नबिल बैंकका अध्यक्ष निर्वाण कुमार चौधरीले लिए शपथ

काठमाडौं ।  नबिल बैंक लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकमा  बुधबार आयोजित एक कार्यक्रममा बैंकका नवनियुक्त अध्यक्ष चौधरीले शपथ लिएका हुन् । बैंक सञ्चालक समितिको गत पुस २८ गते सम्पन्न ६९९औँ बैठकले चौधरीलाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको थियो । व्यावसायिक घराना चौधरी ग्रुपका प्रबन्ध सञ्चालक रहेका उनी चौधरी समूहका विभिन्न कम्पनीमा सञ्चालकका रुपमा जिम्मेवारी वहन गर्दै आएका छन् । समाज सेवामा पनि रुचि राख्ने उनी चौधरी फाउण्डेशनको उपाध्यक्ष तथा नेपाल उद्योग परिसंघ (सीएनआई) को वरिष्ठ उपाध्यक्ष पनि हुन् । शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकबाट डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशकहरु रामु पौडेल, गुरुप्रसाद पौडेल, दयाराम शर्मा तथा दीर्घबहादुर रावल, निर्देशक निरा ताल्चाभडेल र सञ्चालक समितिका सचिव तथा निर्देशक शरणकुमार अधिकारी तथा नबिल बैंकबाट बैंकका सञ्चालकहरू मलय मुखर्जी, अनन्त पौड्याल, प्रविन टिवडेवाला, सरिता भट्ट अधिकारी, अनिल केशरी शाह, प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली, नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे र कम्पनी सचिव भिष्म नेउपाने लगायतको उपस्थिति थियो ।   

इक्यानको अध्यक्षमा लक्ष्मण पौडेल चयन

काठमाडौं । शैक्षिक परामर्श व्यवसायी संघ (इक्यान)को २०औँ साधारणसभाबाट लक्ष्मण पौडेल ‘एन्ड्रियु’को नेतृत्वका नयाँ कार्यसमिति निर्वाचित भएको छ । सोमबार (पुस २८) राति सम्पन्न निर्वाचनमा संस्थाको प्रथम उपाध्यक्षमा वासुदेव दाहाल, द्वितीय उपाध्यक्षमा विकल्पराज पोखरेल, तृतीय उपाध्यक्षमा गीता शिवाकोटी र महासचिवमा भवनाथ हुमागाइँ विजयी भएका छन् । सहसचिवमा सुरज सिलवाल र आशिक कार्की, कोषाध्यक्षमा साधना पुडासैनी र सहकोषाध्यक्षमा गोविन्द खनाल विजयी भएका छन् । सदस्यमा अनन्तराज घिमिरे, उद्धव बन, विवेक बस्नेत, दामोदर शर्मा, अशोककुमार हाथी, दिनेश पौडेल, सञ्जीव पाण्डे, शिवप्रसाद अर्याल, कमलप्रसाद तिमल्सिना विजयी भएका छन् । निर्वाचित नेतृत्वलाई निवर्तमान अध्यक्ष शेषराज शिवाकोटीले शुभकामना दिए । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले साधारणभाको उद्घाटन गरेका थिए ।

वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको नेतृत्वमा केसी

चितवन । नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १०औँ केन्द्रीय परिषद् तथा ११औँ केन्द्रीय महाधिवेशनले सुदन केसीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । चितवनको सौराहामा हालै सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा गङ्गाधर भट्टराई, उपाध्यक्षहरूमा खुलातर्फ रजनिस फुलारा, महिलातर्फ लसता श्रेष्ठ र मधेसीतर्फ अमित भगतलाई चयन गरेको हो ।     महासचिवमा सञ्जिवकुमार भडेल, उपमहासचिवहरूमा खुलातर्फ अरमेन्द्रकुमार यादव, महिलातर्फ रश्मी श्रेष्ठ र आदिवासी जनजातितर्फ सुरेश अवाल निर्वाचित भएका छन् । सचिवमा अतिन्द्र राउत, गोविन्दप्रसाद बस्तोला र विश्वबन्धु भण्डारी निर्वाचित भएको अध्यक्ष केसीले जानकारी दिए । कोषाध्यक्षमा प्रतिज्ञा भट्ट र सहकोषाध्यक्षमा राहुल कर्ण चयन भएका छन् ।      केन्द्रीय सदस्यतर्फ खुलाबाट प्रेम तिमिल्सिना, मुकेश तिवारी, राजु भट्टराई, सरोज न्यौपाने, सुजन पौडेल, सुरेशकुमार खत्री र शैलेस रिजाल चयन भएका छन् । भौगोलिक प्रतिनिधित्वअनुसार कोशी प्रदेशबाट मनोज चापागाईं, मधेस प्रदेशबाट बित्टु गुप्ता, बागमती प्रदेशबाट अनिलराज पाण्डे, गण्डकी प्रदेशबाट कृष्णप्रसाद सुवेदी, लुम्बिनी प्रदेशबाट प्रीतम राना, कर्णाली प्रदेशबाट रमेश खड्का र सुदूरपश्चिम प्रदेशबाट चन्द्रबहादुर बोगटी चयन भएका छन् ।      महिला आरक्षणतर्फ रमा पौडेल, कविता ज्ञवाली, जानकी कुमारी न्यौपाने र निलम शर्मा चयन हुनुभएको छ भने मधेसी आरक्षणतर्फ अजय प्रताप यादव र भवनाथ यादव चयन भएका छन् । आदिवासी जनजातितर्फ सुजन जोशी, अपाङ्गतर्फ विदुर दाहाल, दलिततर्फ नवल किशोर राम तथा पदेन सदस्य (युवा समिति अध्यक्ष) का रूपमा अङ्कित रावल चयन भएका छन् । संघमा एक हजार ३०० भन्दा बढी सदस्य आबद्ध छन् ।