९ महिनामा ३६६ करोड डलर बेचेर २३६ अर्ब भारु खरिद

<p>काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा नेपाल राष्ट्र बैंकले २ खर्ब ३५ अर्ब ९६ करोड भारतीय रुपैयाँ खरिद गरेको छ । केन्द्रीय बैंकले भारतको रिजर्व बैंकलाई ३ अर्ब ६६ करोड अमेरिकी डलर बेचेर सो रकम बराबरको भारु खरिद गरेको हो । भारतसंग व्यापारलगायत अन्य कारोबार भारुमा हुने भएपछि राष्ट्र बैंकले अर्बौ डलर बेचेर खर्बौ [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा नेपाल राष्ट्र बैंकले २ खर्ब ३५ अर्ब ९६ करोड भारतीय रुपैयाँ खरिद गरेको छ । केन्द्रीय बैंकले भारतको रिजर्व बैंकलाई ३ अर्ब ६६ करोड अमेरिकी डलर बेचेर सो रकम बराबरको भारु खरिद गरेको हो ।

भारतसंग व्यापारलगायत अन्य कारोबार भारुमा हुने भएपछि राष्ट्र बैंकले अर्बौ डलर बेचेर खर्बौ भारु खरिद गरेको हो ।
गत आर्थिक वर्षमा राष्ट्र बैंकले ४ अर्ब डलर बेचेर २ खर्ब ७३ अर्ब ५८ करोड भारु खरिद गरेको थियो ।

डलर बेचेर खरिद गरिएको भारु वस्तु तथा सेवा आयातमा खर्च हुने गरेको छ । यो रकम नेपालमा नआई भारतमै भुक्तानी हुने गरेको छ । वर्षेनी भारतसंगको व्यापार घाटा बढी रहेकाले भारु खरिद बढ्दै गएको हो ।

Share News