वेर्ष्टन डेभलपमेन्ट बैंकको साधारणसभा असार १३ गते, के के छन् प्रस्ताव ?

<p>काठमाडौं । वेर्ष्टन डेभलपमेन्ट बैंकको अगामी वार्षिक साधारणसभा असार १३ गते हुने भएको छ । उक्त सभामा बैंकले सेयरधनीलाई बोनस सेयर दिने सञ्चालक समितिको विशेष प्रस्तावलाई पारित गर्ने भएको छ । समितिको प्रस्ताव बमोजिम कम्पनीले १७.४१ प्रतिशत अर्थात ७ करोड ४७ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको छ । हाल बैंकको चुक्ता पुँजी [&hellip;]</p>

काठमाडौं । वेर्ष्टन डेभलपमेन्ट बैंकको अगामी वार्षिक साधारणसभा असार १३ गते हुने भएको छ । उक्त सभामा बैंकले सेयरधनीलाई बोनस सेयर दिने सञ्चालक समितिको विशेष प्रस्तावलाई पारित गर्ने भएको छ ।

समितिको प्रस्ताव बमोजिम कम्पनीले १७.४१ प्रतिशत अर्थात ७ करोड ४७ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको छ । हाल बैंकको चुक्ता पुँजी ४२ करोड ९३ लाख रुपैयाँ रहेको छ । सो मात्राको बोनस पश्चात कम्पनीको पुँजी ५० करोड ४० लाख रुपैयाँ नाघ्ने छ ।

साथै, सभाले संस्थापक सेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारणबाट ३ जना संचालकहरुको निर्वाचन गर्ने भएको छ ।

Share News