काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपाल क्लियरिङ्ग हाउस(एनसीएचएल) बीच नेपाल सरकारको राजस्व लगायतको अनलाइन भुक्तानी सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकबाट एनसीएचएल अन्तर्गत एनसीएचएल इसीसी(इलेक्ट्रोनिक चेक क्लियरिङ) र एनसीएचएल आईपीएस(इन्टरबैंक पेमेन्ट सिस्टम)का सुविधाहरु बैंकको सबै शाखाबाट सेवा लिन सकिने छ ।
यस कनेक्टआइपीएस इपेमेन्ट प्रणालीमार्फत बैंकको ग्राहकहरुले अनलाइनबाट नैनेपाल सरकारको राजस्व भुक्तानी लगायत अन्य भुक्तानीहरु समेत सिधै बैंकको खाताबाट कारोवार गर्न सक्नेछन् । यसका लागि बैंक खाताको सम्पुर्ण जानकारी राखी बैंक मार्फत एक पटक रुजु गराउनु पर्ने हुन्छ । यस सेवामार्फत ग्राहकहरुले राजस्व कार्यालयमा लाइन बस्नु पर्ने बाध्यताबाट छुटकारा प्राप्त गर्ने विश्वास बैंकले लिएको छ ।