लुम्बिनी विकास बैंकका सीईओ खनाल दिए राजीनामा, भन्छन्–विरामी निको भएपछि डाक्टर अवश्यक पर्दैन’

<p>काठमाडौं । लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनालले पदबाट राजीनामा दिएका छन् । जेठ ४ गतेदेखि लागू हुनेगरी राजीनामा दिएको खनालले बताएका छन् । करिव २ वर्ष कार्यकाल हुँदै उनले राजीनामा दिएका हुन् । १५ वर्ष नेपाल इन्भेष्टमेन्ट बैंकमा र १० वर्ष विभिन्न विकास बैंकको प्रमुख कार्यकारी अधिकृत भएर २५ वर्ष बैकिङ क्षेत्रमा [&hellip;]</p>

काठमाडौं । लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनालले पदबाट राजीनामा दिएका छन् । जेठ ४ गतेदेखि लागू हुनेगरी राजीनामा दिएको खनालले बताएका छन् ।

करिव २ वर्ष कार्यकाल हुँदै उनले राजीनामा दिएका हुन् । १५ वर्ष नेपाल इन्भेष्टमेन्ट बैंकमा र १० वर्ष विभिन्न विकास बैंकको प्रमुख कार्यकारी अधिकृत भएर २५ वर्ष बैकिङ क्षेत्रमा काम गरेका खनालले अब बैकिङ क्षेत्रबाट अवकास लिने बताएका छन् ।

‘लुम्बिनी विकास बैंक बलियो र स्वस्थ विकास बैंक भएको छ’ विकासन्युजसँग कुरा गर्दै खनालले भने–‘विरामीलाई निको भएपछि डाक्टर आवश्यक पर्दैन ।’

संकटपूर्ण अवस्थामा रहेको भिबोर विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिन पुगेको खनालको पालामा भिबोर विकास बैंक र सोसाईटी विकास बैंक मर्जभई भिबोर सोसाइटी विकास बैंक बनेको थियो । उनकै कार्यकालमा भिवोर विकास बैंक र लुम्बिनी फाइनान्स मर्ज भई लुम्बिनी विकास बैंक बनेको हो ।

२ अर्ब १४ करोड रुपैयाँ चुक्ता पुँजी भएको यो बैंकको संचित कोषमा १ अर्ब रुपैयाँ छ । पुँजी २ अर्ब ५० करोड पुर्याउन बैंकले हकप्रद सेयर निष्काशन गरेको छ । चैत मसान्तसम्म बैंकको निक्षेप साढे १९ अर्ब र कर्जा साढे १७ अर्ब रुपैयाँ छ । ९ महिनामा बैंकको नाफा १८ करोड ४४ लाख रुपैयाँ छ ।

खनालको राजीनामापछि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेबारी उमेश रेग्मीले पाएका छन् । उनी सोही बैंकमा उप प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । बैंक सञ्चालक समितिले नयाँ सिईओ खोजी गरिरहेको स्रोतले बतायो ।

Share News