नाडा अटो शोमा १७ लाखदेखि २५ लाखसम्मका ईभी कार, यस्ता छन् विशेषता

काठमाडौं । भृकुटीमण्डपमा सञ्चालन भइरहेको ‘नाडा अटो शो–२०२३’ मा विभिन्न कम्पनीहरुले लाखौं मूल्य पर्ने ईभी गाडी प्रर्दशनीमा राखका छन् । सो गाडीमध्ये यस्ता गाडी छन् जो २५ लाख रुपैयाँ भन्दा कम नै मूल्य पाइन्छन् । आकर्षक लुक्स, आधुनिक फिचर भएका ती गाडीहरुमा अटो शोमा जाने जो कोहीलाई पनि आकर्षित गर्छ । मूल्य पनि सस्तो भएकाेले ती गाडीहरुमा मान्छेको आकर्षण व्यवसायीहरू बताउँछन् । उसो त प्रदर्शनीमा पनि विशेष गरेर विद्युतीय सवारी साधनहरुरुको बाहुल्यता छ । ईभी गाडीको मूल्य महँगो भयो भन्नेहरूका लागि यी गाडीहरू उपयुक्त हुन सक्छन् । यी हुन् कम मूल्यमा पाइने ईभी गाडी टाटाको टियागो इभी टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले नाडा अटो शो लक्षित गरेर टियागो ईभी गाडी सार्वजनिक गरेको छ । कम्पनीले टियागो ईभी आईआर एक्सटी मोडलको विद्युतीय गाडीको मूल्य कम्पनीले २५ लाख ४९ हजार रुपैयाँ तोकेको छ । ३१५ किलोमिटर रेन्ज दिने यस ईभीमा २४ किलोवाट आवरको ब्याट्री जडान भएको छ । यस्तै, १९.२ किलोवाट ब्याट्री भएको टियागो ईभी एमआर एक्सटी मोडलको गाडीको मूल्य २२ लाख ९९ हजार रुपैयाँ राखिएको छ । सो मोडलको गाडीले २५० किलोमिटर रेन्ज दिन सक्छ । कम्पनीका अनुसार टियागो ईभी एमआर एक्सई मोडलको गाडीको मूल्य २१ लाख ९९ हजार रुपैयाँ राखिएको छ । १९.२ किलोवाटको ब्याट्री क्षमता रहेका यस गाडीले २५० किलोमिटरको रेन्ज दिन्छ । नाडा अटो शोमा टियागो ईभी धेरै मान्छेले चाखपूवर्क हेरेका छन् । वुलिङको ईभी गाडी २० लाखमै  बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले वुलिङ एयर ईभी सस्तो मूल्यमै पाइनेछ । कम्पनीले  सो गाडीको मूल्य २० लाख ९९ हजार रूपैयाँ मूल्य ताेकेकाे छ । २०० किलोमिटर रेन्ज दिने यो गाडी खरिद गर्न चाहनेहरूको लागि अफरको पनि व्यवस्था मिलाएको कम्पनीले जनाएको छ । एमजीको दुई वटा मोडल १७ लाखमै  नाडा अटो शोमा एमजीको विभिन्न गाडीहरू उपलब्ध छन् । जसमध्ये दुई वटा ईभीका मोडल १७ लाखमै पाइन्छ । कम्पनीले ३१.२६ किलोवाट मोटर क्षमता रहेको एमजी कमिट पीस मोडलको गाडीकाे मूल्य १७ लाख ९९ हजार ताेकेकाे छ । १७.३ किलोवाट आवरको ब्याट्री रहेको यस गाडीको रेन्ज २३० किलोमिटर रहेको छ । यस्तै, एमजी कमेट इभी प्ले मोडलको गाडी २० लाख ९९ हजारमा पाइन्छ । ३१.२६ किलोवाटको मोटर क्षमता रहेको कमेट इभी प्लेमा १७.३ किलोवाट आवरको ब्याट्री जडान भएको छ । कम्पनीका अनुसार सो गाडीले २३० किलोमिटरको रेन्ज दिन्छ । एमएडब्लूको मिनी ईभी पनि सस्तो मूल्यमा पाइने नेपालका लागि सेरेस गाडीको आधिकारिक वितरक एमएडब्लू नेपालले अटो शोमा राखिएको मिनी ईभी गाडी मान्छेको आकर्षणको केन्द्र बनेको छ । १८० किलोमिटर रेन्ज रहेको मिनी ईभीको मूल्य १३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । १८० किलो मिटर फूल अप्सनको १६ लाख ९९ हजार राखिएको छ । यस्तै, २२० किलोमिटर फूल अप्सनको मूल्य १७ लाख ९९ हजार रुपैयाँ राखिएको कम्पनीले बताएको छ ।

नाडा अटो शोको दोस्रो दिन : यी गाडीमा देखियो मान्छेको आकर्षण

काठमाडौं । मंगलबारबाट सुरु भएको ‘नाडा अटो शो-२०२३’ भृकुटीमण्डपमा भव्य रूपमा सञ्चालन भइरहेको छ । लामो समयपछि भएको उक्त अटो शोमा दिनानुदिन अवलोकनकर्ताहरुको संख्या बढ्दो छ । विभिन्न कम्पनीहरूले अटो शो लक्षित गरेर नयाँ गाडी पनि सार्वजनिक गरेका छन् । जसले गर्दा नयाँ गाडी किन्न चाहनेहरूको लागि यो शो उपलब्धिमूलक हुने विश्वास लिएको छ । यस वर्षको अटो शो ईभीमय नै भयो भन्दा फरक नपर्ला । विभिन्न कम्पनीहरूले ईभी गाडीलाई नै प्राथमिकता दिँदै प्रदर्शनीमा गाडी राखेका छन् । जसले गर्दा पनि ईभी गाडीले अवलोकनकर्ताको ध्यान खिचेको छ । नाडा अटो शोको पहिलो दिन नै धेरै कम्पनीहरूले नयाँ गाडीको अनावरण गरिसकेका छन् । शोमा टाटा मोटर्स, सुजुकी, हुन्डाई मोटर्स, किया, एमजी मोटर, बीवाईडी लगायतका कम्पनीहरूले शोमा नयाँ मोडलका गाडी राखेका छन् । दुई र चार पाँग्री नयाँ सवारी साधनको प्रदर्शनीले अटो शोमा रौनक थपेको छ । अवलोकनकर्ताको आकर्षण विद्युतीय गाडी प्रति नै भएको भएको देखिन्छ । अवलोकनकर्ता राम शर्मा पनि अटो शोमा आएर विद्युतीय गाडी नै खोजेको बताउँछन् । ‘पछिल्लो समय मान्छेहरू ईभी गाडी किनेर कुदाएको देख्छु, त्यही भएर मैले पनि ईभी गाडी किन्ने सोच बनाएर आएको छु, केही गाडी हेर्यो तर मूल्य अलिक बढी भए जस्तो लाग्यो, गाडी चाहिँ शोको अवसर पारेर किन्ने हो, यहाँ किन्दा डिस्काउन्ट पनि पाइएला,’ उनले भने । भदौको ३१ गतेसम्म सञ्चालन हुने उक्त अटो शोमा गाडी बुकिङ गर्ने ग्राहकको संख्या पनि बढ्दै गएको गाडी व्यवसायीहरू बताउँछन् । अटो शोको आकर्षणको केन्द्र बनेको ईभी गाडी राखिएको स्टलमा मानिसहरूको घुइँचो पनि बाक्लो थियो ।    

सिप्रदी अटोपार्ट्स र डायनामिक टेक्नोसफ्टबीच सफ्टवेयर उपलब्ध गराउने सम्झौता

काठमाडौं । सिप्रदी अटोपार्ट्स र डायनामिक टेक्नोसफ्टले टाटाको जेन्युइन पार्टपुर्जा र टाटा मोटर्स जेन्युइन आयलका खुद्रा विक्रेताहरुलाई  ईआरपी सफ्टवेयर उपलब्ध गराउने सम्झौता गरेका छन् । टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालकै एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्राइभेट लिमिटेड र डायनामिक टेक्नोसफ्टबीच सहकार्य गर्ने सहमति भएको छ । टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको खुद्रा विक्रेतालाई ईआरपी सफ्टवेयर उपलब्ध गराउने सम्झौता भएको छ । सिप्रदी अटोपार्टसका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी र डायनामिक टेक्नोसफ्टका निर्देशक सन्दीप केसीले सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेसनल बिजनेस हेड राकेश मित्तलको विशेष उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौताको पहिलो चरणमा चार खुद्रा व्यापारी, श्रेया मोटर पार्टस्, विजेता अटो पार्टस्, कालीदेवी सेतीदेवी मोटर पार्टस् र पाँचखाल अटो स्पेयरलाई ईआरपी सफ्टवेयर दिइएको छ । सफ्टवेयर प्रयोग गरेर खुद्रा विक्रेताहरूले खाता र स्टक व्यवस्थापन गर्न मद्दत प्राप्त गर्ने कम्पनीले जनाएको छ । ‘यो सफ्टवेयर खुद्रा विक्रेताका लागी व्यापार वृद्धि र व्यवस्थापनका लागि माइलस्टोन हुनेछ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

नाडा अटो शोमा फोर्स अरबानीया सार्वजनिक

काठमाडौं । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटलले नाडा अटो शोमा फोर्स कम्पनिको अरबानीया भ्यानकोे अनावरण तथा बुकिङ्ग खुल्ला गरि बिक्री वितरण शुभारम्भ गरेको छ । यस भ्यान नेपालमा आयातीत माइक्रोबसहरु मध्यमा सबैभन्दा प्रिमियम सुबिधा यूक्त रहेको छ भने कार जस्तै आरामदायी र सूबिधा सम्पन्न रहेको कुरा कम्पनीले जनाएको छ । यो भ्यान विश्व प्रशिद्ध मर्सिडिज बेन्जको डिजाइनमा बनेको तथा सोही कम्पनीको इन्जिन ,गेयरबक्स तथा एक्सल जडान गरिएको छ । आकर्षक र सुबिधा सम्पन्न  देखिएको माइक्रोबसमा १५ र १८  सिट क्षमतामा उपलब्ध छन भने यसका १५ सिट भ्यानको  मुल्य ८२ लाख ९९ हजार रुपैयाँ र १८ सिटको भ्यानको मुल्य ८६ लाख ९९ हजार रुपैयाँ कम्पनीले सार्वजनिक गरेको छ । यो मुल्य केही समयको लागि मात्र लागु हुने समेत कम्पनीले जानकारी गराएको छ । साथै, नाडा अटो शो मा बुकिङ्ग गर्नेहरुको लागी आकर्षक छुट सुबिधा समेत उपलब्ध हुने कुरा कम्पनीले जनाएको छ । फोर्स मोटर्सको नेपालका २२ वटा प्रमूख स्थानहरुमा  डिलर तथा सर्भिस सेन्टरहरु रहेका छन ।

भृकुटीमण्डपमा देखिन थाल्यो नाडा अटो शोको रौनक (फोटोफिचर)

काठमाडौं । काठमाडौंस्थित भृकुटीमण्डपको प्रदर्शनी स्थलमा ‘नाडा अटो शो २०२३’ सुरु भएको छ । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको उक्त शो मंगलबार अर्थात भदौ २६ गतेबाट सुरु भएको हो । भदौको ३१ गतेसम्म सञ्चालन हुने शोमा विभिन्न कम्पनीहरुका दुईदेखि चार पाँग्रे विद्युतीयदेखि पेट्रोलबाट चल्नेसम्मका साना ठूला गाडी प्रदर्शनीमा राखेका छन् । प्रदर्शनीमा अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट-पूर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवम् वस्तु तथा सेवा प्रदायकहरूको सहभागिता छ । अटो शो लक्षित गर्दै धेरै कम्पनीले नयाँ गाडी लन्च पनि गरेको छन् । अटो शोमा भ्रमण गर्न आउने ग्राहकका लागि अफरको पनि व्यवस्था गरिएको कम्पनीहरु बताउँछन् । अटो शो अगावै केही कम्पनीहरूले शोमा आएर आफ्नो गाडी खरिद वा बुकिङ गरेको खण्डमा विभिन्न अफर सार्वजनिक गरेका थिए । सुस्ताएको नेपाली अटाे बजारलाई चलायमान बनाउन अटो शोले मद्दत पुर्याउने नाडा अध्यक्ष डा. ध्रुव थापाले बताए ।  प्रदर्शनीमा विभिन्न अटोमोबाइल कम्पनीहरूको उत्साहजनक सहभागिताले केही हदसम्म अर्थतन्त्र चलायमान बनाउने पनि थापाले बताए । अर्थमन्त्री डा. प्रकाश शरण महतले मंगलबार दिउँसो उक्त अटो शोको उद्घाटन गरेका हुन् । नाडा शोको पहिलो दिनमै सयौं संख्यामा मानिसको उपस्थिति रहेको छ । शोमा बीवाईडी, टाटा, महेन्द्रा, एमजी लगायतका कम्पनीहरूको गाडी पनि देख्न पाइन्छ । नाडाका अनुसार अटो शोमा १२० भन्दा बढी स्टल राखिएको छ । उक्त शो हेर्न आउनेले प्रवेश शुल्क तोकिएको छ । सो अनुसार विद्यार्थीले १५० र अरुले भने २०० रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्ने हुन्छ ।

सिप्रदी अटोपार्टस् प्राइभेटद्वारा रिटेलर्स मीट र टाटा गुरु सम्मान कार्यक्रम आयोजना

काठमाडौं । टाटा जेन्युइन पार्ट्स र टाटा मोटर्स जेन्युइन आयलको नेपालकै एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्राइभेटले काठमाडौं उपत्यका भित्रका रिटेलर्स मीट र टाटा गुरु सम्मान कार्यक्रम आयोजना गरेको छ । सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेशनल बिजनेस हेड राकेश मित्तलको विशेष उपस्थितिमा सिप्रदी अटोपार्टस्का वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले उक्त कार्यक्रम सञ्चालन गरेका हुन् । टाटा लाई टाटा नै सही भन्ने मूल मन्त्र मान्दै सञ्चालन गरिएको कार्यक्रममा सम्बोधन गर्दै सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठले सबैको साथ पाएर मात्र टाटा नेपालमा अटोमोबाइलको क्षेत्रमा नम्बर एक रहेकोले गर्दा सिप्रदीले पनि सबै रिटेलर्स, मेकानिक्स र ग्रहकलाइ साथमा लिएर अगाडी बढने गरेको बताए । सिप्रदीले प्राविधिकहरुलाई आधुनिक प्रबिधिहरुको तालिम उपलब्ध गराई रहेको जानकरी गराउदै हालसालै तीन दिन तालिम लिएका पच्चीस जनता प्राविधिकहरुलाई प्रमाणपत्र वितरण गरी सम्मानित गरेका थिए । कार्यक्रममा खुद्रा बिक्रेताहरुको वित्तीय व्यवस्थापनको लागी सिप्रदीले नबिल बैंकसंग सम्झौता गरको अनि नयाँ प्रविधिसंग अभ्यास हुन् डायनामिक टेक्नोसफ्ट संग सम्झौता गरी ईआरपी सफ्टवेयर प्रदान गर्न लागेको जानकारी गराए । श्रेष्ठले ग्राहकलाइ टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयल सहज, सुलभ र सहुलियत रुपमा उपलब्ध होस भनी सिप्रदीले अनलाइन स्टोर दराज संग समझौता गरि दराज मा उपलब्ध गराएको जानकारी गराए । कार्यक्रममा रिटेलर्स र टाटा गुरुहरुलाई बिभिन्न उपहारहरु प्रदान गरिएको थियो । टाटा वफादारी कार्यक्रम अन्तर्गत टाटा गुरु दिपक महर्जन ले डियो स्कुटर उपहार प्राप्त गरे । आईफोन १४ प्रो २ जनाले, एलईडी टेलिभिजन २ जनाले लगायत अन्य धेरैले उपहार प्राप्त गरेका थिए । कार्यक्रम लाई सम्बोधन गर्दै टाटा मोटर्स अन्तरराष्ट्रिय व्यापार प्रमुख राकेश मित्तलले आधुनिक प्रबिधिलाइ आत्मसाथ गर्नु पर्ने बताए । साथै सम्पूर्ण उपहार बिजेताहरुलाई बधाई दिदै टाटा मोटर्स आफ्ना ग्राहकको साथ रहने बताए ।

बिवाइडी विश्वकै शीर्ष १० अटोमोबाइल ब्राण्ड बन्यो

काठमाडौं । चिनियाँ गाडी उत्पादक कम्पनी बिवाईडी विश्वकै शीर्ष १० ठूला कार कम्पनीहरुमा सामेल भएको छ । बिवाईडी मर्सिडिज बेन्ज समूह र बिएमडब्ल्युलाई पनि पछि पार्दै शीर्ष १० ठूला कार उत्पादक कम्पनीहरुमा सामेल भएको हो । नविकरणीय उर्जामा आधारित गाडी (न्यु इनर्जी भेहिकल) बनाउने बिवाईडीले सन् २०२३ को पहिलो ६ महिनामा गत वर्षको भन्दा ९६ प्रतिशत धेरै गाडीको बिक्री पनि गरेको छ । कम्पनीले यो अवधिमा १२.५ लाख गाडीहरु बिक्री गर्दै शिर्ष १० औं स्थानमा सामेल भएको हो । बिवाईडीले गत महिना अर्थात अगस्ट २०२३ मा २ लाख ७४ हजार ३८६ गाडीहरु बिक्री गरेको छ । लगातार चौथो महिनामा बिवाइडीले आफ्नै रेकर्ड तोड्दै अगस्टमा यति गाडीहरु बिक्री गरेको हो । २०२३ को पहिलो ६ महिनामा बिवाईडीको बिक्री पनि ७२.७२ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले यो अवधीमा ३५ अर्ब ६६ करोड अमेरिकी डलर बराबरको व्यापार गरेको छ । बिवाईडी सन् १९९५ मा स्थापित चिनियाँ कम्पनी हो, जसले सुरुवातमा रिचार्ज हुने ब्याट्रीहरुको उत्पादन गर्ने गरेको थियो । जापानबाट चीनमा आयात हुने ब्याट्रीहरुलाई विस्थापित गर्न प्रतिस्पर्धि बनेर आएको बिवाईडीले सन् २००२ बाट गाडीसँग सम्बन्धित कुराहरुको निर्माण गर्न सुरु गरेको थियो । सन् २०२२ अप्रिलबाट भने कम्पनीले कम्बस्टन इञ्जिन गाडीहरुको उत्पादन बन्द गर्ने र विद्युतीय गाडीमा मात्रै केन्द्रित हुने घोषणा गरेको थियो ।

एड्भान्स्ड अटोमोबाइल्स र सानिमा बैंकबीच अटो लोन सम्झौता

काठमाडौं । नेपालको लागि रेनो गाडिको आधिकारीक वितरक एड्भान्स्ड अटोमोबाईल्स् र सानिमा बैंकबीच अटो लोन सम्झौतामा हस्ताक्षर भएको छ । नजिकिँदै गरेको दशैँ तिहार र बहुप्रतिक्षित नाडा अटो शोलाई ध्यानमा राख्दै ग्राहकलाई सहुलियत ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउन यस सम्झौतामा हस्ताक्षर गरिएको कम्पनिले जनाएको छ । यस सम्झौतामा एड्भान्स्ड अटोमोबाइल्सका जेनेरल म्यानेजर अधीर कुमार श्रेष्ठ र सानिमा बैंकको रिटेल लेन्डिंग डिपार्टमेन्ट हेड विशाल दाहालद्वारा हस्ताक्षर गरिएको छ । यस सम्झौता अनुसार रेनोको क्विड, ट्राइबर र किगर मोडेल खरिद गर्न चाहने ग्राहकले सानिमा बैंक मार्फत सहुलियत दरमा फाईनान्सको सुविधा पाउन सक्नेछन् । यो सुविधा रेनोका देशभरका आधिकारिक डिलरहरु र नजिकको सानिमा बैंकको शाखामा पनि उपलब्ध हुनेछ । यसको साथसाथै, रेनोले नजिकिँदै गरेको चाड्पर्वलाई लक्षित गरेर ‘रेनो शुभ कार रम्भ’ योजना पनि ल्याएको छ । यो योजना अन्तर्गत रेनोका ग्राहकहरुले ७ लाखसम्मको छुटको साथै इजि फाईनान्स, एक वर्षसम्म निःशुल्क सडक कर, दुइ वर्षसम्म निःशुल्क सर्भिसिङ र बेस्ट भ्यालु एक्स्चेन्ज अफरल गायतका लाभ पाउन सक्ने कम्पनीले जनाएकाे छ ।

नाडा अटो–शोमा अत्याधुनिक फोर्स अरबानीया लञ्च हुँदै

काठमाडौं । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रालिले नाडा अटो–शोमा अरबानीया माइक्रो बस लञ्च गर्ने भएको छ । अरबानीय माइक्रो बस भारतमा अत्याधिक रुचाइएको गाडी मध्येमा पर्छ । नेपालमा आयातीत माइक्रोबसहरु मध्ये सबैभन्दा उत्कृष्ट सुविधा आरबानीयामा रहेको आयाम इन्टरकन्टिनेटलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो माइक्रो बस कार जस्तै आरामदायी र सूबिधा सम्पन्न रहेको बताइएको छ । पर्यटन तथा होटल ब्यबसायी, टुर्स एण्ड ट्राभल्स, ठुला कम्पनीहरु, कुटनीतिक निकाय, सरकारी तथा गैरसरकारी संस्थाहरुका लागी यो माइक्रो बस उपयुक्त हुने कम्पनीले बताएको छ । यो माइक्रोबस विश्व प्रसिद्ध मर्सिडिज बेन्जको डिजाइनमा बनेको तथा सोही कम्पनीको इन्जिन, गेयरबक्स तथा एक्सल जडान गरिएको बताइएको छ । सुरक्षाका दृष्ट्रिकोणले सम्पूर्ण रेटिङ्गहरुमा यो गाडी अब्बल मानियको छ । ड्युल एअर ब्याग यूक्त यस गाडीमा एरोडाइनामीक क्रयास एण्ड रोलोबर प्रोटेक्सन, डबल स्कीन बडी कन्सट्रक्सन, स्टाइलीस डिआरएल हेड ल्याम्प, न्यू ट्रान्सफर लिफ, ट्रीपल एसी सिस्टम, अलराउण्ड भिजीबिलीटी स्क्रिन, टेलीसकोपीक स्टेरीङ्ग, हरेक सिटमा आइफोन तथा एन्ड्रोइड दूबैका लागी चार्जीङ्ग पोर्टको ब्यबस्था जस्ता सुविधा रहेको कम्पनीले बताएको छ । स्लाइडिङ्ग डोर सहितको तीन ढोका युक्त यो गाडीमा १४ र १८ सिट क्षमतामा उपलब्ध छन् ।

नाडा अटो शोमा टिभिएसको इलेक्ट्रिक स्कूटर सार्वजनिक हुने, मल्टिफङ्सनल स्क्रिनको विशेषता

काठमाडौं । टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले नाडा अटो शोमा इलेक्ट्रिक स्कुटर टिभिएस आईक्युब सार्वजनिक गर्ने तयारी गरेको छ । नाटा अटो–शो भदौ २६ गतेदेखि सुरु हुन लागेको छ । कार्यसम्पादन र व्यावहारिकता दुवैलाई ध्यानमा राखेर डिजाइन गरिएको यस विद्युतीय स्कुटरले नेपालीहरुको दैनिक आवत–जावतलाई अझै सहज बनाउने जगदम्बा मोटर्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, ‘टिभिएस आईक्युब इलेक्ट्रिक स्कुटरले पर्यावरण र कुशल शहरी गतिशीलताप्रति हाम्रो प्रतिबद्धतालाई प्रतिनिधित्व गर्दछ । आकर्षक मूल्यमा कार्बनरहित भविष्य सुनिश्चित गर्दै आधुनिक शहरका सचेत नागरिकहरुको लागि आकर्षक मुल्यमा नवीनतम् विकल्पहरु प्रदान गर्ने उद्धेश्यले हामीले टिभिएस आईक्युब नेपाली बजारमा ल्याएका हौँ ।’ ३ किलोवाटको बलियो बिएलडिसि हब मोटरको प्रयोग गरिएको यस टिभिएस आईक्युबको पर्फरमेन्स उत्कृष्ट रहेको कम्पनीले जनाएको छ । ४.४० किलोवाटको अधिकतम् पावर र १४० एनएम म्याक्सिमम् टर्क भएकाले आईक्युबले भीडभाड भएको ट्राफिकमा समेत स्पीड र एजिलिटि प्रदान गर्ने बताइएको छ । यस स्कुटरको टप स्पिड ७८ किलोमिटर प्रति घण्टा रहेको छ । टिभिएस आईक्युबको ३.०४ केडबल्युएच लिथियम–आयन ब्याट्रीले एक चार्जमा ७५ देखि १०० किलोमिटर सम्मको रेन्ज प्रदान गर्ने कम्पनीले बताएको छ । पाँच घण्टामा शतप्रतिशतसम्म चार्ज हुन सक्ने टिभिएस आईक्युबमा पोर्टेबल चार्जर पनि आउने बताइएको छ । आईक्युबमा टिभिएस एनटर्क सिरिजका स्कुटरजस्तै स्मार्ट कनेक्ट फिचर समेत उपलब्छ छ । चालकले स्कुटरसँग आफ्नो स्मार्टफोन ब्लुटुथद्वारा कनेक्ट गरेर आगमन कल÷एसएमएस अलर्ट, न्याभिगेसन, म्युजिक प्लेयर कन्ट्रोल, अन्तिम पार्क गरिएको ठेगाना तथा एन्टी–थेप्ट जस्ता स्मार्ट फिचरहरु यसमा समावेश गरिएको छ । स्कुटरको ७ इन्चको मल्टिफङ्सनल स्क्रिनले सबै स्मार्ट कनेक्ट फिचरलाई सहज कार्यान्वयनमा मद्दत पु¥याउने बताइएको छ । रिजेनेरेटिभ ब्रेकिङ सिस्टम भएको हुँदा टिभिएस आईक्युबको यात्रा सहज हुनुको साथै उर्जा पनि कम खपत हुन्छ । त्यस्तै यात्रुलाई अझ बढी सुविधा प्रदान गर्न यस स्कुटरमा टेलिस्कोपिक फोर्क र ट्विन हाइड्रोलिक एबजरबर सस्पेन्सन प्रयोग गरिएको छ । यस टिभिएस आईक्युबको सिटको उचाइ ७७० एमएमको रहेको छ भने ग्राउन्ड क्लियरेन्स १५० एमएमको रहेको छ । त्यस्तै यसको तौल ११७ किलोग्राम रहेको छ भने डिजाइन पनि हल्का र युजर–फ्रेण्ड्ली रहेको कम्पनीको दावी छ ।

अटोमोबाइल क्षेत्रको समस्या सुल्झाउन गएका नाडा प्रतिनिधिले अर्थमन्त्रीलाई सुनाए राष्ट्र बैंकप्रतिको गुनासो

काठमाडौं । बुधबार नाडाका अध्यक्ष डा. ध्रुब थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले अर्थमन्त्री प्रकाशशरण महतसंग भेटगरी अटोमोबाइल क्षेत्रमा देखा परेका समस्याका बारेमा छलफल गरेको छ । छलफलमा नाडाका अध्यक्ष थापाले सन्दर्भ मूल्य सूचीका बारेमा सरोकारवाला निकायहरुसंग सल्लाह गरेर ययार्थपरक बनाउन अनुरोध गरेका छन् । सोही छलफलका क्रममा अध्यक्ष थापाले सुस्ताएको बजारलाई चलायमान बनाउन ऋण पुर्नतालिकीकरको व्यवस्था हुनु पर्ने, बैंक तथा वित्तीय निकायहरुलाई अटोमोबाइल क्षेत्रमा लगानी गर्नको लागि प्रमुख बाधकको रुपमा रहेको हायर पर्चेज कर्जाको जोखिम भार घटाएर ७५ प्रतिशत नै कायम गरिनु पर्ने,  बैकहरुबाट निजी सवारी साधनको लोन प्रवाह गर्ने प्रकियाको हालको ५० प्रतिशतको सिमालाई बढाएर ७५ प्रतिशत कायम गरिनुपर्ने बताएका छन् । त्यसैक्रममा अध्यक्ष थापाले चालु पुँजी कर्जाको सम्बन्धमा नेपाल राष्ट्र बैंकले हालै जारी गरेको कर्जा बर्गीकरण सम्बन्धी नयाँ व्यवस्थामा कुनै समूहभित्रको कुनै एक ऋणीले लिएको कर्जा निष्क्रिय भए समूहमा रहेका अन्य ऋणीको समेत निष्क्रीय बर्गमा बर्गीकरण गरिने व्यवस्थाले बैंक तथा वित्तीय निकायमा असल कर्जावालाहरुलाई समेत असर पर्ने बताएका छन् । कुनै पनि कर्जा निष्क्रिय बर्गमा बर्गीकरण भएमा कर्जाको बक्यौता रकम भुक्तानी गरे पछि पनि ६ महिनासम्म असल कर्जाको बर्गमा स्तरोन्नती नहुने व्यवस्थाले नीजि क्षेत्रलाई हतोत्साहित बनाउने भएकोले यस व्यवस्थालाई पनि तत्काल सच्याउनका लागि थापाले आग्रह गरेका छन् । त्यसैगरी, छलफलमा अध्यक्ष थापाले नेपालमा अहिले अटोमोवाइल उद्योगहरु क्रमशः खुल्दै जाने क्रममा रहेकाले यस्ता उद्योगहरुको स्थापनाका लागि थप प्रोत्साहित गर्न सरकारले अटोमोवाइल उद्योगहरुलाई विशेष क्षेत्रमा बर्गिकरण गरी सोही अनुरुप सहुलियत कर्जा उपलब्ध गराउने व्यवस्था हुनु पर्ने माग गरेका छन् । काठमाण्डौ उपत्यकामा एउटा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माणको लागि बजेटमा व्यवस्था गरी त्यसको निर्माणका लागि समेत पहल गरि दिन थापाले आग्रह गरेका छन् । छलफलमा मन्त्री महतले समस्याहरुका सम्बन्धमा आफु जानकार रहेको र त्यसको समाधानका लागि प्रयास गरिने आश्वासन दिए । उक्त भेटघाट तथा छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, केन्द्रीय कार्य समिति सदस्यद्धय प्रकाश कपुरी तथा निशान ढकाल समेतको उपस्थिति रहेको थियो ।

जोखिम मोलेरै अटो–शो गर्न लागेका हौं, बजार भाइब्रेट हुने अपेक्षा छ : अध्यक्ष थापा

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष धुव्र थापाले व्यवसायीहरूले जोखिम मोलेल अटोमोवाइल प्रदर्शनी आयोजना गर्न लागेको बताएका छन् । आगामि भदौ २६ गतेदेखि आयोजना हुन लागेको १५ औं अटो शोको बारेमा जानकारी दिन सोमबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा थापाले यस्तो बताएका हुन् । ‘अवस्था नाजुक भए पनि अटो बजारलाइ भाइब्रेट गराउने उद्देश्यले जोखिम मोलेर प्रदर्शनी आयोजना गर्न लागेका छौं’, थापाले भने । विगतका वर्षहरुमा कुल व्यापारको ४० प्रतिशत प्रदर्शनीबाट र बाँकी बिक्रि हुने गरेको थियो भने बाँकी ६० प्रतिशत अरू १० महिनामा गाडी बिक्री हुने गरेको थापाले बताए । प्रदर्शनीको घोषणा गर्नासाथ अनपेक्षित हिसाबले बुकिङ आएको पनि थापाले बताए । ‘बुकिङ ओपन हुँदा हामीमालाई स्टल बुकिङ नै नहुने हो कि भन्ने शंका थियो । तर, अनुमान भन्दा धेरै राम्रो बुकिङ आएको छ’, थापाले भने । उनले भृकुटी मण्डप सानो र गाडी पार्किङको लागि असहज भएको हुँदा धेरै स्टिल राख्न नसकिएको बताए । नाडाका सचिव एवम अटोशो संयोजक अनुपकुमार बरालले प्रदर्शनीमा ठूला तथा साना गरी १२० वटा स्टल र ब्लकहरु रहेको जानकारी दिए । प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता रहने बरालले बताए । प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ७ वटा ब्राण्डका लाइट कमर्सीयल भेइकल, ९ वटा वित्तिय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, व्याट्री, पार्टपूर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहने बरालले जानकारी दिए । आगामी भदौ २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डामा नाडा अटो एक्स्पो २०२३ आयोजना हुँदैछ । ६ दिनसम्म चल्ने अटो एक्सपोमा आकर्षक विद्युतीय तथा कर्मसियल भेइकलको प्रदर्शनी हुने नाडाले बताएको छ । भिडियो  

विश्वव्यापी रूपमा फास्टेस्ट ग्रोइङ्ग अटोमोटिभ ब्राण्ड ‘सेरेस’ नाडामा लन्च हुँदै

काठमाडौं । ब्राण्ड डाइरेक्टरीले हरेक वर्ष विश्वव्यापी रूपमा शीर्ष पाँच हजार कम्पनीहरूको प्रदर्शन मूल्याङ्कन गर्दछ। सोहि ब्राण्ड डाइरेक्टरीद्वारा तयार पारिएको २०२३ को वार्षिक प्रतिवेदन अनुसार सोकोन (हाल सेरेस) एक सफल अटोमोबाइल कम्पनी बन्न सफल भएको छ। साथै २०२२ पछि सबैभन्दा छिटो बढिरहेको र वार्षिक रुपमा २१ प्रतिशत बढी गाडीहरु बेचिरहेको छ। प्रतिबद्धता, नवीनता र उत्कृष्टताको अटुट प्रयास पछि सेरेस द्रुत गतिमा विस्तार हुने अटोमोबाइल ब्राण्ड बन्न सफल भएको छ। विश्वको अग्रणी ‘टेक्नोलोजी जायन्ट’ हुवावेसँग साझेदारी हुनु सेरेसलाई थप उचाईमा पुर्याएको छ। सोहि साझेदारी स्वरूप सेरेसले डिजिटल समाधान, स्मार्ट प्रविधि र कनेक्टिभिटीका लागि हुवावेको टेक्नोलोजी प्रयोग गरी आफ्ना ग्राहकहरुलाई सिमलेस तथा इन्टेलिजेन्ट ड्राइभिङ अनुभव प्रदान गर्दै आइरहेको छ। सेरेसले ७० भन्दा बढी मुलुकमा आफ्नो दमदार उपस्थिति देखाइसकेको छ। इभीको उपलब्धतालाई सहज र दिगो बनाउने उद्देश्यका साथ अघि बढिरहेको सेरेसले विश्वलाई प्रदुषण मुक्त बनाउने दिर्घकालिन लक्ष्य लिएको छ। सेरेस नविनतम प्रव्रिधिको विकास गर्न चीनमा मात्र नभई अमेरिका र जापान लगायत मुलुकमा पनि आफ्नो अत्याधुनिक ‘रिसर्च एण्ड डेभलपमेन्ट विंग’ लाई संचालन गर्दै आएको छ। ‘ड्राइभिङ’लाई थप पर्यावरण-मैत्री र व्यावहारिक बनाउने अभियानमा सेरेसले अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। आउँदो २६ भाद्रबाट सुरु हुन गइरहेको नाडा अटो सोमा लन्च गर्ने भनिएको सेरेसलाई नेपालमा भने एमएडब्लु ग्रुपले भित्र्याउन लागेको हो। सेरेस ३ को टेस्ट(ड्राइव तथा अनुभवका लागि सेरेसको बुथमा ‘ए-६’ सम्पर्क गरी बिस्तृत जानकारी लिन सकिने कम्पनिले जनाएको छ।

नाडा अटो शोमा नेपालको पहिलो ईभी पिकअप ट्रक लन्च हुने

काठमाडौं । नेपालको पहिलो फोटोन इभि पिकअप ट्रक नाडा अटो २०८० मा लन्च गर्ने तयारी गरेको छ । नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेइकल्सले आगामी नाडा अटो शो २०८० मा आफ्नो ईभी पिकअप ट्रक र १४/१५ सिटर ईभी भ्यान लन्च गर्ने तयारी गरेको छ । नेपालमा उपलब्ध हुने उक्त इलेक्ट्रिक पिकअप ट्रक टीएम१ पूर्ण रुपमा नेपाली भूगोल सुहाउदो रहेको कम्पनीको भनाइ छ । सो ईभी पिकअप ट्रक टीएम१ ले नेपाली बजारमा एउटा नयाँ आयाम ल्याउनेमा कम्पनी विश्वस्त रहेको बताइएको छ । नेपालको चुनौती पूर्ण भू–भागमा विगत २– ३ महिनामा व्यापक सफल परीक्षणहरु पार गरिसके पछि उक्त टीएम१ पिकअप ट्रकलाई नेपाली बजारमा ल्याउन लागिएको आधिकारिक जानकारी कम्पनीले गराएको छ । यसैगरी सो अवसरमा १४/१५ सिटर ईभी भ्यानको पनि औपचारिक रुपमा लन्च गर्ने तयारी रहेको कम्पनीले जानकारी गराएको छ । कम्पनीका अनुसार नाडा अटो शोको अवसरमा गाडी खरिद गर्ने ग्राहकहरुका लागि विशेष छुटको व्यवस्था समेत रहेको छ । आगामी भाद्र २६ देखि ३१ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शो हुँदैछ ।

नाडा अटो-शोमा ५ हजार गाडी बुकिङ हुने अपेक्षा, विद्युतीय गाडीकै डोमिनेन्स्

काठमाडौं । आगामी भदौ २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डामा नाडा अटो एक्सपो २०२३ आयोजना हुँदैछ । ६ दिनसम्म चल्ने अटो एक्सपोको मुख्य आकर्षक विद्युतीय तथा कर्मसियल भेइकल रहेको नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)ले जनाएको छ । ४ वर्षपछि हुन लागेको अटो–शोमा दुई पाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधनकोे उल्लेख्य सहभागिता हुने नाडाले जनाएको छ । नाडाका अनुसार अटो–शोका लागि ८२ वटा स्टलहरु बुकिङ भैसकेका छन् । विगतका चार वर्षमा कारोना महामारी लगायतका कारणले नाडा अटो–शो हुन सकेको थिएन । लामो अन्तरालपछि हुन लागेको अटो–शोमा अटोमोबाइल कम्पनीहरुको अत्यधिक सहभागिता हुने नाडाका महासचिव सुरेन्द्र उप्रेतीले जानकारी दिए । उनका अनुसार अटो एक्सपोमा विभिन्न ब्राण्ड र मोडेलका सवारी साधनहरु र त्यसमा प्रयोग हुने टायरट्यूव, लुब्रिकेन्टस, स्पेयर पार्टस, एसेसरिज, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरु ल्गायतका सामग्रीहरु रहनेछन् । नाडाका अनुसार एक्सपोमा चारपाङ्ग्रे सवारी साधन १७, दुई पाङ्ग्रे २३, कमर्सियल सवारी साधन ६, बैंक तथा वित्तीय निकायहरु ५, स्पेयर पार्टस, टायर लुब्रिकेन्टस, कम्पोनेन्ट तथा एसेसरिजका ३१ वटा स्टल रहनेछन् । उक्त–शो मा २२ ब्राण्डका मोटरसाइटल तथा स्कुटर, १६ ब्राण्डका कार तथा जिप, २६ वटा स्पेयर पार्टसका स्टलहरु रहनेछन् । प्राथमिकतामा इभी र कमर्सियल भेइकल अटो–शो मा विद्युतीय गाडी तथा कर्मसियल भेइकल मुख्य आकर्षण रहने भएका छन् । पछिल्लो समय डिजेल तथा पेट्रोलका गाडी बिक्री गर्दै आएका कम्पनीहरुले विद्युतीय गाडी भित्र्याउन थालेका छन् । सरकारले विद्युतीय गाडी (इभी)मा भन्सार तथा अन्तशुल्कमा छुट दिनेदेखि विद्युतीय गाडीलाई प्रोत्साहनको नीति लिएपछि अटो–शोमा इभीलाई मुख्य आकर्षणको रुपमा हेरिएको नाडाले जनाएको छ । अटो–शो २०२३ मा विभिन्न १२ वटा इभी कम्पनीले स्टल बुक गर्दा डिजेल तथा विद्युतबाट सञ्चालित गाडीका १० वटा कम्पनीले स्टल बुक गरेका छन् । अटो–शोमा टोयोटा, मित्सुबिसी, प्रोटोन, स्कोडा र होन्डाका चारपाङ्ग्रे सवारीसाधन देख्न नपाइने नाडाले जनाएको छ । पछिल्लो समय नेपाली बजारमा नयाँ मोडलको गाडी नआएको भन्दै टोयोटाले स्टल नराखेको नाडा स्रोतले जनायो । चारपाङ्ग्रेमा सुजुकी, निसान, टाटा मोटर्स, महिन्द्रा, हुन्डाई, सेरेस, ग्रेटवाल मोटर्स, फोर्ड, सिट्रोन सहभागी हुँदै छन् । त्यस्तै, नेटा, बीवाईडी, किया, एमजी, म्याक्सस, विलिङ र अर्को एउटा ब्रान्ड नखुलेको कम्पनी सहभागी हुने तय भएको छ । यी हुन अटो–शोमा देखिने दुई पाङ्ग्रे साधन यस वर्षको अटो शोमा यामाहा र हिरोले सहभागिता जनाउने छैनन् । मोटरसाइकलको बिक्री बढ्न नसकेकाले राम्रो बजार हिस्सा भएको यामाहा र आधिकारिक बिक्रेताको विवादका कारण हिरोले सहभागिता नजनाउने भएको हो । यी दुई बाहेक अन्य अधिकांश ब्राण्ड अटो शोमा रहने छन् । बजाज, टीभीएस, होन्डा, सुजुकी, केटीएम, जोन्टेस, भेस्पा, अप्रिलिया, जावा, रोयल इनफिल्ड, बेनेली जस्ता ब्राण्डले अटो–शोमा भाग लिनेछन् । त्यस्तै, विद्युतीय दुई पाङ्ग्रेतर्फ इभोक, स्लेन, एफ्टेक, सनरा, प्योर ईभी, कोमाकी, इलेक्ट्रिक वान, सेग–वे, एनआईयू, याडिया र लेभ्निङ सहभागी हुने छन् । इभीकाे बाेलवाला रहने अटो–शोमा टाटा, हुन्डाई, सेरेन, ग्रेटवाल, सिट्रोन, नेटा, बीवाईडी, किया, एमजी, म्याक्सस, विलिङ लगायतका कम्पनीका विद्युतीय गाडीहरु प्रदर्शनमा आउने भएका छन् । हुन्डाईले कोना र आयोनिक शोमा राख्ने नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टले अटो शोमा यसअघि नै बिक्री हुँदै आएको कोना र आयोनिक मोडलका गाडीहरु राख्ने जनाएको छ । कम्पनीले अटोशोमा पुरानै विद्युतीय गाडीहरु राख्ने जनाएको हो । हुन्डाइ कोना र आईओएनआईक्यू ५ नेपालमा धेरै रुचाएको विद्युतीय गाडी भएको भन्दै कम्पनीले अटोशोमा सोही गाडीहरु राख्न लागेको हो । हाल कोना ३ वटा भेरियन्टमा नेपाली बजारमा उपलब्ध रहेको छ । कोना एनएसको मूल्य ६० लाख ९६ हजार, जीएल ६१ लाख ९६,००० र जीएलएस भेरियन्टको ६४ लाख ९६ हजार रहेको कम्पनीले जनाएको छ । आईओएनआईक्यू ५ जीएलएस भिजन रुफ भेरियन्टको मूल्य १ करोड २ लाख ९६ हजार बराबरको रहेको कम्पनीले जनाएको छ । एमजी इभी–४ ल्याउँदै पारामाउन्ट नेपालमा एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले अटो–शोका लागि नै लक्षित गरेर एमजी फोर मोडलको गाडी बिक्री गर्ने तयारी गरेको छ । एमजी फोर दुई ब्याट्री अप्सनसहित आउँदै छ । जसमा ५१ र ६४ किलोवाट आवर ब्याट्री प्याकमा सार्वजनिक हुन लागेको यो गाडीले क्रमशः ३५० र ४५० माथि नै रेन्ज दिने कम्पनीको दाबी छ । तर, कम्पनीले हालसम्म मूल्य भने सार्वजनिक गरेको छैन । डल्फिन गाडी भित्र्याउँदै बीवाईडी बीवाईडी गाडीको आधिकारिक वितरण साइमेक्स इंकले नाडा अटो शोमा डल्फिन गाडी बिक्रीका लागि राख्ने जनाएको छ । बीवाईडीले डल्फिनसँगै एटो–थ्रि समेत राख्ने तयारी गरेको छ । नेपाली बजारमा करिब ४५ लाख रुपैयाँ हाराहारिमा रहेको डल्फिन मोडलको गाडीमा ४४‍.९ किलोवाट प्रति घण्टा ब्याट्री क्षमता, ४२० किलोमिटर रेन्जको चार्च तथा ७० किलोबाटको मोटर जडान भएको कम्पनीले जनाएको छ । महिन्द्रा एक्सयूभी ४०० नेपालमा महिन्द्रा गाडीको आधिकारिक वितरक अग्नि समूहले नाडा अटोशोमा महिन्द्रा एक्सयुभी ४०० देखाउने भएको छ । नाडा अटो शोका लागि नै नयाँ कम्पनीले उक्त गाडी नेपाल ल्याउन लागेको हो । लिथियम आयोन ब्याट्री जडान गरिएको उक्त गाडाीमा ३४.५ र ३९.४ किलोवाट आवर गरी दुई वटा ब्याट्री अप्सन रहेको छ । तर, कम्पनीले हालसम्म नेपाली मूल्य भने सार्वजनिक गरेको छैन । सेरेस मोडलको नयाँ गाडी भित्रिँदै नाडा अटो शोमा नेपालमा नयाँ विद्युतीय गाडी भित्रन लागेको छ । एमएडब्लू कम्पनीले अटोशोका लागि नै चिनियाँ ब्रान्डको सेरेस–३ गाडी भित्र्याउन लागेको हो । सेरेस–३ मा ५२.७ किलोवाट आवरको ब्याट्री र ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । सस्तो मूल्यमा टाटा टियगो टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नाडा अटोशोमा टियगो गाडी राख्ने तयारी गरेको छ । कम्पनीले २५ लाख रुपैयाँ हाराहारीमा अटोशोमा नै टियागो गाडीको लन्च गर्ने तयारी गरेको छ । सो मोडलको गाडी भारतमा लन्च भएसँगै कम्पनीले नेपाल ल्याउने तयारी गरेको हो । कम मूल्यमा सस्तो विद्युतीय गाडी उपलब्ध भएसँगै अटोशोको मुख्य आकर्षक टियगो नै हुनसक्ने नाडाले जनाएको छ । ५ हजार गाडी बुक हुने अनुमान चार वर्षपछि हुन लागेको आटोशोमा ५ हजार हाराहारीमा गाडीको बुकिङ हुने व्यवसायीहरुले अनुमान गरेका छन् । पछिल्लो समय धेरै उपभोक्ताको रोजाइ विद्युतीय गाडी रहेको र अटो शोमा नयाँ मोडलका गाडीहरु भित्रिएपछि उक्त संख्यामा गाडीहरु बुकिङको अनुमान गरिएको उनीहरुको भनाई छ । नाडाले समेत २० अर्ब रुपैयाँ बराबरको कारोबार हुँदा २ लाख मानिसले अटो–शो भिजिट गर्ने अनुमान गरेको छ । यसअघि भएको अटो शोमा ५ अर्ब हाराहारीमा कारोबार हुँदा ८० हजार बराबरको टिकट काटिएको थियो ।

नाडा अटो शोको लागि लटरी ड्र मार्फत स्टल निर्धारण

काठमाडौं ।  नाडाले स्टल निर्धारणका लागि लटरी ड्र सम्पन्न गरेको छ । सोमबार नाडाले वल्ड ट्रेड सेण्टर, त्रिपुरेश्वरमा स्टल निर्धारणका लागि लटरी ड्र सम्पन्न गरेको हो । नाडा अटो एक्सपोमा सहभागी हुने सवै फर्म-कम्पनीरुले समान अवसर प्राप्त गरोस भन्ने उद्धेश्यले नाडाले लटरी ड्र मार्फत स्टलहरुको वितरण गर्दे आएको छ । स्टल बुकिङ्गका लागि नाडाले यस अघि नै सूचना समेत प्रकाशित गरिसकेको थियो । यस नाडा अटो एक्सपो २०२३ मा विगतमा भन्दा उत्साहजनक रुपमा अटोमोवाइल कम्पनीहरु सहभागी भएका छन् । प्रदर्शनीमा यस्तो उल्लेख्य र उत्साहजनक सहभागिताबाट नाडा पनि थप उत्साहित भएको छ । नाडा अटो एक्सपोे २०२०, २०२१ र २०२२  कोभिड महामारी लगायत अन्य विभिन्न कारणहरुबाट आयोजना हुन नसकेको अवस्थामा यस वहुप्रतिक्षित नाडा अटो शो २०२३ मा अटोमोवाइल कम्पनीहरुको अत्यधिक सहभागिता भएको हो भन्ने हाम्रो बुझाई छ । दर्शकहरुले यस प्रर्दशनीमा विद्युतिय सवारी साधनहरु लगायत चार बर्ष पछी हालसम्मका नयाँ मोडलहरुको अवलोकन गर्न पाउने छन् । खाशगरी यस प्रदर्शनीमा विभिन्न ब्राण्ड र मोडेलका सवारी साधनहरु र त्यसमा प्रयोग हुने टायरटयूव, लुविकेण्टस, स्पेयर पार्टस, एसेसरिज, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरु लगायतका विभिन्न सामग्रीहरु सहित कूल ८२ वटा स्टलहरु प्रदर्शनीमा रहने छन् । जसमध्ये चारपाँगे्र सवारी साधन १७, दुई पाँगे्र २३ , कमसियल सवारी साधन ६, बैक तथा वितिय निकायहरु ५, स्पेयर पार्टस, टायर लुव्रिकण्टस, कम्पोनेण्ट र एसेसरिज ३१ रहने छन् । स्मरणीय छ, विभिन्न अवरोधहरुका वावजुद पनि नाडाले गत बर्ष भव्यताकासाथ नाडा इभि एक्सपो २०२२ समेत सम्पन गरेको थियो । विभिन्न कारणहरुले विगतमा सुस्ताएको अटोमोवाइल व्यवसाय अव केही चलायमान हुने अपेक्षा समेत राखिएको छ । नेपालको सवैभन्दा ठूलो र भव्य रुपमा सम्पन्न हुदै आएको नाडा अटो एक्सपोको १५ औं संस्करणको नाडा अटो एक्सपो २०२३, यही आउदो २०८० साल भाद्र २६ गते देखि ३१ गतेसम्म काठमाण्डौ प्रदर्शनीमार्गको भृकुटी मण्डप परिसरमा आयोजना हुदैछ । सो प्रदर्शनीमा सहभागी हुने अटोमोवाइल कम्पनीहरुले आफना नयाँ मोडलका सवारी साधनहरुको विक्रीका लागि विभिन्न छुट र सुविधा सहीतका प्याकेजहरु समेत दिने भएकोले यो प्रदर्शनी विगतका प्रदर्शनीहरु भन्दा थप भव्य, व्यवस्थित र बृहत रुपमा आयोजना हुने अपेक्षा राखिएको यस प्रदर्शनीमा एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र करिव २० अरव भन्दा बढीको कारोबार हुने आशा समेत गरिएको छ । त्यसैगरी यस प्रदर्शनीको सम्पूर्ण व्यवस्थापन ग्लोवल एक्सपोजिशन एण्ड मेनजमेण्ट सर्बिसले गर्नेछ ।

‘नाडा अटो शो’ भदौ २६ गतेदेखि सुरु हुने

काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले यस वर्षको ‘नाडा अटो शो’ भदौमा आयोजना गर्ने भएको छ । नाडा अटो शो भदौ २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा हुने भएको छ । नाडाले प्रदर्शनीका लागि बुकिङसमेत खोलेको छ । हरेक वर्षको दसैँ अगाडि आयोजना हुँदै आएको नाडा अटो शो कोभिड महामारीका कारण २०२० र २०२१ मा आयोजना भएको थिएन । २०२२ मा सरकारले केही सवारी साधनको आयातमा लगाएको प्रतिबन्धका हुन पूर्ण रूपमा भएको थिएन । गत वर्ष नाडाले ईभी एक्सपो २०२२ आयोजना गरेको थियो । आउँदो नाडा अटो शोमा चार पांग्रे, दुई पांगे्र सवारीसाधनका साथै स्पेयर पाट्र्स, टायरटयूब, ब्याट्री लगायतका स्टल रहनेछन् । प्रदर्शनीमा बैंक, बिमालगायत ट्राफिक, सडक सुरक्षा र वातावरणसँग सम्बन्धित संघ संस्था समेतको सहभागिता रहने छ ।

सुन्दर अटोको ईभी मोटरसाइकल ‘गन्तव्य’ सार्वजनिक, साढे २ लाख पर्ने

काठमाडौं । सुन्दर अटो ईन्जिनियरिङले गन्तव्य ईभी १००-एस मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार एक कार्यक्रमको आयोजना गरी सो मोटरसाइकलको सार्वजनिक गरेको हाे । कम्पनीले आफ्नै डिजाइन तयारी गरी सो इलेक्ट्रिक मोटरसाइकल बनाएको हो । गन्तव्य मोटरसाइकल नेपालको प्रविधि र स्रोत साधनको प्रयोग गरी निर्माण गरिएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए । ‘नेपाल सरकारले अहिले विद्युतीय सवारीको प्रोत्साहन गरिरहेको छ, यस्तो अवस्थामा हामीले स्वदेशमा नै ईभी मोटरसाइकल तयार गरेका छौं, यो नेपालको बाटोमा सुहाउँदो मोटरसाइकल हो,’ उनले भने । अध्यक्ष थापाले उक्त मोटरसाइकलमा ३० देखि ४० प्रतिशत सामाग्री नेपाली र बाँकी अन्य देशबाट ल्याएर तयार गरिएको जानकारी दिए । ‘गन्तव्य ईभीको जाँच पास सरकारी निकायबाट भइसकेको छ, अहिले नम्बर प्लेट प्राप्तिको तयारीमा छौं,’ उनले भने । गन्तव्य मोटरसाइकलमा १५०० वाटको मोटर र ५१.२ भोल्टेजको ब्याट्रीको जडान भएको छ । सुन्दर अटोका अनुसार यस बाइको अधिकतम गति २४ देखि ५५ किलोमिटर प्रति घण्टा रहेको छ । यसै गरी यस बाइकको रेन्ज १००-१२० किलोमिटर रहेको छ । यस्तै, गन्तव्यको ग्राउन्ड क्लियरेन्स १५० मिलिमिटर छ भने याे फाइबर र पलास्टीकले बनेकाे हाे । थापाका अनुसार गन्तव्य ईभी १००-एस मोटरसाइकलको मूल्य २ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ ।  उनका अनुसार आजबाट एक महिनाभित्र खरिद गर्ने ग्राहकले दुई लाख ४० हजार रुपैयाँमै बाइक प्राप्त गर्न सक्ने छन् ।

मेरोअटो मोटर र्यालीको तेस्रो संस्करण हुँदै, काठमाडौंदेखि नुवाकोटसम्मको यात्रा

काठमाडौं । मेरोअटो मोटर र्यालीको तेस्रो संस्करण वैशाख १५ र १६ गते आयोजना हुने भएको छ । विगत तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको मोटर र्याली यो वर्ष काठमाडौंबाट नुवाकोट दरबार क्षेत्रसम्म हुनेछ । मेरोअटो डटकमले आयोजना गर्दै आएको यस मोटर र्याली मुख्यतया हाइवे ड्राइभिङ, आन्तरिक पर्यटन विकास, ड्राइभ टुरिजम र ब्यवसायीक नेटवर्किङ विस्तारको लागि सहयोगी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ । लक्ष्मी हुन्डाई र बीवाइडीसँगको सहकार्यमा हुन लागेको र्यालीमा विभिन्न ब्राण्डका ५० भन्दा धेरै कार र १०० भन्दा धेरै सहभागि रहने आयोजकले जानकारी दिएको छ । र्यालीको तयारी पुरा भएको जानकारी दिँदै अटोमोटीभ्स प्रालिका निर्देशक उज्वल घिमिरेले भने, ‘हाम्रो लक्ष्य नेपालमा ड्राइभ टुरिजम विकासमा सहयोग गर्ने र सुरक्षित ड्राइभिङलाई प्राथमिकता दिने हो । यसमै आधारित रहेर ¥यालीको तयारी गरेका छौं ।’ घिमिरेको अनुसार र्याली काठमाडौंको नक्सालबाट टोखा, शिवपुरी, छहरे हुँदै ऐतिहासिक नुवाकोट दरवार पुगेर बट्टारस्थित सिद्धार्थ होटल वाटर टावरमा पुगेर समापन हुनेछ । शुक्रबार दिउँसो १ बजे सुरु हुने र्यालीको समापन भने शनिबार गरिने उनले बताए ।

एनआईबीएल एस क्यापिटल र डियरवाक अटो सर्भिसबीच सम्झौता

काठमाडों । एनआईबीएल एस क्यापिटल र डियरवाक अटो सर्भिसबीच सम्झौता भएको छ । सम्झौता अनुसार एनआईबीएल फण्ड अन्तर्गत सञ्चालित एनआईबीएल सहभागीता फण्डमा कर्पोरेट पेरोल एसआइपी मार्फत उक्त कम्पनीले लगानी गर्ने भएको हो । यस योजना अनुसार डियरवाक अटो सर्भिसका विभिन्न तहका कर्मचारीले आफुले इच्छा गरे अनुरुप मासिक रुपमा आफ्नो तलबको केहि अंश लगानी गर्न सक्नेछन् । उक्त सम्झौतामा डियरवाक अटो सर्भिसका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत दबे श्रेष्ट र एनआईबीएल एस क्यापिटलको तर्फबाट कम्पनीका म्युचुअल फण्ड प्रमुख पोस्कर बस्नेतले हस्ताक्षर गरेका थिए ।