मंगलबार आयात–निर्यात ठप्प, अन्तशुल्क बुझाउने उद्योग पनि बन्द हुने

<p>काठमाडौं । सरकारले गणतन्त्र दिवसको दिन सार्वजनिक विदा दिएको छैन् । तर बजेट आउने दिन भएकाले देशभरीका भन्सार कार्यालय र अन्तशुल्क तिर्न उद्योग प्रतिष्ठानमा मंगलबार ताला लाग्ने छ । भन्सार कार्यालयका अतिरित्त त्रिभुवन विमानस्थलबाट वस्तु आयात तथा निर्यात बन्द हुनेछ । बजेट सार्वजनिक हुने मंगलबार देशभरीका भन्सार कार्यालय बन्द हुने अर्थ मन्त्रालयका प्रवत्ता झक्कप्रसाद आचार्यले [&hellip;]</p>

काठमाडौं । सरकारले गणतन्त्र दिवसको दिन सार्वजनिक विदा दिएको छैन् । तर बजेट आउने दिन भएकाले देशभरीका भन्सार कार्यालय र अन्तशुल्क तिर्न उद्योग प्रतिष्ठानमा मंगलबार ताला लाग्ने छ । भन्सार कार्यालयका अतिरित्त त्रिभुवन विमानस्थलबाट वस्तु आयात तथा निर्यात बन्द हुनेछ ।

बजेट सार्वजनिक हुने मंगलबार देशभरीका भन्सार कार्यालय बन्द हुने अर्थ मन्त्रालयका प्रवत्ता झक्कप्रसाद आचार्यले बताए । उनले मंगलबार सार्वजनिक विदा नभएपनि भन्सार कार्यालयबाट आयात निर्यात ठप्प हुने जानकारी दिए । आचार्यका अनुसार आन्तरिक राजश्व कार्यालय भने खुला हुने छन् । मंगलबारदेखि नै अधिकाँश वस्तुको नयाँ भन्सार दर लागु हुनेछ ।

भन्सारका अतिरित्त मदिरा, चुरोट, चाउचाउलागत अन्तशुल्क लाग्ने सबै उद्योग प्रतिष्ठान बन्द हुने पुर्वअर्थ सचिव डा. शान्तराज सुवेदीले बताए । मंगलबारदेखि नै आयातित वस्तुमा नयाँ भन्सारदर तोकिने भएपछि बजेट आउने दिन भन्सारका अतिरित्त मदिरा, चुरोटलगायत अन्तुशल्क लाग्ने उद्योग बन्द हुने उनले जानकारी दिए ।

मदिरा र चुरोटलगायत अन्तशुल्क लाग्ने उद्योग परिसरमा कर उठाउने कार्यालय हुने भएकाले बन्द हुने छन् ।
मंगलबार करोडौं रुपैया भन्सार शुल्क संकलन ठप्प हुनेछ । विराटनगर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र कञ्चनपुर, रसुवागढीलगायत नाकाबाट आयात–निर्यात ठप्प हुनेछ । यस्तै छोटी भन्सार पनि बन्द हुने आचार्यले बताए ।

Share News