कतार एयरवेजले मनायो इफ्तार

<p>काठमाडौं । कतार एयरवेज नेपालले रमादानको महिनाको उत्सवमा इफ्तार रात्रिभोजको आयोजना गरेको छ । नेपाल सरकार, नेपाल हज समितिका प्रतिष्ठित अतिथि एवं विभिन्न धर्म तथा दूतावासका प्रतिनिधिहरुको उपस्थितिमा उक्त कार्यक्रम आयोजना गरी सम्पन्न भएको छ । इफ्तार रमादानको दैनिक उपवासको अन्तका लागि मुस्लिम समुदायद्वारा गरिने एक पारम्परिक भोजन हो । धर्मनिरपेक्ष नेपाललाई मध्यनजर गर्दैे आयोजना [&hellip;]</p>

काठमाडौं । कतार एयरवेज नेपालले रमादानको महिनाको उत्सवमा इफ्तार रात्रिभोजको आयोजना गरेको छ । नेपाल सरकार, नेपाल हज समितिका प्रतिष्ठित अतिथि एवं विभिन्न धर्म तथा दूतावासका प्रतिनिधिहरुको उपस्थितिमा उक्त कार्यक्रम आयोजना गरी सम्पन्न भएको छ ।

इफ्तार रमादानको दैनिक उपवासको अन्तका लागि मुस्लिम समुदायद्वारा गरिने एक पारम्परिक भोजन हो । धर्मनिरपेक्ष नेपाललाई मध्यनजर गर्दैे आयोजना गरिएको यस कार्यक्रम विभिन्न धर्मका विशिष्ट व्यक्तित्वहरुसँग मनाइएको थियो ।

कतार एयरवेजले नेपाललाई विश्वका १५० गन्तव्यहरुसँग जोड्ने क्रममा हाल नेपाली यात्रुहरुलाई काठमाडौंदेखि दोहासम्मको ४ दैनिक उडान सेवा प्रदान गर्दै आएको छ ।

Share News