काठमाडाैं । सरकारले जग्गा दलालकाे व्यापार खाेसेकाे छ । अब जग्गाकाे व्यवसायिक काराेबार संगठित संस्थाबाट मात्र गर्न मिल्ने व्यवस्था गरिने अर्थमन्त्री युवराज खतिवडाले बताए । कम्पनीबाट जग्गाकाे काराेबार गर्दा सरकारले यस्ताे काराेबारबाट राजश्व प्राप्त गर्नेछ ।
सरकारले १० लाख रूपैयाँभन्दा बढी मूल्यकाे काराेबार हुने जग्गामा पुँजीगत लाभकर लागू गरेकाे छ । यसअघि ३० लाख रूपैयाँ भन्दा बढीकाे जग्गा काराेबारमा मात्र पुँजीगत लाभकर बढेकाे थियाे ।