तारागाउँ रिजेन्सी होटलको नाफा २७ करोड ५४ लाख, ईपीएस १४ रुपैयाँ

<p>काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको चालु आर्थिक वर्षको ९ महिनामा नाफा १० प्रतिशत वृद्धि भएको छ । होटलले गत चैतसम्म २७ करोड ५४ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा होटलको नाफा २५ करोड रुपैयाँ थियो । सेवा बिक्री बढेपछि नाफामा पनि बढोत्तरी भएको होटलले जनाएको छ । समीक्षा अवधिमा होटलले [&hellip;]</p>

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको चालु आर्थिक वर्षको ९ महिनामा नाफा १० प्रतिशत वृद्धि भएको छ ।
होटलले गत चैतसम्म २७ करोड ५४ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा होटलको नाफा २५ करोड रुपैयाँ थियो । सेवा बिक्री बढेपछि नाफामा पनि बढोत्तरी भएको होटलले जनाएको छ ।

समीक्षा अवधिमा होटलले ९९ करोड ९९ लाख रुपैयाँ बराबरको सेवा बिक्री गरेको छ । गत आवको सोही अवधिमा ९८ करोड रुपैयाँ आम्दानी गरेको थियो । ब्याँकेट हल र बैठक कक्षको पुननिर्माण गर्दा नाफामा कमी आएको तारागाउँले जनाएको छ ।

होटलको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ६० पैसा रहेको छ । कम्पनीको संचित कोष आकार बढेर ४१ करोड ५९ लाख रुपैयाँ पुगेको छ । चुक्तापूँजी १ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ छ ।

Share News