मेरोअटो मोटर र्यालीको तेस्रो संस्करण हुँदै, काठमाडौंदेखि नुवाकोटसम्मको यात्रा

<p>काठमाडौं । मेरोअटो मोटर र्यालीको तेस्रो संस्करण वैशाख १५ र १६ गते आयोजना हुने भएको छ । विगत तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको मोटर र्याली यो वर्ष काठमाडौंबाट नुवाकोट दरबार क्षेत्रसम्म हुनेछ । मेरोअटो डटकमले आयोजना गर्दै आएको यस मोटर र्याली मुख्यतया हाइवे ड्राइभिङ, आन्तरिक पर्यटन विकास, ड्राइभ टुरिजम र ब्यवसायीक नेटवर्किङ विस्तारको लागि सहयोगी हुने [&hellip;]</p>

काठमाडौं । मेरोअटो मोटर र्यालीको तेस्रो संस्करण वैशाख १५ र १६ गते आयोजना हुने भएको छ । विगत तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको मोटर र्याली यो वर्ष काठमाडौंबाट नुवाकोट दरबार क्षेत्रसम्म हुनेछ ।

मेरोअटो डटकमले आयोजना गर्दै आएको यस मोटर र्याली मुख्यतया हाइवे ड्राइभिङ, आन्तरिक पर्यटन विकास, ड्राइभ टुरिजम र ब्यवसायीक नेटवर्किङ विस्तारको लागि सहयोगी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

लक्ष्मी हुन्डाई र बीवाइडीसँगको सहकार्यमा हुन लागेको र्यालीमा विभिन्न ब्राण्डका ५० भन्दा धेरै कार र १०० भन्दा धेरै सहभागि रहने आयोजकले जानकारी दिएको छ ।

र्यालीको तयारी पुरा भएको जानकारी दिँदै अटोमोटीभ्स प्रालिका निर्देशक उज्वल घिमिरेले भने, ‘हाम्रो लक्ष्य नेपालमा ड्राइभ टुरिजम विकासमा सहयोग गर्ने र सुरक्षित ड्राइभिङलाई प्राथमिकता दिने हो । यसमै आधारित रहेर ¥यालीको तयारी गरेका छौं ।’

घिमिरेको अनुसार र्याली काठमाडौंको नक्सालबाट टोखा, शिवपुरी, छहरे हुँदै ऐतिहासिक नुवाकोट दरवार पुगेर बट्टारस्थित सिद्धार्थ होटल वाटर टावरमा पुगेर समापन हुनेछ । शुक्रबार दिउँसो १ बजे सुरु हुने र्यालीको समापन भने शनिबार गरिने उनले बताए ।

Share News