
काठमाडौं । विभिन्न ८ मर्चेन्ट बैंकरले नेपाल बैंकको थप निष्कासन (अण्डरराइटिङ) गर्ने भएका छन् । एफपीओ अण्डरराइटिङका लागि मर्चेन्ट बैंकर र नेपाल बैंकबीच आइतबार सम्झौता भएको छ । बैंकको बिक्री नभएको एफपीओ प्रतिकित्ता २८० रुपैयाँमा अण्डरराइटरले सकार्ने छन् । मर्चेन्ट बैंकरले ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँको अण्डरराइटिङ गरेका छन् ।
सबैभन्दा बढी रकमको अण्डरराइटिङ गर्नेमा सीबीआईएल क्यापिटल लिमिटेड भएको छ । उसले १ अर्ब १५ करोड रुपैयाँको लिन सम्झौता गरेको छ । यस्तै ग्लोबल आईएमई क्यापिटल लिमिटेडले १ अर्ब १३ करोड, एनआईबीएल एस क्यापिटल लिमिटेडले ८९ करोड ९७ लाख रुपैयाँकाे लिने भएका छन् ।
यस्तै, सीबीआईएल क्यापिटल लिमिटेडले ४५ करोड, सनराइज क्यापिटल लिमिटेडले ३६ करोड, लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडले ४५ करोड सानिमा क्यापिटल लिमिटेडले २७ करोड र नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले २३ करोड रुपैयाँको प्रत्याभूति गरेका छन् । एफपीओमा १०० प्रतिशत प्रत्याभूति गर्नुपर्ने व्यवस्था छ ।