काठमाडौ । आइतबार नेपाल स्टक एक्चेन्ज(नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । नेप्से १७ दशमलब ८१ अंकले ओरालो लागेर १३०० अंकमा अडिएको छ ।
बजार दोहोरो अंकले ओरालो लाग्दा बीमा समूह १२२ अंक तल झरेको छ । एक दशमलव ८१ अंकले परिवर्तन हुँदा बीमा समूहको सात करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ । बजारमा ट्रेडिङ समूहबाहेक कारोबारमा आएका सबैसूचक राताम्मे भएका छन् ।
आइतबार १६१ कम्पनीको ३९ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् । कारोबार रकमको आधारमा सबैभन्दा बढी ग्लोबल आईएमई बैंकको ४ करोड ६० लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, प्रभु इन्स्योरेन्सको २ करोड ७९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
सो दिन सबैभन्दा बढी रिलायन्स फाइनान्सका लगानीकर्ताले ७.०२ प्रतिशत कमाएका छन् भने प्रोगेसिभ फाइनान्सका लगानीकर्ताले ५.७४ प्रतिशत गुमाएका छन् ।