काठमाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’ र नेपालका लागि चीनका राजदुत यु होङबीच मंगलबार भेटवार्ता भएको छ । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालिममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसको निरन्तरतका लागि राजदुतसँग आग्रह गरेका थिए ।
थापाले नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिईने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले चीनको नाकाबाट सुन तस्करी र डलरको अवैध कारोबार गरीरहेको भन्दै त्यसलाई नियन्त्रका लागि चिनिया पक्षको सहयोगका लागि आग्रह गरेका छन् ।
राजदुत होङले नेपालमा चीन विरोधी गतिविधि नियन्त्रणका लागि गृहमन्त्रालयले खेलेको भुमिका प्रशंसनिय रहेको यसलाई थप प्रभावकारी बनाउन आग्रह गरेकी छिन् । उनले नेपाली सुरक्षा निकायलाई चीन सरकारबाट प्रदान गरिने सहयोग, तालिम र उपकरण आगामी दिनमा पनि निरन्तर रहने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।
राजदुत होङले चीनको नाका हुँदै नेपालमा भईरहेको सुन तस्करीको विषयमा गृहमन्त्री थापाले उठाएको विषयमा आफ्नो देशको सम्बन्धित निकायमा जानकारी गराउने बताएका छिन् । उनले गृहमन्त्रीको रुपमा मन्त्री थापाले यातायात क्षेत्रको एकाधिकार हटाउने लगायतका पछिल्ला कामहरु आफुहरुले नियालिरहेको भन्दै ति काम प्रशंसनिय रहेको बताएका छिन् ।