काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले काठमाडौं महानगरपालिकाको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा एक्स्टेन्सन काउन्टर खोलेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र अस्पतालका निर्देशक जागेश्वर गौतमले काउन्टरको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । योसँगै अब बैंकको एक्स्टेन्सन काउन्टर ६ वटा पुगेको छ ।
स्त्रीरोग तथा महिलासँग सम्बन्धीत रोगको उपचार सेवा दिइरहेको अस्पतालको परिसरमा खोलिएको काउन्टरले अस्पतालको आर्थिक कारोबार गर्न सहयोग गर्ने छ । काउन्टरले अस्पतालमा आउने बिरामीको उपचारका क्रममा टिकट काट्न पनि सहयोग गर्ने छ ।
बैंकको हाल ७० वटा शाखा तथा १०० वटा एटिएम पुगेको छ । बैंकको ६३ वटा शाखारहित बैंकिङ्ग सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ ।