
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउदो ३ वर्षभित्र काठमाडौंमा मेट्रोरेल सञ्चालनमा आउने बताएका छन् ।
सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले संभव भएर नै आगामी ३ वर्षभित्र काठमाडौंमा मेट्रोरेल सञ्चालन हुने देखेको बताएका छन् ।
आउदो ६ महिनभित्र विस्तृत अध्ययन सम्पन्न हुने र त्यसको ३ वर्षभित्र राजधानीमा मेट्रोरेल चल्ने उनले दावी गरे । काठमाडौं महानगरपालिकाले चिनियाँ कम्पनीसंग संभाव्यता अध्ययनका लागि सम्झौता गरिसकेको प्रधानमन्त्रीले जानकारी दिए ।