको आदेश जारी भए अनुसार उक्त कम्पनीको सार्वजनिक निष्काशन सम्बन्धी प्रकृया अगाडी बढाउनुहुन जानकारी गराइन्छ ।’  सेबोनले कम्पनीको सेयर जारी सम्बन्धमा भएको अदालती प्रकृयाको कारण निष्काशनमा विलम्ब भएको जनाएको छ । सेबोनबाट आईपीओ निष्कासनको अनुमति पाएसँगै अब रिलायन्सको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत हुने प्रक्रिया सुरु हुनेछ । रिलायन्सले एक वर्षअघि नै प्रतिकत्ता ८२० रुपैयाँ ८० पैसाका दरले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने प्रक्रिया सुरु गरेको थियो ।