
काठमाडौं । निर्माणधिन जलविद्युत र प्रसारणलाइन आयोजनाका काठमाडौंमा रहेको कार्यलय बन्द गर्न नेपाल विद्युत प्राधिकरणले निर्देशन दिएको छ ।
प्रमुख काठमाडौंमा बस्ने र आयोजनामा काम नहुने भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक महिनाभित्र राजधानीमा रहेका सबै साइट कार्यालय बन्द गर्न निर्देशन दिएका हुन् । उनले सबै प्रमुखलाई आयोजनास्थलमा जान निर्देशन दिएका छन् ।
एक महिनाभित्र साइट कार्यलय बन्द नभए कडा कार्वाही गर्ने चेतावनी घिसिङले दिएका छन् । अधिकाँश अयोजना प्रमुखलगायतका कर्मचारी साइट कार्यलय खडा गरेर काठमाडौमा बसी भक्ता लिने गरेका थिए ।