दुई महिला उद्यमीले वौद्धमा सञ्चालन गरे नयाँ अर्गानिक कफी एण्ड जुस बार

<p>काठमाडौँ । अर्गानिक खानाको पारखीहरुको लागि काठमाडौँको बौद्धमा नालन अर्गानिक कफी एण्ड जुस बार सञ्चालनमा आएको छ । उक्त बार चर्चित नायिका संचिता लुइँटेल, गायक धिरज राई, विश्वको नै कान्छा चलचित्र निर्देशक सौगात बिष्ट, मोडल संजय राजविक्रम लगायतले एक कार्यक्रमबीच उद्घाटन गरेका छन् । सम्पूर्ण प्रकार तथा परिकारको अर्गानिक कफी, अर्गानिक जुस तथा अन्य लाइट [&hellip;]</p>

काठमाडौँ । अर्गानिक खानाको पारखीहरुको लागि काठमाडौँको बौद्धमा नालन अर्गानिक कफी एण्ड जुस बार सञ्चालनमा आएको छ । उक्त बार चर्चित नायिका संचिता लुइँटेल, गायक धिरज राई, विश्वको नै कान्छा चलचित्र निर्देशक सौगात बिष्ट, मोडल संजय राजविक्रम लगायतले एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।


सम्पूर्ण प्रकार तथा परिकारको अर्गानिक कफी, अर्गानिक जुस तथा अन्य लाइट फुडहरु समेत पाइने सो क्याफेमा अनुभवी दक्ष स्टाफ द्वारा विभिन्न पारिवारिक वातावरणमा सेवा सुविधा प्रादान गरिने क्याफेका सञ्चालिका द्वय अन्जना थापा मगर तथा पुष्पा गुरुङले बताइन् ।

उनीहरु दुई युवा महिला अन्जना मगर र पुष्पा गुरुङको संयुक्त लगानीमा खुलेको क्याफेमा अर्गानिक कफी तथा जुसका पारखीहरुले मिठो तथा स्वादिष्ट परिकारहरुको स्वाद लिन पाउने जनाइएको छ ।

Share News