सनराइज बैंकका ग्राहक महर्जन र मिश्रले पाए बीमा रकम भुक्तानी

<p>काठमाडौं । सनराइज बैंक लिमिटेडले “स्वास्थ्य बीमा सुविधा” अन्तर्गत लुभु शाखाका ग्राहक राजेन्द्र महर्जनलाई एक लाख रुपैयाँ र केशवप्रसाद मिश्रलाई २३ हजार ९१६ रुपैयाँ बराबरको रकम प्रदान गरेको छ । बैंकका नायब महाप्रबन्धक रविन नेपालले बिरामी ग्राहक महर्जन र मिश्रलाई अस्पतालमा भर्ना हुदाँ लागेको सो मात्राको उपचार खर्च दिएका हुन् । यस बीमा अन्तर्गत बैंकका [&hellip;]</p>

काठमाडौं । सनराइज बैंक लिमिटेडले “स्वास्थ्य बीमा सुविधा” अन्तर्गत लुभु शाखाका ग्राहक राजेन्द्र महर्जनलाई एक लाख रुपैयाँ र केशवप्रसाद मिश्रलाई २३ हजार ९१६ रुपैयाँ बराबरको रकम प्रदान गरेको छ ।

बैंकका नायब महाप्रबन्धक रविन नेपालले बिरामी ग्राहक महर्जन र मिश्रलाई अस्पतालमा भर्ना हुदाँ लागेको सो मात्राको उपचार खर्च दिएका हुन् ।

यस बीमा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च १ लाख रुपैयाँमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५ प्रतिशत वा विल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइनेछ ।

साथै बैंकले यस “स्वास्थ्य बीमा सुविधा” अन्तर्गत देशभरका ६० भन्दा बढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउँदा ५ देखि २० प्रतिशत सम्म छुट प्रदान गर्दै आएको छ ।

 

Share News