१८ मन्त्रालयले गर्नेछन् यी ६१५ काम
काठमाडौं । सरकारले मन्त्रालयको संख्या घटाएर १८ कायम गर्दै ती मन्त्रालयको कार्यविभाजन पनि गरेको छ । सरकारले मन्त्रालयको संख्या घटाएर नाम पनि हेरफेर गरेको छ भने ती मन्त्रालयल गर्ने काम र ती मन्त्रालय अन्तर्गत गर्ने विभाग, कार्यालय तथा समितिहरु पनि छुट्याएको छ । नेपालको संविधानको धारा ८२ को उपधारा (१) ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकार, मन्त्रिपरिषद्ले नेपाल सरकारको कार्य विभाजनका लागि ‘नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३’ जारी गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहले रक्षा, गृह र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय आफूसँगै राखेका छन् । यी हुन् नयाँ मन्त्रालय १. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय २. अर्थ मन्त्रालय ३. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय ४. ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय ५. कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय ६. कृषि, वन तथा पर्यावरण मन्त्रालय ७. गृह मन्त्रालय ८. परराष्ट्र मन्त्रालय ९. पूर्वाधार विकास मन्त्रालय १०. भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ११. महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय १२. युवा, श्रम तथा रोजगार मन्त्रालय १३. रक्षा मन्त्रालय १४. विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय १५. शिक्षा तथा खेलकुद मन्त्रालय १६. सूचना तथा सञ्चार मन्त्रालय १७. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय १८. स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय यस्तो छ मन्त्रालयगत कार्यविभाजन १. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय १. मन्त्रिपरिषद् सम्बन्धी; २. नेपाल सरकारको कार्य विभाजन र कार्यसम्पादन नियमावली तर्जुमा तथा कार्यान्वयन; ३. नेपालको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन; ४. नेपाल सरकार मन्त्रिपरिषद्का निर्णयको कार्यान्वयन र अनुगमन; ५. नेपाल सरकारका मन्त्रालयको कार्यको रेखदेख, निरीक्षण, नियन्त्रण र समन्वय; ६. नेपाल सरकारको अल्पकालीन र दीर्घकालीन नीति, आवधिक योजना र रणनीतिको तर्जुमा, स्वीकृति, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन; ७. प्रचलित कानूनबमोजिम प्रमाणीकरण गर्नुपर्ने लिखत; ८. सङ्घीय विधेयक, अध्यादेश, नियम, आदेश, निर्देशिका र कार्यविधिसम्बन्धी; ९. मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक अवस्था, पूर्वाधार, राष्ट्रिय सुरक्षा, शान्ति सुव्यवस्था, कूटनीतिक गतिविधि, प्रशासनिक गतिविधिहरूको अद्यावधिक जानकारी प्राप्ति, निर्देशन र समन्वय; १०. शासकीय प्रबन्ध, सुशासन प्रवद्र्धन र शासकीय सुधारसम्बन्धी नीति, योजना र समन्वय; ११. द्विपक्षीय तथा बहुपक्षीय सन्धि, सम्झौता, समझदारी र सहमति कार्यान्वयनको अनुगमन; १२. सङ्घीय शासन प्रणाली र अन्तरप्रदेशसम्बन्धी कार्य; १३. प्रधानमन्त्रीको सम्पर्क र सञ्चार; १४. प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन; १५. मानव अधिकारको संरक्षण, प्रवद्र्धन, समन्वय र प्रतिवेदन; १६. भ्रष्टाचार नियन्त्रण तथा सदाचार सम्बन्धी नीति, रणनीति र कानून कार्यान्वयन; १७. सङ्घीय संसद्को अधिवेशन आह्वान र अन्त्य; १८. प्रदेश प्रमुखसम्बन्धी; १९. परराष्ट्र तथा सुरक्षा मामिला; २०. राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयसम्बन्धी; २१. संवैधानिक परिषद्; २२. अख्तियार दुरुपयोग अनुसन्धान आयोग; २३. लोक सेवा आयोग; २४. राष्ट्रिय मानव अधिकार आयोग; २५. महान्यायधिवक्ताको कार्यालय; २६. राष्ट्रिय योजना आयोग; २७. लगानी बोर्ड; २८. राष्ट्रिय अनुसन्धान विभाग; २९. राष्ट्रिय सतर्कता केन्द्र; ३०. सार्वजनिक खरिद अनुगमन कार्यालय; ३१. नेपाल ट्रष्टको कार्यालय; ३२. राष्ट्रिय तथ्याङ्क कार्यालय; ३३. राष्ट्रिय तथा अन्तर प्रदेशस्तरीय विकास आयोजनाहरूको नतिजा व्यवस्थापन; ३४. विपद् व्यवस्थापनसम्बन्धी समन्वय; ३५. प्रधानमन्त्री केन्द्रीय विपद् सहायता कोष सञ्चालन; ३६. अदालतको फैसला कार्यान्वयन तथा अनुगमन; ३७. विषय विज्ञ समूह; ३८. सूचना प्रविधि तथा विद्युतीय शासन सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन तथा नियमन; ३९. सूचना प्रविधिको प्रवद्र्धन; ४०. सूचना प्रविधिसम्बन्धी संस्थाहरू; ४१. साइबर सुरक्षा, डाटा सुरक्षा, डाटा गभर्नेन्स; ४२. कृत्रिम बुद्धिमत्ता (एआई); ४३. सूचना प्रविधि तथा विद्युतीय (डिजिटल) शासन; ४४. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग गरिने सन्धि, सम्झौता, सम्पर्क, समन्वय र कार्यान्वयनको अनुगमन; ४५. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, बोर्ड, केन्द्र, प्रतिष्ठान, कम्पनी आदिको सञ्चालन र नियमन; ४६. नेपाल न्याय सेवाको सरकारी वकील समूहको सेवा सञ्चालन; ४७. प्रधानमन्त्री र मन्त्रिपरिषद्सम्बन्धी अन्य कार्यहरू; ४८. अवशिष्ट अधिकारको प्रयोग। २. अर्थ मन्त्रालय १. आर्थिक अवस्थाको विश्लेषण, आर्थिक तथा वित्तसम्बन्धी नीतिको तर्जुमा, कार्यान्वयन र नियमन; २. आर्थिक साधनको बाँडफाँट, कुल राष्ट्रिय लगानी प्रक्षेपण र वित्तीय व्यवस्थापन; ३. समष्टिगत आर्थिक स्थायित्व, मूल्य स्थिरतासम्बन्धी नीति तर्जुमा, कार्यान्वयन र नियमन; ४. विकास सहायता नीतिको तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र नियमन; ५. केन्द्रीय बैङ्क सञ्चालन, नियमन र मौद्रिक नीति; ६. बैङ्क तथा वित्तीय संस्थाहरूसम्बन्धी नीति, कानून, समन्वय र नियमन; ७. विदेशी मुद्रा विनिमय तथा नियन्त्रण; ८. आर्थिक तथा सामाजिक विकास र मुद्रा तथा बैङ्किङसम्बन्धी द्विपक्षीय, बहुपक्षीय अन्तर्राष्ट्रिय संस्थाहरूसँग सम्पर्क र समन्वय; ९. वैदेशिक ऋण, अनुदान तथा अन्य द्विपक्षीय र बहुपक्षीय सहायता सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, सम्झौता र कार्यान्वयन; १०. सङ्घीय सञ्चित कोष वा सङ्घीय सरकारी कोष सञ्चालन, राजस्व र व्ययको अनुमान, विनियोजन ऐन, पूरक अनुमान, पेस्की खर्च, उधारो खर्च, आकस्मिक कोष र अन्य सरकारी कोष; ११. बजेट तर्जुमा, कार्यान्वयन र नियमन; १२. सरकारी जमानत; १३. सङ्घ, प्रदेश र स्थानीय तहको आन्तरिक र वैदेशिक ऋण एवम् अनुदानसम्बन्धी नीति, कानून र नियमन; १४. तलब, भत्ता, उपदान, निवृत्तभरण लगायतका सेवा सुविधा र आर्थिक दायित्वसम्बन्धी विषय; १५. सङ्घ, प्रदेश र स्थानीय तहको सार्वजनिक पदाधिकारीको सुविधासम्बन्धी नीति, कानून र मापदण्ड; १६. सरकारी बाँकी रकमको अभिलेखीकरण र असुली; १७. राजस्वसम्बन्धी नीति, कानून, मापदण्ड, योजना, प्रक्षेपण, कार्यान्वयन र नियमन; १८. राजस्व प्रशासनको सञ्चालन र सुदृढीकरण; १९. सार्वजनिक खर्चसम्बन्धी नीति, कानून, कार्यान्वयन र नियमन; २०. आर्थिक कार्यविधिसम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन; २१. मूल्य नीति; २२. लेखा तथा लेखापरीक्षण प्रणाली; २३. वित्तीय जोखिम व्यवस्थापन; २४. सरकारी लगानी र लाभांशको लेखा व्यवस्थापन; २५. सङ्घ, प्रदेश र स्थानीय तहबिच वित्तीय हस्तान्तरण सम्बन्धी नीति, कानून, कार्यान्वयन, समन्वय र नियमन; २६. सङ्घीय विनियोजन, राजस्व, विभाज्य कोष, धरौटी, कार्यसञ्चालन कोष र अन्य सरकारी कोष तथा सम्पत्ति; २७. भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर, आयकर, राहदानी शुल्क, भिसा शुल्क, पर्यटन दस्तुर एवम् अन्य कर तथा गैरकर, सेवाशुल्क दस्तुरलगायतका सेवाशुल्कहरूको लक्ष्य निर्धारण, प्रशासन, सङ्कलन र बाँडफाँट; २८. कर तथा भन्सार राजस्वसम्बन्धी द्विपक्षीय, क्षेत्रीय, बहुपक्षीय समन्वय, सन्धि, सम्झौता, समझदारी, कार्यान्वयन र नियमन; २९. राजस्वसम्बन्धी तथ्याङ्क अभिलेखन र सूचना आदानप्रदान; ३०. धितोपत्र तथा कमोडिटी बजारसम्बन्धी नीति, कानून, मापदण्ड र नियमन; ३१. बिमासम्बन्धी नीति, कानून, मापदण्ड र नियमन; ३२. सङ्घ, प्रदेश र स्थानीय तहमा राजस्व र प्राकृतिक स्रोत वा लाभको बाँडफाँटसम्बन्धी नीति, कानून, उपयोग मापदण्ड र कार्यान्वयन; ३३. राजस्व चुहावट नियन्त्रण; ३४. सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कार्य; ३५. महालेखापरीक्षकको कार्यालय; ३६. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग; ३७. महालेखा नियन्त्रकको कार्यालय; ३८. सरकारी स्वामित्वमा रहेका संस्थानको नियमन, नियन्त्रण, समन्वय र निर्देशन तथा तलब, भत्ता, बोनस, लगानी र लाभांशसम्बन्धी नीति निर्धारण; ३९. राजस्व र आर्थिक प्रशासनसम्बन्धी तालिम, अध्ययन र अनुसन्धान; ४०. निक्षेप तथा कर्जा सुरक्षण कोष; ४१. कर्मचारी सञ्चय कोष; ४२. नागरिक लगानी कोष; ४३. अवकाश कोष; ४४. सार्वजनिक संस्थानहरू र निजीकरणसम्बन्धी नीति, कानून, मापदण्ड, अनुगमन र नियमन; ४५. मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान, कम्पनी आदिको सञ्चालन र नियमन; ४६. नेपाल लेखापरीक्षण सेवाको सञ्चालन । ३. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय १. औद्योगिक नीति, कानून, मापदण्ड र नियमन; २. औद्योगिक कोरिडोर, औद्योगिक पार्क वा ग्राम र निर्यात प्रशोधन केन्द्र; ३. औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रसम्बन्धी नीति, कानून, मापदण्ड र नियमन; ४. वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन; ५. उद्योग, औद्योगिक व्यवसाय र कम्पनीसम्बन्धी; ६. उद्योग तथा खनिजसम्बन्धी पूर्वाधार नीति, कानून, मापदण्ड, समन्वय र नियमन; ७. सुरक्षा संवेदनशील उद्योग दर्ता, सञ्चालन अनुमति, खारेजी र नियमन; ८. औद्योगिक प्रविधि विकास र हस्तान्तरण; ९. अन्तर्राष्ट्रिय औद्योगिक सङ्घ संस्थाहरूसँग सम्पर्क र समन्वय; १०. केन्द्रीय कारागार कारखाना; ११. करार, साझेदारी र एजेन्सीसम्बन्धी नीति, कानून, मापदण्ड र नियमन; १२. रुग्ण उद्योग तथा दामासाहीमा परेका उद्योग वा व्यावसायिक फर्म व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन; १३. पेटेन्ट, डिजाइन, ट्रेडमार्क, भौगोलिक सङ्केत (जोग्राफिकल इन्डिकेसन) औद्योगिक बौद्धिक सम्पत्तिसम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र प्रवद्र्धन एवम् सोसम्बन्धी अन्तर्राष्ट्रिय सङ्घ–संस्थासँग सम्पर्क र समन्वय; १४. नवीन सोच, सीप र प्रविधिमा आधारित स्टार्टअप कार्यक्रम व्यवस्थापन; १५. नापतौल तथा गुणस्तरसम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन एवम् सोसम्बन्धी अन्तर्राष्ट्रिय निकायसँग सम्पर्क र समन्वय; १६. वस्तु, सेवा, प्रक्रिया र प्रणालीका राष्ट्रिय गुणस्तर निर्धारण, प्रत्यायन (एक्रिडिटेसन) र प्रत्यायन बोर्ड; १७. खानी तथा खनिजसम्बन्धी राष्ट्रिय नीति, कानून, मापदण्ड र नियमन; १८. रेडियोधर्मी पदार्थ, पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास र बहुमूल्य पदार्थ तथा ठूला खानी तथा खनिज पदार्थसम्बन्धी सर्वेक्षण, अन्वेषण र उत्खनन, दर्ता, अनुमति र नियमन; १९. भौगर्भिक अध्ययन तथा अनुसन्धान र नक्सा; २०. खानी तथा खनिजजन्य वस्तुहरूको लगत सङ्कलन तथा अभिलेखन र अनुसन्धान एवम् उत्खननसम्बन्धी राष्ट्रिय प्रयोगशालाको स्थापना र सञ्चालन; २१. भूकम्पीय अध्ययन एवम् अनुसन्धान, भूकम्प निगरानी, भूकम्प मापन केन्द्रहरूको सञ्चालन; २२. अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन; २३. द्विपक्षीय र अन्तर्राष्ट्रिय व्यापार तथा पारवहन तथा सोसम्बन्धी द्विपक्षीय, क्षेत्रीय, उपक्षेत्रीय र बहुपक्षीय वार्ता, सन्धि सम्झौता, कार्यान्वयन र नियमन; २४. राष्ट्रिय, द्विपक्षीय तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणसम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन; २५. विश्व व्यापार सङ्गठन लगायत बहुपक्षीय व्यापारसम्बन्धी अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सम्पर्क, समन्वय, वार्ता, सम्झौताको कार्यान्वयन र अनुगमन; २६. साफ्टा, बिमस्टेक लगायत क्षेत्रीय र उपक्षेत्रीय व्यापार तथा स्वतन्त्र व्यापार क्षेत्रसम्बन्धी संस्थाहरूसँगको सम्पर्क, समन्वय, वार्ता, सम्झौता, कार्यान्वयन र अनुगमन; २७. राष्ट्रिय, द्विपक्षीय तथा अन्तर्राष्ट्रिय व्यापारिक कारोबारको व्यवस्थापन र नियमन; २८. निकासी प्रवद्र्धन, पैठारी व्यवस्थापन तथा नियमन; २९. राष्ट्रिय, द्विपक्षीय तथा अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी तथ्याङ्क, अध्ययन, अनुसन्धान र सर्वेक्षण; ३०. राष्ट्रिय, द्विपक्षीय तथा अन्तर्राष्ट्रिय व्यापार मेला तथा प्रदर्शनीको सञ्चालन र सहभागिता; ३१. व्यापारका लागि सहयोग (एड फर ट्रेड); ३२. अन्तर्राष्ट्रिय व्यापारका सन्दर्भमा विदेशस्थित नियोगसँग समन्वय; ३३. अन्तरप्रादेशिक व्यापारसम्बन्धी नीति, कानून, सहजीकरण र नियमन; ३४. पारवहन, अन्तर्राष्ट्रिय परिवहन व्यवस्था, बहुविधिक (मल्टिमोडल) ढुवानीसम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन; ३५. सुक्खा बन्दरगाह, अन्तर्राष्ट्रिय कन्टेनर फ्रेट स्टेसन, क्लियरिङ्ग÷अन्डरटेकिङ्ग सेवा, ट्रेड लजिस्टिक्स, कार्गो गोदामसम्बन्धी नीति तथा सञ्चालन; ३६. अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी फर्म तथा संस्थाहरूको नियमन; ३७. राष्ट्रिय, द्विपक्षीय तथा अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी भौतिक पूर्वाधारहरूको विकास, विस्तार र सञ्चालन; ३८. उपभोग तथा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति, वितरण, मूल्य नियन्त्रण, गुणस्तर र अनुगमनसम्बन्धी नीति, कानून, मापदण्ड र नियमन; ३९. उपभोक्ता हक संरक्षण तथा प्रवद्र्धनसम्बन्धी नीति, कानून, मापदण्ड र नियमन; ४०. अत्यावश्यक वस्तुहरूको राष्ट्रिय मौज्दात (बफर स्टक), सार्वजनिक गोदाम तथा राष्ट्रिय स्तरमा अत्यावश्यक वस्तु तथा सेवाको सूचना सङ्कलन, विश्लेषण, प्रक्षेपण र आपूर्ति व्यवस्था; ४१. पेट्रोलियम पदार्थको पैठारी, प्रशोधन, भण्डारण, गुणस्तर निर्धारण, मूल्य निर्धारण, आपूर्ति, पूर्वाधार विकास र नियमन; ४२. आन्तरिक बजार व्यवस्थापन तथा प्रतिस्पर्धा प्रवद्र्धन र सिन्डिकेट तथा कार्टेलिङ नियन्त्रणसम्बन्धी नीति, कानून र नियमन; ४३. मन्त्रालयसम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सन्धि, सम्झौता, सम्पर्क र समन्वय; ४४. मन्त्रालयसँग सम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, बोर्ड, केन्द्र, प्रतिष्ठान, कम्पनी आदिको सञ्चालन र नियमन; ४५. नेपाल इन्जिनियरिङ्ग सेवाअन्तर्गतका माइनिङ इन्जिनियरिङ्ग, केमिकल इन्जिनियरिङ्ग, मेटलर्जिकल इन्जिनियरिङ्ग, मेट्रोलोजी, केमेस्ट्री समूह र जियोलोजी समूहको जनरल जियोलोजी उपसमूहको सञ्चालन । ४. ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय १. जलस्रोत र ऊर्जाको दिगो विकास, संरक्षण, उपयोग र पानीको बाँडफाँटसम्बन्धी नीति, कानून, मापदण्ड र नियमन; २. जलस्रोत र ऊर्जा पूर्वाधार संरचना निर्माणसम्बन्धी एकीकृत नीति, कानून, मापदण्ड र नियमन; ३. जलस्रोतको बहुउपयोग सम्बन्धी एकीकृत नीति, कानून र मापदण्ड; ४. नदी बेसिन योजना र जल उपयोगसम्बन्धी गुरुयोजना र नियमन; ५. जलस्रोत, ऊर्जा, सिँचाइ र भूमिगत जलस्रोतसम्बन्धी अध्ययन, अनुसन्धान र प्रविधि विकास; ६. प्रमुख नदीहरूको बहाव क्षेत्र निर्धारण र सो क्षेत्रको जमीनको संरक्षण, व्यवस्थापन र उपयोगसम्बन्धी नीति, कानून, मापदण्ड र नियमन; ७. अन्तर जलाधार पानी स्थानान्तरण; ८. जलस्रोतसम्बन्धी वस्तु वा सेवा उपयोगको मापदण्ड र नियमन; ९. ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रसँग सम्बन्धित निकायहरूसँगको समन्वय; १०. सङ्घीय र अन्तरप्रदेशस्तरमा सञ्चालन हुने जलस्रोत उपयोगका बहुउद्देश्यीय आयोजनाको पहिचान, अध्ययन, निर्माण र नियमन; ११. सङ्घीय र अन्तरप्रादेशिक सिँचाइ र अन्तरप्रदेश जलउत्पन्न प्रकोप नियन्त्रण आयोजनाको पहिचान, अध्ययन, निर्माण र नियमन; १२. ऊर्जा, जलस्रोत र सिँचाइसम्बन्धी ठूला पूर्वाधार आयोजनाबाट विस्थापितहरूको पुनर्बास र पुनस्र्थापना; १३. सङ्घीय र अन्तरप्रदेश सिँचाइ प्रणालीको बाँध, जलाशय, अन्य संरचना, मूल नहरको सञ्चालन, मर्मत-सम्भार, व्यवस्थापनसम्बन्धी नीति, मापदण्ड र कार्यान्वयन; १४. प्रदेश सीमा नदीको बाढी र नदी नियन्त्रण कार्यक्रम सञ्चालनमा समन्वय र सहयोग; १५. ऊर्जा, जलस्रोत र सिँचाइसम्बन्धी तथ्याङ्क व्यवस्थापन, अध्ययन अनुसन्धान; १६. राष्ट्रिय र अन्तर्राष्ट्रिय विद्युत प्रसारण लाइन तथा विस्तार; १७. राष्ट्रिय र अन्तर्राष्ट्रिय विद्युत व्यापारसम्बन्धी नीति, कानून, मापदण्ड, सन्धि-सम्झौता, कार्यान्वयन र नियमन; १८. राष्ट्रिय महत्त्वका बहुउद्देश्यीय जल आयोजना र अन्तर जलाधार स्थानान्तरण; १९. विद्युत सेवाको मापदण्ड, गुणस्तर र महसुलसम्बन्धी नीति र नियमन; २०. विद्युत सेवाको राष्ट्रिय र क्षेत्रीय भार प्रणाली व्यवस्थापन र सञ्चालन; २१. नवीकरणीय र वैकल्पिक ऊर्जाको उपयोग, गुणस्तर र मापदण्ड; २२. विद्युत विकासमा लगानी; २३. मन्त्रालयसम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सन्धि, सम्झौता, सम्पर्क र समन्वय; २४. मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान, कम्पनी आदिको सञ्चालन र नियमन; २५. नेपाल इन्जिनियरिङ्ग सेवाअन्तर्गतका इलेक्ट्रिकल, मेकानिकल, मेटेरियोलोजी, एग्री इरिगेसन र सिभिल (इरिगेसन, हाइड्रो-पावर, हाइड्रोलोजी) समूहको सञ्चालन। ५. कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय १. सङ्घीय विधेयक, अध्यादेश, नियम, गठन आदेश, नेपाल सरकार, मन्त्रिपरिषद्बाट जारी हुने निर्देशिका, कार्यविधि र आदेशको तर्जुमा तथा सहमति; २. सङ्घीय संसद्मा विधेयक प्रस्तुत, फिर्ता, पारित विधेयकको प्रमाणीकरण; ३. सरकारी तथा गैरसरकारी विधेयक; ४. सार्वजनिक लिखत प्रमाणीकरण; ५. सर्वोच्च अदालत, न्याय परिषद्, न्याय सेवा आयोग, उच्च अदालत, जिल्ला अदालत तथा सङ्घीय कानूनअन्तर्गत गठित विशिष्टीकृत अदालत, न्यायाधिकरण र न्यायिक निकाय; ६. कानूनी राय तथा परामर्श; ७. नेपाल राजपत्रमा प्रकाशन हुने सूचनाको सम्पादन; ८. नेपाल सरकार वादी हुने मुद्दा तथा नेपाल सरकारलाई सरोकार पर्ने मुद्दा फिर्ता, मिलापत्र तथा प्रतिरक्षा; ९. सन्धि, सम्झौता, समझदारीको अनुमोदन, हस्ताक्षर, सम्मेलन, स्वीकृति वा समर्थन सम्बन्धी परामर्श; १०. अन्तर्राष्ट्रिय कानूनी विवाद; ११. राष्ट्रिय न्याय प्रणाली, न्याय प्रशासन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनसम्बन्धी अध्ययन, अनुसन्धान; १२. अन्तर्राष्ट्रिय करार तथा अन्य लिखतको मस्यौदा र सोसम्बन्धी परामर्श; १३. पारस्परिक कानूनी सहायता; १४. सरकारी आश्वासन तथा सङ्कल्प प्रस्ताव; १५. फौजदारी तथा देवानी कानून निर्माण, अनुसन्धान तथा पुनरावलोकन; १६. सङ्घीय कानूनको प्रकाशन तथा वितरण; १७. सङ्घीय कानूनसँग प्रदेश तथा स्थानीय कानूनको तादम्यता सम्बन्धी नमूना कानूनको मस्यौदा र समन्वय; १८. मानव अधिकार र मानवीय कानून; १९. न्यायमा पहुँच र निःशुल्क कानूनी सहायता, विवाद समाधानका वैकल्पिक उपाय, मेलमिलाप; २०. कानून व्यवसायी परिषद्; २१. नोटरी पब्लिक तथा नोटरी पब्लिक परिषद्; २२. नेपाल सरकारलाई आवश्यक पर्ने कानून तथा कानूनी लिखत र सन्धिको अनुवाद; २३. नेपाल पक्ष भएका सन्धिहरूको केन्द्रीय अभिलेखीकरण; २४. कानूनको एकीकरण र संहिताकरण; २५. अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताको प्रकाशन; २६. सङ्घीय संसद् कार्यसञ्चालन तथा सम्पर्क; २७. नेपाल कानून आयोग, राष्ट्रिय न्यायिक प्रतिष्ठान, न्यायिक जाँचबुझ आयोग; २८. सत्य निरुपण तथा मेलमिलाप आयोग; २९. वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग; ३०. मन्त्रालयसम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग समन्वय; ३१. मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, समिति आदिको सञ्चालन र नियमन; ३२. नेपाल न्याय सेवाको न्याय समूह र कानून समूहको सञ्चालन। ६. कृषि, वन तथा पर्यावरण मन्त्रालय १. कृषि तथा कृषिजन्य जैविक विविधता र जैविक प्रविधिसम्बन्धी नीति, कानून, मापदण्ड र नियमन; २. कृषि तथ्याङ्क प्रणाली, अनुसन्धान, स्रोत संरक्षण, विकास र विस्तार; ३. कृषि तथा खाद्यसम्बन्धी अन्तर्राष्ट्रिय प्रत्यायन, प्रमाणीकरण र प्रयोगशाला विकास; ४. रासायनिक तथा जैविक मल उत्पादन, आयात तथा प्रयोगसम्बन्धी नियमन; ५. कृषि, मत्स्य तथा पशुपन्छीजन्य महामारी नियन्त्रण; ६. कृषि औद्योगिकीकरण, मत्स्य, पशुपन्छी उद्योग व्यवसायको अन्तर प्रादेशिक विकास र प्रवर्द्धन; ७. बिउबिजन एवम् नसलसम्बन्धी राष्ट्रिय गुणस्तर निर्धारण र नियमन; ८. कृषि तथा पशुपन्छीजन्य औषधी, सूक्ष्मपोषण तत्त्व र जैविक विषादीको नियमन; ९. कृषिसम्बन्धी अन्तर्राष्ट्रिय व्यापार सहजीकरण; १०. पशु तथा वनस्पतिजन्य क्वारेन्टाइनसम्बन्धी नीति र नियमन; ११. खाद्य सुरक्षा, खाद्य अधिकार र खाद्य सम्प्रभुतासम्बन्धी नीति र नियमन; १२. विषादीको स्तरीकरण, सूचना सङ्कलन र वर्गीकरण; १३. अन्तरदेशीय चरन तथा खर्कसम्बन्धी नीति र नियमन; १४. पशुपन्छीजन्य औषधी र दानाको गुणस्तर निर्धारण र नियमन; १५. पशुचिकित्सा सम्बन्धी राष्ट्रिय नीति र मापदण्ड; १६. पशुचिकित्सकको दर्ता, अनुमति र नवीकरण; १७. दुग्ध र दुग्ध पदार्थबाट बनेका वस्तुहरूको अनुसन्धान र विकास; १८. मासु तथा मासुजन्य पदार्थ र पशु छाला सम्बन्धी नियमन; १९. कृषि तथा पशुपन्छी बिमासम्बन्धी नीति र मापदण्ड; २०. पशुसेवा सम्बन्धी प्रयोगशालाको सम्बद्धता; २१. राष्ट्रिय किसान आयोग; २२. नेपाल कृषि अनुसन्धान परिषद्; २३. ग्रामीण विकास सम्बन्धी नीति, प्रविधि विकास र उपयोग; २४. राष्ट्रिय वनसम्बन्धी नीति, कानून, मापदण्ड र नियमन; २५. राष्ट्रिय वनको सर्वेक्षण, मापन र नक्साङ्कन; २६. राष्ट्रिय वन अन्तर्गतका निजी, सामुदायिक र साझेदारी वन क्षेत्रको दिगो व्यवस्थापन; २७. वन्यजन्तुको शिकारसम्बन्धी नीति र मापदण्ड; २८. राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र वातावरण संरक्षण सम्बन्धी नियमन; २९. वन्यजन्तु पालन र प्रजनन केन्द्रसम्बन्धी नियमन; ३०. प्राणी उद्यान (चिडियाखाना) र वन्यजन्तु उद्धार केन्द्र व्यवस्थापन; ३१. मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन; ३२. जैविक विविधता संरक्षण, प्राकृतिक वातावरण संरक्षण र स्रोतको दिगो उपयोग; ३३. सशस्त्र वन रक्षकको व्यवस्थापन र वन अपराध नियन्त्रण; ३४. वातावरण संरक्षण, वायु प्रदूषण नियन्त्रण र नियमन; ३५. वनस्पति पहिचान, हर्वेरियम व्यवस्थापन र वनस्पति उद्यान; ३६. वनस्पतिहरूको पारिस्थितिकीय प्रणाली र गुणस्तर निर्धारण; ३७. वनस्पति स्रोत तथा आनुवंशिक स्रोतसम्बन्धी अध्ययन अनुसन्धान; ३८. वन वन्यजन्तु, जैविक विविधता तथा पारिस्थितिकीय प्रणालीमा अध्ययन; ३९. वातावरण संरक्षण र वायुमण्डलको गुणस्तर मापन; ४०. राष्ट्रिय जलवायु परिवर्तन, अनुकूलन योजना र कार्बन उत्सर्जन न्यूनीकरण; ४१. अन्तर्राष्ट्रिय जलवायु वित्त; ४२. कार्बन सञ्चिति तथा कार्बन व्यापार प्रवर्द्धन र नियमन; ४३. संरक्षित जलाधार र एकीकृत जलाधार व्यवस्थापन; ४४. अन्तरदेशीय क्षेत्रमा फैलिएका वन क्षेत्र र जैविक विविधता; ४५. वन, वनस्पति, वातावरण तथा जलवायु परिवर्तन सम्बन्धी कार्यान्वयन; ४६. जलीय पारिस्थितिकीय प्रणाली, ताल तलैया र सिमसार क्षेत्रको संरक्षण; ४७. जल तथा मौसम विज्ञान, जलवायु विज्ञान र पूर्वसूचना प्रणाली; ४८. वायु र वायुमण्डलको गुणस्तर अनुगमन; ४९. प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धन र हरित अर्थतन्त्र; ५०. वातावरण सन्तुलनका लागि प्रदूषण नियन्त्रण (विकिरण, जल, ठोस, तापिय); ५१. जलवायु न्याय र वातावरण संरक्षण क्षमता विकास; ५२. वातावरणीय सूचना प्रणाली र वन/वन्यजन्तु सङ्ग्रहालय; ५३. वातावरणीय प्रभाव अध्ययन र जलवायु/वन्यजन्तु मैत्री पूर्वाधार; ५४. राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति र जडिबुटी उत्पादन कम्पनी लगायतका संस्थान; ५५. जल तथा मौसम विज्ञान सेवासम्बन्धी नियमन; ५६. मौसम तथा बाढी पूर्वानुमान; ५७. जल तथा मौसम राडार र सूचना प्रवाह; ५८. हिमनदी तथा हिमताल; ५९. वन, पर्यावरण र जलवायु परिवर्तनमा प्रादेशिक र स्थानीय तहसँग समन्वय; ६०. मन्त्रालयसम्बन्धी सन्धि, सम्झौता र अन्तर्राष्ट्रिय सम्पर्क; ६१. मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान र प्राधिकरणको नियमन; ६२. नेपाल कृषि सेवा र नेपाल वन सेवाको सञ्चालन। ७. गृह मन्त्रालय १. आन्तरिक सुरक्षा तथा शान्ति सुव्यवस्थासम्बन्धी नीति, कानून, योजना र नियमन; २. विशिष्ट व्यक्ति, महत्त्वपूर्ण स्थल, भवन र कूटनीतिक नियोगको सुरक्षा प्रबन्ध; ३. सङ्घ र प्रदेश प्रहरीसम्बन्धी कानून, सुपरीवेक्षण र समन्वय; ४. अपराध रोकथाम तथा नियन्त्रणसम्बन्धी नीति र नियमन; ५. अपराध अनुसन्धान र सोको अभिलेख; ६. अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय र क्षेत्रीय समन्वय; ७. सुपुर्दगीसम्बन्धी कानून, सन्धि र कार्यान्वयन; ८. नागरिकतासम्बन्धी नीति, कानून र नियमन; ९. पारिवारिक मामिला (विवाह, सम्पत्ति हस्तान्तरण, सम्बन्ध विच्छेद आदि) सम्बन्धी कानून; १०. उमेर, नाम र जात सच्याउनेसम्बन्धी नीति र नियमन; ११. हातहतियार, खरखजाना तथा विष्फोटक पदार्थको प्रयोगसम्बन्धी नियमन; १२. यातना पीडितसम्बन्धी नीति, कानून र समन्वय; १३. निवारक नजरबन्द, कारागार तथा हिरासत व्यवस्थापन; १४. अभियुक्त, थुनुवा र कैदी अन्तरप्रदेश स्थानान्तरण; १५. शरणार्थी मामिलासम्बन्धी नीति र व्यवस्थापन; १६. सम्पत्ति प्राप्ति, जग्गा प्राप्ति र मुआब्जासम्बन्धी नियमन; १७. जुवा, सट्टाबाजी तथा चिट्ठा नियन्त्रण; १८. विपद् व्यवस्थापनसम्बन्धी राष्ट्रिय नीति, योजना र नियमन; १९. विपद् पूर्व सूचना प्रणालीको विकास तथा सम्प्रेषण; २०. राष्ट्रिय विपद् कोष स्थापना र सञ्चालन; २१. सजायको माफी, मुल्तवी र परिवर्तन; २२. निर्वाचन तथा जनमत सङ्ग्रह; २३. सार्वजनिक बिदा, उत्सव र उर्दी आदिको व्यवस्थापन; २४. इन्टरपोल तथा अन्तर्राष्ट्रिय प्रहरी सङ्गठनहरूसँग समन्वय; २५. मानव अधिकार र नागरिक स्वतन्त्रताको संरक्षण; २६. अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा सहयोग; २७. अन्तर्राष्ट्रिय सीमा, सीमास्तम्भको सुरक्षा र सीमा प्रशासन; २८. सशस्त्र विद्रोह, सङ्गठित अपराध र आतंकवादी क्रियाकलाप नियन्त्रण; २९. सार्वजनिक चासो र महत्त्वका सूचना सङ्कलन र संरक्षण; ३०. राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सम्बन्धी कार्य; ३१. विदेशी नागरिकको प्रवेश, उपस्थिति र प्रस्थानको व्यवस्थापन; ३२. अध्यागमन; ३३. अत्यावश्यक वस्तु वा सेवाको आपूर्ति समन्वय; ३४. उपाधि, सम्मान तथा विभूषण र सुशोभन; ३५. द्वन्द्व पीडित तथा विस्थापित व्यक्तिहरूको राहत र पुनस्र्थापना; ३६. आर्थिक सहायता; ३७. लागू औषध नियन्त्रण; ३८. धार्मिक विषय, तीर्थस्थल र तीर्थयात्री; ३९. कल्याण धन र बेवारिसी धन; ४०. सार्वजनिक स्थानमा अवाञ्छनीय व्यवहार रोकथाम र मादक पदार्थ नियन्त्रण; ४१. सार्वजनिक चन्दा सङ्कलन नियमन; ४२. गृह प्रशासन (कारागार, शान्ति सुव्यवस्था आदि) विषयक राष्ट्रिय अन्तर्राष्ट्रिय समन्वय; ४३. निर्वाचन आयोग; ४४. नेपाल प्रहरी; ४५. सशस्त्र प्रहरी बल, नेपाल; ४६. प्रहरी कल्याण; ४७. प्रहरी किताबखाना; ४८. सार्वजनिक विषयसँग सम्बन्धित विवाद र घटनाको जाँचबुझ; ४९. सवारी नियन्त्रण तथा सरकारी सवारी साधनको व्यवस्थापन; ५०. मन्त्रालयसम्बन्धी सन्धि, सम्झौता र अन्तर्राष्ट्रिय सम्पर्क; ५१. मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान र प्रतिष्ठानको नियमन; ५२. अन्य मन्त्रालयको कार्यविभाजनमा नपरेका विषय । ८. परराष्ट्र मन्त्रालय १. नेपालको परराष्ट्र नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र मूल्याङ्कन। २. विदेशी राष्ट्रहरू तथा संयुक्त राष्ट्रसङ्घलगायतका अन्तर्राष्ट्रिय, क्षेत्रीय सङ्गठनहरूसँगको सम्बन्ध। ३. नेपालस्थित विदेशी नियोगहरूसँग सम्बन्ध, समन्वय एवम् विदेशमा नेपालको कूटनीतिक प्रतिनिधित्व। ४. नेपालको अन्तर्राष्ट्रिय सीमा-सम्बन्ध। ५. विदेशमा नेपालको प्रतिनिधित्व। ६. अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा अभिवृद्धि। ७. नेपाल तथा अन्य देशका नागरिकको आ-आफ्नो सरकारबाट व्यक्ति माथिको दाबा। ८. कन्सुलर प्राक्टिस र कन्सुलर सेवा। ९. विदेशमा रहेका नेपाली नागरिकहरूको अभिलेख तथा तिनीहरूको हक, हित, उद्धार र संरक्षण। १०. वाणिज्यदूत, श्रम सहचारी। ११. अतिथि सत्कार, शिष्टाचार र ओहदाको प्रमाणपत्र। १२. अधिकारपत्र (क्रेडेन्सियल)। १३. आर्थिक तथा विकास कूटनीति। १४. विदेशी राज्य र कूटनीतिक प्रतिनिधिको सुविधा तथा उन्मुक्ति। १५. गैरआवासीय नेपाली। १६. परराष्ट्र मामिला सम्बन्धमा प्रदेशहरूसँग सम्पर्क र समन्वय। १७. कूटनीतिक आचारसंहिता। १८. अन्तर्राष्ट्रिय तहमा जनस्तरीय एवम् गैरसरकारी संस्थास्तरीय सम्बन्धको विकास। १९. राहदानी, विदेशमा दिइने भिसा। २०. कूटनीतिक तहमा हुने वार्ता, सम्झौता र सन्धि। २१. विषयगत मन्त्रालयबाट हुने वार्ता, सम्झौता, सन्धि, समझदारीमा सहमति र समन्वय। २२. मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान, कम्पनी आदिको सञ्चालन र नियमन। २३. नेपाल परराष्ट्र सेवाको सञ्चालन। ९. पूर्वाधार विकास मन्त्रालय १. राष्ट्रिय यातायात विकास र व्यवस्थापनसम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन। २. राष्ट्रिय यातायात पूर्वाधार सञ्जाल र अन्तरप्रादेशिक यातायात विकासको अन्तरसम्बन्ध। ३. वातावरण, अपाङ्गता र लैङ्गिकमैत्री तथा विपद् जोखिम संवेदनशील यातायात प्रविधिको प्रवर्द्धन। ४. राष्ट्रिय रेलमार्ग, सहरी मेट्रो रेललगायत रेल प्रणाली, रेल सुरक्षा प्रणालीसम्बन्धी नीति, कानून र मापदण्ड। ५. राष्ट्रिय तथा अन्तरदेशीय रेल सेवा सञ्चालन। ६. रेलसेवा भाडादर तथा महसुल निर्धारणको मापदण्ड र नियमन। ७. राष्ट्रिय लोकमार्गसम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन। ८. राष्ट्रिय लोकमार्गअन्तर्गतका आयोजना पहिचान, अध्ययन, निर्माण, मर्मत सम्भार, महसुल र व्यवस्थापन। ९. राष्ट्रिय लोकमार्गमा फ्रन्टल एक्सेस नियन्त्रण, शाखा सडकको पहुँच विन्दु र सडक सीमाक्षेत्रको व्यवस्थापन र नियमन। १०. राष्ट्रिय लोकमार्गसम्बन्धी तथ्याङ्क सङ्कलन, अभिलेखीकरण र सूचना प्रवाह। ११. सडक प्रविधिको विकाससम्बन्धी अध्ययन र अनुसन्धान। १२. सडक तथा अन्य वैकल्पिक यातायात प्रविधि, लगानी र अन्तरदेशीय यात्रीबाहक यातायात सेवा सञ्चालन। १३. राष्ट्रिय लोकमार्गमा सञ्चालन हुने सार्वजनिक यातायातको रुट अनुमति, भाडा निर्धारण र नियमन। १४. सवारी साधनहरूको राष्ट्रिय मापदण्ड निर्धारण, नियन्त्रण तथा विस्थापन। १५. सडक सुरक्षासम्बन्धी नीति, कानून, मापदण्ड, समन्वय र नियमन। १६. रज्जुमार्ग, केबलकार, पोड वे, स्काई रेल, स्काई ट्रलिबस, जलमार्गलगायत वैकल्पिक यातायातसम्बन्धी अध्ययन, नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन। १७. राष्ट्रिय महत्त्वका वैकल्पिक यातायातका आयोजना पहिचान, अध्ययन र विकास। १८. राष्ट्रिय पुनर्निर्माण। १९. आधारभूत यातायात नीति र मापदण्ड। २०. सहरी विकाससम्बन्धी नीति, कानून र मापदण्ड। २१. बस्ती विकास, सहरी विकास र आवास विकाससम्बन्धी नीति, कानून, मापदण्ड र नियमन। २२. राष्ट्रिय भवन संहितासम्बन्धी नीति, कानून र मापदण्ड। २३. फोहोरमैला व्यवस्थापनसम्बन्धी नीति, मापदण्ड, समन्वय र सहजीकरण। २४. सङ्घीय सचिवालयको भवन निर्माण, मर्मत तथा व्यवस्थापन। २५. राष्ट्रिय सहरी पूर्वाधार विकास, सङ्घीय सरकारी आवास, भवन निर्माण तथा मर्मत सम्भार। २६. विशिष्ट सहरी संरचना। २७. राष्ट्रियस्तरका संयुक्त र बहुतले आवाससम्बन्धी नीति, कानून, मापदण्ड र नियमन। २८. लोपोन्मुख, सीमान्तकृत, गरिब, ज्येष्ठ नागरिक लक्षित आवास व्यवस्थापन नीति, कानून र मापदण्ड। २९. नगर विकास कोष। ३०. राष्ट्रियस्तरको पार्क, मनोरञ्जन स्थलसम्बन्धी नीति, कानून, मापदण्ड र नियमन। ३१. खानेपानीसम्बन्धी राष्ट्रिय नीति, कानून, मापदण्ड र नियमन। ३२. खानेपानीको मुहान संरक्षण। ३३. राष्ट्रियस्तरका ठूला खानेपानी आयोजना र अन्तर प्रदेश खानेपानी आयोजना। ३४. राष्ट्रियस्तरका प्रशोधन सहितका वृहत ढल र अन्तरप्रदेश ढल प्रशोधन सहितका आयोजनाहरूको पहिचान, निर्माण र नियमन। ३५. ग्रामीण सडक, खानेपानी, सरसफाइ, वैकल्पिक ऊर्जा, विद्युतीकरण तथा सिँचाइ प्रणाली विकास। ३६. मन्त्रालयसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग सन्धि, सम्झौता, सम्पर्क र समन्वय। ३७. मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, बोर्ड, प्राधिकरण, प्रतिष्ठान, कम्पनी आदिको सञ्चालन र नियमन। ३८. नेपाल इन्जिनियरिङ्ग सेवा, सिभिल इन्जिनियरिङ्ग समूहको जनरल, स्यानिटरी, हाइवे, रेल्वे, बिल्डिङ एण्ड आर्किटेक्ट उपसमूहको सञ्चालन। १०. भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय १. सहकारीसम्बन्धी राष्ट्रिय नीति, कानून र मापदण्ड। २. सहकारी बैङ्कसम्बन्धी। ३. सहकारीसम्बन्धी राष्ट्रिय तथ्याङ्क व्यवस्थापन, अध्ययन, अनुसन्धान र अनुगमन। ४. सहकारीसम्बन्धी राष्ट्रिय सङ्घ संस्थासँग सम्बन्ध र अन्तर प्रादेशिक समन्वय। ५. सहकारीमार्फत हुने बचत तथा ऋण परिचालनसम्बन्धी मापदण्ड र नियमन। ६. भूमि नीति, भू-उपयोग नीति, कानून, मापदण्ड र नियमन। ७. अन्तर्राष्ट्रिय सीमाको नक्साङ्कन, अभिलेख। ८. सीमा स्तम्भहरूको निर्माण, मर्मत सम्भार तथा अभिलेख व्यवस्थापन। ९. भूमिको उपयोग, क्षमता र उपयुक्तताको नक्साङ्कन। १०. पुनर्वाससम्बन्धी नीति, कानून, मापदण्ड र नियमन। ११. निजी, सरकारी, गुठी, सामुदायिक तथा सार्वजनिक जग्गाको राष्ट्रिय अभिलेख व्यवस्थापन। १२. सरकारी, सार्वजनिक, गुठी, सामुदायिक तथा पर्ती जग्गाको संरक्षण। १३. भूमिसुधार तथा व्यवस्थापन। १४. राष्ट्रिय भू-सूचना प्रणाली र भौगोलिक सूचना पूर्वाधार। १५. भूमिहीन, दलित, मुक्तकमैया, हलिया, हरवा, चरवाको पुनर्स्थापना सम्बन्धी नीति र मापदण्ड। १६. जग्गाको हक हस्तान्तरण सम्बन्धी मापदण्ड। १७. जग्गाको नाप नक्साको आधारभूत नियन्त्रण विन्दु र सञ्जाल। १८. जियोडेटिक र स्थल रुप नाप नक्सा। १९. प्रदेश र स्थानीय तहको सीमाको नक्साङ्कन र अभिलेख। २०. सर्वे लाइसेन्स। २१. सङ्घीय निजामती तथा अन्य सङ्घीय सरकारी सेवाका निवृत्तभरण लगायत अवकाशजन्य सुविधासम्बन्धी नीति, मापदण्ड र व्यवस्थापन। २२. सङ्घीय कर्मचारी निकायसम्बन्धी कार्य। २३. सार्वजनिक सेवा प्रवाहसम्बन्धी नीति, कानून र मापदण्ड। २४. सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण, सङ्गठन संरचना तथा दरबन्दी निर्धारणसम्बन्धी नीति, मापदण्ड, कार्यान्वयन र समन्वय। २५. प्रशासनिक सुधारसम्बन्धी नीति, योजना, समायोजन र समन्वय। २६. सङ्घीय निजामती सेवा र अन्य सरकारी सेवा सञ्चालनसम्बन्धी नीति, कानून, मापदण्ड तथा सेवा, समूह र उपसमूहको व्यवस्थापन। २७. सङ्घीय निजामती सेवा र अन्य सङ्घीय सरकारी सेवाहरूको व्यवस्थापन, सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन र अन्तरप्रदेश कर्मचारी समन्वय एवम् व्यवस्थापन। २८. कर्मचारी कल्याणसम्बन्धी नीति, कानून र मापदण्ड। २९. सङ्घ, प्रदेश र स्थानीय तहको दरबन्दी सिर्जनासम्बन्धी नीति र मापदण्ड। ३०. बढुवा समितिको सचिवालय। ३१. सङ्घीय निजामती तथा अन्य सङ्घीय सरकारी सेवाका पदाधिकारीको सेवा, सर्त र सुविधा। ३२. सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूको न्यूनतम शैक्षिक योग्यतासम्बन्धी नीति, कानून र मापदण्ड। ३३. स्थानीय तहको सार्वजनिक पदाधिकारीको सुविधासम्बन्धी नीति र मापदण्ड। ३४. सङ्घीय निजामती तथा अन्य सङ्घीय सरकारी सेवाको तालिमसम्बन्धी नीति, कानून, मापदण्ड, अध्ययन, अनुसन्धान र विकास। ३५. सार्वजनिक पदाधिकारीहरूको क्षमता विकाससम्बन्धी नीति र मापदण्ड। ३६. प्रदेश र स्थानीय तहको क्षमता विकास, पारदर्शिता, जनसहभागिता र जवाफदेहिता प्रवर्द्धन। ३७. प्रशासकीय अभिलेख र तथ्याङ्क। ३८. निजामती अस्पताल, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान। ३९. सङ्घ, प्रदेश र स्थानीय तहबीचको सम्पर्क र समन्वय। ४०. स्थानीय तहको सङ्ख्या, सिमाना, वडा र केन्द्र निर्धारणसम्बन्धी नीति, मापदण्ड, कार्यान्वयन र सहजीकरण। ४१. विशेष, संरक्षित र स्वायत्त क्षेत्रको सीमाङ्कन र संरचनासम्बन्धी नीति, कानून र मापदण्ड। ४२. स्थानीय तहका पदाधिकारी तथा कर्मचारीको वैदेशिक भ्रमणसम्बन्धी नीति, कानून र मापदण्ड। ४३. मन्त्रालयसम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सन्धि, सम्झौता, सम्पर्क र समन्वय। ४४. मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, बोर्ड, केन्द्र, प्रतिष्ठान, कम्पनी आदिको सञ्चालन र नियमन। ४५. नेपाल प्रशासन सेवा, नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा, नेपाल विविध सेवा र नेपाल इन्जिनियरिङ्ग सेवाको सर्वे समूहको सञ्चालन। ११. महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय १. महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिसम्बन्धी नीति, कानून र मापदण्ड। २. महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको संरक्षण, सशक्तीकरण र विकास। ३. लैङ्गिक हिंसासम्बन्धी निरोधात्मक र पुनस्र्थापनासम्बन्धी नीति, कानून र मापदण्ड। ४. महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, असहाय नागरिकको कल्याण, उद्धार, पुनस्र्थापना। ५. आर्थिक रूपले विपन्न, अशक्त र असहाय, एकल महिला, अपाङ्गता भएका, बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने तथा लोपोन्मुख र अल्पसङ्ख्यक जातिका नागरिकको सामाजिक सुरक्षा सम्बन्धी। ६. दलित तथा अति सिमान्तकृत, अल्पसङ्ख्यक, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय, पीडित तथा पिछडिएका क्षेत्रका नागरिकको संरक्षण, उत्थान, सशक्तीकरण र विकास। ७. मुक्त कमैया, कमलहरी, हरवा, चरवा, हलिया लगायतको पुनस्र्थापना सम्बन्धी। ८. लैङ्गिक हिंसा, बाल यौन दुराचार, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण। ९. महिला सशक्तीकरण तथा लैङ्गिक समानताका विषयमा अध्ययन, अनुसन्धान। १०. राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोग। ११. अन्तरदेशीय धर्मपुत्र, धर्मपुत्री। १२. समाज कल्याण परिषद्, राष्ट्रिय बाल अधिकार परिषद्, नेपाल बाल सङ्गठन। १३. श्रमिक तथा कामदारको सामाजिक सुरक्षा र सामाजिक सुरक्षा कोष सञ्चालनसम्बन्धी नीति, कानून, मापदण्ड र नियमन। १४. सामाजिक सुरक्षासम्बन्धी कार्य। १५. सामाजिक सुरक्षा भत्ता व्यवस्थापन। १६. गैरसरकारी संस्थाको नियमनसम्बन्धी मापदण्ड। १७. मन्त्रालयसम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सन्धि, सम्झौता, सम्पर्क र समन्वय। १८. मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान, कम्पनी आदिको सञ्चालन र नियमन। १२. युवा, श्रम तथा रोजगार मन्त्रालय १. युवासम्बन्धी नीति, कानून, मापदण्ड र नियमन। २. युवा जागरण तथा विकास। ३. युवा स्वरोजगार कोष। ४. श्रम तथा आन्तरिक रोजगारसम्बन्धी नीति, कानून, मापदण्ड र नियमन। ५. वैदेशिक रोजगारसम्बन्धी नीति, कानून, मापदण्ड, व्यवस्थापन र नियमन। ६. वैदेशिक रोजगारमा जाने कामदारको सुरक्षा, हक हित संरक्षण, प्रवर्द्धन। ७. औद्योगिक विवाद समाधान। ८. रोजगारसम्बन्धी तथ्याङ्क, अध्ययन र अनुसन्धान। ९. श्रम तथा व्यवसायजन्य स्वास्थ्य सुरक्षा निरीक्षण र श्रम-सम्बन्धी। १०. रोजगार उन्मुख सीपमूलक एवम् व्यावसायिक तालिम नीति। ११. ट्रेड युनियनसम्बन्धी एकीकृत कानून र नियमन। १२. बालश्रम निवारणसम्बन्धी नीति र कानून। १३. व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षासम्बन्धी नीति, कानून र मापदण्ड। १४. विदेशीहरूका लागि श्रम स्वीकृति। १५. बेरोजगारसम्बन्धी एकीकृत तथ्याङ्क व्यवस्थापन, अध्ययन र अनुसन्धान। १६. मन्त्रालयसम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सन्धि, सम्झौता, सम्पर्क र समन्वय। १७. मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान, कम्पनी आदिको सञ्चालन र नियमन। १३. रक्षा मन्त्रालय १. राष्ट्रिय सुरक्षासम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन। २. राष्ट्रिय तथा रणनीतिक सुरक्षा सम्बन्धी सूचना सङ्कलन, विश्लेषण, सञ्चार प्रणाली एवम् सञ्जाल स्थापना, सञ्चालन र व्यवस्थापन। ३. राष्ट्रिय सुरक्षा परिषद् र सुरक्षा क्षेत्र सुधार। ४. अन्तर्राष्ट्रिय सिमानाको सुरक्षा समन्वय। ५. सीमाक्षेत्रसम्बन्धी सूचना सङ्कलन, विश्लेषण तथा उपयोग। ६. नेपाली सेना गठन तथा सञ्चालनसम्बन्धी नीति, रणनीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, नियन्त्रण र नियमन। ७. सैनिक ब्यारेक तथा कार्यालय व्यवस्थापन। ८. सैनिक अधिकृत तथा जवानको अनुशासन, सेवाका सर्त, सैनिक तालिम तथा सुविधा। ९. सैनिक प्रतिष्ठापन (इन्स्टलेसन) र सञ्चार तथा यातायात। १०. हातहतियार, खरखजाना तथा विष्फोटक पदार्थ र असबाब उत्पादन र प्रयोग, सो सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन, नियन्त्रण तथा सिलखाना। ११. सैनिक भण्डार। १२. सैनिक हातहतियार तथा सामग्री खरिद र उत्पादन। १३. नेपाली सैनिक विमान सेवा। १४. सैनिक गुप्तचर विभाग। १५. सैनिक निर्माणशाला। १६. बारुदी सुरुङ्ग निष्प्रभावीकरण सम्बन्धी नीति, कार्यान्वयन र समन्वय। १७. राष्ट्रिय सेवा दलको सङ्गठन, तालिम र प्रशासन। १८. विकास कार्य र विपद् उद्धार कार्यमा सहयोग। १९. सैनिक अस्पताल, सैनिक कल्याण र सैनिक कल्याणकारी योजना। २०. राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र महत्त्वपूर्ण राष्ट्रिय सम्पदा तथा स्मारकको सुरक्षा। २१. अन्तर्राष्ट्रिय शान्ति प्रवर्द्धनमा सहयोग। २२. मन्त्रालयसम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सन्धि, सम्झौता, सम्पर्क र समन्वय। १४. विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय १. विज्ञान प्रविधिसम्बन्धी नीति, कानून, मापदण्ड। २. वैज्ञानिक, अन्तरिक्ष विज्ञान र खगोल विज्ञानसम्बन्धी अध्ययन तथा अनुसन्धान। ३. विज्ञान र प्रविधिको खोज, अनुसन्धान, आविष्कार, प्रवर्द्धन र विकास। ४. विज्ञान प्रविधि विषयक तथ्याङ्क सङ्कलन, प्रशोधन र सर्वेक्षणको मापदण्ड। ५. पारमाणविक प्रविधि, रेडियोधर्मी पदार्थहरूको गुणस्तर तथा उपयोगसम्बन्धी तथ्याङ्क प्रणालीको स्थापना, व्यवस्थापन र नियमन। ६. जैविक तथा पारमाणविक प्रविधिको उपयोग तथा प्रवर्द्धन, नियन्त्रण र नियमन। ७. ओजोन अध्ययन, सौर्य विकिरण मापन तथा सूचना प्रवाह। ८. वैज्ञानिक उपकरण क्यालिब्रेशन तथा प्रमाणीकरण। ९. रासायनिक पदार्थको उपयोग तथा प्रवर्द्धन, नियन्त्रण र नियमन। १०. पारमाणविक पदार्थ, बेवारिसे स्रोतहरूको खोज तथा पुनर्लाभ र व्यवस्थापन। ११. आणविक ऊर्जासम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन। १२. नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय विधि विज्ञान प्रतिष्ठान, प्लानेटोरियम, वेधशाला र विज्ञान सङ्ग्रहालय। १३. नवप्रवर्तन सम्बन्धी नीति, कानून, योजना, अनुसन्धान, प्रविधि। १४. वस्तु तथा सेवा, प्रक्रिया, प्रविधि, डिजाइनको विकास, सुधार, प्रयोग। १५. उद्योग, व्यवसाय र समाजका विविध क्षेत्रमा औद्योगिक विकासका नवीनतम अवधारणा (Industry 4.0, Industry 5.0) को अध्ययन, अनुसन्धान तथा उपयोग। १६. मन्त्रालयसम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सन्धि, सम्झौता, सम्पर्क र समन्वय। १७. मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान, कम्पनी आदिको सञ्चालन र नियमन। १५. शिक्षा तथा खेलकुद मन्त्रालय १. शिक्षा तथा खेलकुद सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन। २. केन्द्रीय विश्वविद्यालयसम्बन्धी नीति, कानून र मापदण्ड। ३. विदेशी विश्वविद्यालयसँगको सम्बन्ध, समकक्षता निर्धारण, प्रत्यायन (एकि्रडिटेसन), समन्वय तथा नियमन। ४. केन्द्रीय पुस्तकालयसम्बन्धी नीति, कानून र व्यवस्थापन। ५. मानव संसाधन आवश्यकता प्रक्षेपण, राष्ट्रिय शैक्षिक योजना एवम् मानवस्रोत विकास योजना। ६. विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारूप, मूल विषयको पाठ्यक्रम, नमूना पाठ्यपुस्तक र नियमन। ७. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको राष्ट्रिय नीति, पाठ्यक्रम प्रारूप, योग्यता निर्धारण, सीप परीक्षणको मापदण्ड। ८. विद्यालय तहको शिक्षकको सेवा सर्त, योग्यता एवम् समकक्षताको नीति र मापदण्ड। ९. शिक्षक तालिमसम्बन्धी नीति, मापदण्ड र स्तरीकरण, पाठ्यक्रम प्रारूप, योग्यता निर्धारण, सीप परीक्षणको मापदण्ड तथा तालिम केन्द्रसँगको समन्वय। १०. विद्यालय तहको परीक्षाको राष्ट्रिय मापदण्ड, माध्यमिक तहको परीक्षा व्यवस्थापन तथा समकक्षता निर्धारण। ११. कूटनीतिक नियोगबाट सम्बन्धन लिई सञ्चालन हुने शैक्षिक संस्थाको स्वीकृति। १२. विदेशी शैक्षिक संस्थाबाट सम्बन्धन लिई सञ्चालन हुने शैक्षिक संस्थाको स्वीकृति, शैक्षिक परामर्श, प्रत्यायन तथा नियमन। १३. प्रदेश तथा स्थानीय तहको शैक्षिक विषयमा समन्वय। १४. विश्वविद्यालय अनुदान आयोग, केन्द्रीय विश्वविद्यालय, खुला विश्वविद्यालय र केन्द्रीयस्तरका शैक्षिक प्रतिष्ठान। १५. छात्रवृत्ति र विद्वत् वृत्तिसम्बन्धी नीति र मापदण्ड। १६. शैक्षिक अध्ययन, अनुसन्धानको स्वीकृतिसम्बन्धी नीति, कानून र मापदण्ड। १७. राष्ट्रिय प्राज्ञिक अनुसन्धान तथा शैक्षिक तथ्याङ्क व्यवस्थापन। १८. शैक्षिक गुणस्तर मानक निर्धारण, मापन तथा नियमन। १९. राष्ट्रिय परीक्षा बोर्ड, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्। २०. स्काउटसम्बन्धी नीति, कानून, मापदण्ड र नियमन। २१. राष्ट्रिय खेलकुद परिषद्। २२. राष्ट्रियस्तरका खेलकुद सङ्घसंस्थाको नियमन र समन्वय। २३. राष्ट्रिय, प्रादेशिक र अन्तर्राष्ट्रियस्तरमा खेलकुद विकास र प्रवर्द्धन। २४. राष्ट्रिय, प्रादेशिक र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना र सहभागिता। २५. मन्त्रालयसम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सन्धि, सम्झौता, सम्पर्क र समन्वय। २६. मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान, कम्पनी आदिको सञ्चालन र नियमन। २७. नेपाल शिक्षा सेवाको सञ्चालन (आर्कियोलोजी समूहबाहेक)। १६. सूचना तथा सञ्चार मन्त्रालय १. सूचना, सञ्चार र दूरसञ्चार सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन। २. दूरसञ्चार र प्रसारण फ्रिक्वेन्सी बाँडफाँट, शुल्क निर्धारण र नक्साङ्कन, प्रयोगको अनुमति, नवीकरण र नियमन। ३. सूचना र सञ्चार प्रविधिसम्बन्धी अध्ययन, अनुसन्धान, प्रवर्द्धन र नियमन। ४. भू-उपग्रहको स्थापना, सञ्चालन तथा उपयोग। ५. माइक्रोवेभ प्रणालीको विस्तार, ब्यान्डविथको अन्तर्राष्ट्रिय कनेक्टिभिटी र रेडियोयन्त्र प्रयोग। ६. रेडियो, टेलिभिजन, छापा सञ्चार र समाचार संस्थासम्बन्धी नीति, कानून र मापदण्ड। ७. राष्ट्रियस्तरका रेडियो, टेलिभिजन, प्रसारण संस्था र बहुवितरण प्रसारण प्रणालीको अनुमति, नवीकरण र नियमन। ८. विदेशी टेलिभिजन च्यानलको डाउनलोडिङ। ९. अनलाइन मिडियासम्बन्धी नीति, कानून र मापदण्ड। १०. श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिकसम्बन्धी नीति, कानून र मापदण्ड। ११. सार्वजनिक प्रसारण, छापा र प्रसारण संस्थासम्बन्धी नीति, कानून र मापदण्ड। १२. स्वदेशी तथा नेपालबाट प्रसारण गरिने विदेशी छापा प्रकाशनसम्बन्धी नीति, कानून र मापदण्ड। १३. राष्ट्रिय विज्ञापन नीति र मापदण्ड। १४. हुलाकसम्बन्धी नीति, कानून, मापदण्ड, सञ्चालन र नियमन। १५. हुलाक टिकट प्रकाशन, भण्डारण तथा अभिलेख व्यवस्थापन। १६. धनादेश सेवा, हुलाक बैङ्क र अन्तर्राष्ट्रिय डाँक लेखा व्यवस्थापन। १७. चलचित्र र सिनेमा हलसम्बन्धी नीति, कानून र मापदण्ड। १८. सुरक्षण मुद्रण। १९. नेपाल राजपत्रको मुद्रण, वितरण तथा अभिलेख। २०. पत्रपत्रिकासम्बन्धी आचारसंहिता। २१. राष्ट्रिय सूचना आयोग। २२. प्रेस काउन्सिल, केन्द्रीय प्रेस रजिस्ट्रार, नेपाल दूरसञ्चार प्राधिकरण र चलचित्र विकास बोर्ड। २३. जनगुनासो व्यवस्थापन। २४. सृजनशील उद्यम (क्रिएटिभ इण्डस्ट्री) सम्बन्धी कार्यहरू। २५. मन्त्रालयसम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सन्धि, सम्झौता, सम्पर्क र समन्वय। २६. मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान, कम्पनी आदिको सञ्चालन र नियमन। २७. नेपाल इन्जिनियरिङ्ग सेवाको इलेक्ट्रोनिक एण्ड टेलिकम्युनिकेसन इन्जिनियरिङ्ग समूह सञ्चालन। १७. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय १. संस्कृति, ललितकला, धर्म, सभ्यता र सम्पदासम्बन्धी नीति, कानून, मापदण्ड। २. पर्यटनसम्बन्धी नीति, कानून र मापदण्ड। ३. पुरातात्त्विक महत्त्वका स्थान र प्राचीन स्मारकसम्बन्धी नीति, कानून, मापदण्ड र नियमन। ४. पर्यटनसम्बन्धी नीति, कानून र मापदण्ड। ५. क्यासिनोसम्बन्धी नीति, कानून, मापदण्ड र नियमन। ६. पर्वतारोहण, ट्राभल, ट्रेकिङ्गसम्बन्धी नीति, कानून, मापदण्ड र नियमन। ७. पर्यटन शुल्क निर्धारणसम्बन्धी नीति, कानून, मापदण्ड र नियमन। ८. राष्ट्रिय सङ्ग्रहालय, अभिलेखालय। ९. अन्तर्राष्ट्रिय एवम् राष्ट्रियस्तरका ऐतिहासिक, पुरातात्त्विक, धार्मिक एवम् सांस्कृतिक महत्त्वका स्थल एवम् विश्व सम्पदा सूचीकृत सम्पदासम्बन्धी नीति, कानून, मापदण्ड, संरक्षण, सम्भार, अध्ययन, अनुसन्धान, उत्खनन, पुनर्निर्माण र प्रचार प्रसार। १०. प्राकृतिक, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक, साहसिक पर्यटनसम्बन्धी नीति, मापदण्ड र नियमन। ११. ग्रामीण पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादन, कला तथा संस्कृति संरक्षण। १२. केन्द्रीयस्तरका प्रज्ञा प्रतिष्ठानसम्बन्धी नीति तथा कानून। १३. विदेशी मित्र राष्ट्रहरूसँग भएका सन्धि सम्झौतालगायत राष्ट्रिय महत्त्वका दस्तावेज संरक्षण। १४. भाषा आयोग, नेपाल प्रज्ञाप्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान तथा नेपाल सङ्गीत तथा नाट्यकला प्रतिष्ठान। १५. पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोष, वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्। १६. विभिन्न धर्म, जात, जाति, सम्प्रदाय, भाषा, भाषिकाको साहित्य, सङ्गीत, लिपि, कला, संस्कृति र चलचित्रको संरक्षण तथा विकाससम्बन्धी नीति, कानून र मापदण्ड। १७. निकासी गरिने पुरातात्त्विक वस्तुहरूको जाँच र अनुमति। १८. वायुयान निर्माण तथा डिजाइन, सञ्चालन र मर्मत सम्भार, विमानस्थल निर्माण तथा सञ्चालन, एयर नेभिगेसन सेवा तथा उड्डयन तालिम संस्था आदिको इजाजत र नियमन। १९. हवाईभाडा, विमानस्थल शुल्क, एयर नेभिगेसन सेवाशुल्क र नियमन। २०. वायुसेवा कार्यसञ्चालन अनुमति, इजाजत र उडान अनुमति। २१. नागरिक उड्डयनसम्बन्धी नीति, कानून, मापदण्ड र नियमन। २२. नागरिक उड्डयन व्यवसाय तथा पेसाविद्हरूको अनुमतिपत्र, स्तर निर्धारण र नियमन। २३. हवाई सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सङ्गठनबाट प्रतिपादित स्तर, मापदण्ड, मार्गदर्शन र कार्यान्वयन। २४. एयरनेभिगेसन र एयरट्राफिक सेवा। २५. हवाईक्षेत्र व्यवस्थापन। २६. उड्डयन सेवाको लागि मौसमसम्बन्धी सूचना सेवा। २७. उड्डयन खोज तथा उद्धार कार्यमा सहयोग तथा समन्वय। २८. अन्तर्राष्ट्रिय, क्षेत्रीय र आन्तरिक विमानस्थल निर्माण, सञ्चालन र व्यवस्थापन। २९. वायुयान दुर्घटना जाँचसम्बन्धी। ३०. अल्ट्रालाइट, प्याराग्लाइडिङ्ग, ह्याङ्गग्लाइडिङ्ग जस्ता हवाई खेल साहसिक उड्डयन, मनोरञ्जनात्मक उड्डयन क्रियाकलापसम्बन्धी नीति र मापदण्ड। ३१. प्रतिलिपि अधिकारसम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन। ३२. मन्त्रालयसम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सन्धि, सम्झौता, सम्पर्क र समन्वय। ३३. मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान, कम्पनी आदिको सञ्चालन र नियमन। ३४. नेपाल शिक्षा सेवाअन्तर्गत आर्कियोलोजी समूह र नेपाल इन्जिनियरिङ्ग सेवा अन्तर्गतका एरोनटिकल इन्जिनियरिङ्ग समूह, सिभिल एभिएसन अपरेसन एण्ड इन्जिनियरिङ्ग समूह र सिभिल इन्जिनियरिङ्ग समूहअन्तर्गत एयरपोर्ट उपसमूहको सञ्चालन। १८. स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय १. स्वास्थ्य तथा पोषणसम्बन्धी नीति, कानून र मापदण्ड। २. राष्ट्रियस्तरमा प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनस्र्थापनात्मक र निवारणसम्बन्धी स्वास्थ्य नीति, कानून र मापदण्ड। ३. स्वास्थ्यसम्बन्धी प्राज्ञिक, व्यावसायिक र पेसागत सङ्घ संस्थासम्बन्धी नीति, कानून र मापदण्ड। ४. राष्ट्रिय तथा केन्द्रीय अस्पताल, स्वास्थ्य प्रतिष्ठानहरूको स्थापना, सञ्चालन र नियमन। ५. नर्सिङहोम लगायतका स्वास्थ्य संस्था स्थापना तथा सञ्चालनसम्बन्धी नीति, कानून, मापदण्ड र नियमन। ६. अस्पताल एवम् स्वास्थ्य संस्थाको प्रत्यायन। ७. विशिष्ट सेवाप्रदायक अस्पतालसम्बन्धी नीति, कानून, मापदण्ड र नियमन। ८. औषधी, स्वास्थ्य सामग्री तथा स्वास्थ्य प्रविधिको उत्पादन र विकास, सञ्चय, बिक्री वितरण, अन्तिम विसर्जनसम्बन्धी गुणस्तर, मापदण्ड र नियमन। ९. आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवासम्बन्धी नीति, कानून र मापदण्ड। १०. सर्ने र नसर्ने रोग रोकथाम तथा नियन्त्रणसम्बन्धी नीति तथा मापदण्ड। ११. अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन। १२. स्वास्थ्य बीमा तथा सामाजिक स्वास्थ्य सुरक्षा। १३. स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रको मानवस्रोत विकास र व्यवस्थापन। १४. स्वास्थ्य सेवा तथा वस्तुको शुल्कसम्बन्धी नीति, कानून, मापदण्ड र नियमन। १५. औषधी निगरानी र नियमन। १६. औषधी खरिद तथा आपूर्ति व्यवस्थासम्बन्धी नीति, कानून, मापदण्ड र नियमन। १७. अति आवश्यक स्वास्थ्य सामग्री (खोप र परिवार नियोजनका साधन) आपूर्ति तथा व्यवस्थापन। १८. स्वास्थ्य विज्ञानसम्बन्धी अध्ययन र अनुसन्धानसम्बन्धी मापदण्ड। १९. जडीबुटी, मान्तव र खनिज (हर्बल, एनिमल र मिनरल) को औषधीय अनुसन्धान। २०. स्वास्थ्य सूचना प्रणाली व्यवस्थापन र स्वास्थ्य लेखा पद्धति। २१. राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय चासोका जनस्वास्थ्य समस्याको निगरानी। २२. आधारभूत स्वास्थ्य सेवा र क्षेत्रको मापदण्ड। २३. विभिन्न तहमा आवश्यक पर्ने स्वास्थ्य सेवाको राष्ट्रिय प्रोटोकल। २४. राष्ट्रिय रिफरेन्स प्रयोगशाला र परीक्षण केन्द्रको स्थापना, सञ्चालन र नियमन। २५. स्वास्थ्य पर्यटन प्रवर्द्धनसम्बन्धी समन्वय। २६. जनस्वास्थ्यसम्बन्धी आपतकालीन अवस्था, स्वास्थ्य क्षेत्रमा विपद् र महामारी व्यवस्थापन। २७. आपतकालीन अवस्थाका लागि औषधी तथा औषधीजन्य सामग्रीको मौज्दात (बफरस्टक) व्यवस्थापन। २८. आकस्मिक स्वास्थ्य सेवा प्रवाह तथा रिफरल पद्धतिको विकास। २९. जनसङ्ख्या, बसाइसराइ, परिवार नियोजन, मातृशिशु कल्याण, प्रजनन स्वास्थ्यसम्बन्धी राष्ट्रिय नीति, कानून र मापदण्ड। ३०. राष्ट्रियस्तरमा जनसङ्ख्यासम्बन्धी अध्ययन, अनुसन्धान एवम् प्रक्षेपण सूचना प्रणाली। ३१. बसाइसराइ सर्वेक्षण तथा स्थिति विश्लेषण। ३२. सरसफाइ तथा स्वच्छतासम्बन्धी नीति, कानून, मापदण्ड तथा कार्यक्रमहरू। ३३. खाद्य स्वच्छतासम्बन्धी नीति, कानून, मापदण्ड र नियमन। ३४. खाद्य क्वारेन्टाइन, खाद्य प्रविधि तथा गुण नियन्त्रणसम्बन्धी कार्यहरू। ३५. मन्त्रालयसम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सन्धि, सम्झौता, सम्पर्क र समन्वय। ३६. मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान, कम्पनी आदिको सञ्चालन र नियमन। ३७. नेपाल स्वास्थ्य सेवाको सञ्चालन।