
काठमाडौं । बीपी राजमार्ग अन्र्तगतको धुलिखेलदेखि सिन्धुली खण्डसम्म ३२ सिट क्षमता भएको सवारीसाधन मात्र सञ्चालन हुने भएको छ । यातायात व्यवस्था विभागले अधिकतम ३२ सिट भएको यात्रुवहाक सवारीसाधनलाई मात्र सञ्चालन अनुमति दिएको छ ।
यात्रुवहाक सवारीसाधानको अधिकतम ह्लिवेस ४२२५ एमएम र रियल ओभरह्याङ अधिकतम् ५० प्रतिशत मात्र भएमा सञ्चालन गर्न पाउने भएका हुन् । यस्तै यात्रुवहाक सवारीसाधन बिहान ५ देखि साँझ ८ बजेसम्म मात्र सञ्चालन गर्न पाउने विभागले जानकारी दिएको छ ।
मालवहाक सवारीसाधनले १६ हजार २०० किलो अर्थात १०.२ टन मात्र वजन बोक्न पाउने छन् । मालवहाक सवारीसाधन राती ९ बजेदेखि बिहान ५ बजेसम्म मात्र सञ्चालन गर्न पाइने विभागले जनाएको छ । अन्य सवारीसाधनको हकमा पहिला भएको निर्णयअनुसार हुने छ ।
विभागले प्रदेश सरकार, स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी र यातायात कार्यलयलाई पत्राचार गरेको छ ।