
काठमाडौं । शारादा बबई जलासययुक्त आयोजनाको निर्माण हुने भएको छ । विद्युत विकास विभागले दाङ र सल्यानमा पर्ने आयोजनाको जडित क्षमता ९३ मेगावाट छ ।
आयोजनाको काम अघि बढाउन विभागले वातावरण प्रभाव मूल्याँकन (ईआइए) को काम थालेको छ । आयोजनाको मुख्य संरचनाअन्र्तगत १२१ मिटर अग्लो रकफिल ड्याम बनाउने प्रस्ताव गरिएको छ ।
आयोजनाको मुख्य बाँध संरचना सल्यानको कालिमाटी गाउँपालिकामा र विद्युतगृह संरचना दाङको ववइ गाउँपालिकामा पर्नेछ । आयोजनाका लागि ८४१ हेक्टर जमिन आवश्यक पर्ने छ ।