प्रदेशको नाम ‘गण्डकी’ र राजधानी ‘पोखरा’ सिफारिश

<p>पोखरा । प्रदेश नं ४ को सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेश राजधानी एवं नामकरण विषयको समितिले प्रदेशको नाम गण्डकी र राजधानी पोखरा राख्ने सिफारिशसहित आफ्नो प्रतिवेदन पेश गरेको छ । बैठकमा समितिका ज्येष्ठ सदस्य विन्दुकुमार थापाले २०७४ चैत १२ गते गठित प्रदेशको राजधानी नामाङ्कन विषयको ११ सदस्यीय समितिले सरोकार भएका दल, नागरिक समाज, उद्योग व्यवसायीलगायतसँग [&hellip;]</p>

पोखरा । प्रदेश नं ४ को सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेश राजधानी एवं नामकरण विषयको समितिले प्रदेशको नाम गण्डकी र राजधानी पोखरा राख्ने सिफारिशसहित आफ्नो प्रतिवेदन पेश गरेको छ ।

बैठकमा समितिका ज्येष्ठ सदस्य विन्दुकुमार थापाले २०७४ चैत १२ गते गठित प्रदेशको राजधानी नामाङ्कन विषयको ११ सदस्यीय समितिले सरोकार भएका दल, नागरिक समाज, उद्योग व्यवसायीलगायतसँग छलफल गरेको बताए ।

छलफलका क्रममा ११ वटै जिल्लामा सुझाव संकलनका लागि पाँच वटा टोली परिचालन गरिएको थियो । छलफलमा प्रदेशको राजधानी पोखरा रहनुपर्छ भन्ने पक्षमा ७०५ अर्थात ९३.८७ प्रतिशत, गोरखा हुनुपर्छ भन्ने पक्षमा ३०.९३।९९ प्रतिशत र अन्यका पक्षमा १६।९२ प्रतिशत देखिएको थियो । रासस

Share News