लमजुङ र पर्वतमा ग्लोबल आइएमई बैंकको थप शाखारहित बैंकिङ सेवा

<p>काठमाडौं । ग्लोबल आइएमई बैंकले मंगलबारदेखि लमजुङ जिल्लाको क्व्होलासोथार गाँउपालिका–८, साल्मेमा आफ्नो ८६ औँ र पर्वत जिल्लाको कुश्मा नगरपालिका–२, खुर्कोट बगैँचामा ८७ औँ शाखारहित बैकिङ सेवा सुरु गरेको छ । लमजुङ जिल्लाको साल्मेमा खोलिएको शाखारहित बैंकिङ सेवाको लागि स्थानिय सर्फूदिन मीयालाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । त्यसैगरी पर्वत जिल्लाको खुर्कोट बगैँचामा खोलिएको सेवाकोे लागि [&hellip;]</p>

काठमाडौं । ग्लोबल आइएमई बैंकले मंगलबारदेखि लमजुङ जिल्लाको क्व्होलासोथार गाँउपालिका–८, साल्मेमा आफ्नो ८६ औँ र पर्वत जिल्लाको कुश्मा नगरपालिका–२, खुर्कोट बगैँचामा ८७ औँ शाखारहित बैकिङ सेवा सुरु गरेको छ ।

लमजुङ जिल्लाको साल्मेमा खोलिएको शाखारहित बैंकिङ सेवाको लागि स्थानिय सर्फूदिन मीयालाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । त्यसैगरी पर्वत जिल्लाको खुर्कोट बगैँचामा खोलिएको सेवाकोे लागि स्थानिय छत्रबहादुर क्षेत्रीलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यि क्षेत्रका बासिन्दा बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ सेवा शुरु गरेको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले १२९ शाखा, १३१ एटिएम, ४ एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ८७ शाखा रहित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

Share News