क्यान्सर अस्पताल पहिलो वर्ष पुरा गरि दोस्रो बर्षमा

<p>काठमाडौं । नेपाली जनमानसमा क्यान्सर रोगले जरो गाड्दै आएको तथ्यलाई महसुस गर्दै खोलिएको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको राष्ट्रपतिद्वारा एक वर्षअघि उद्घाटन गरिएको थियो । क्यान्सर बिरामीहरुलाई अन्तराष्ट्रिय उपचारात्मक सेवा दिने र क्यान्सरका चुनौतीहरुसँग समना गर्ने उद्देश्यले नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको स्थापना गरिएको जनाइएको छ । ललितपुरको हरिसिद्धमा रहेको नेपाल क्यान्सर हस्पिटल [&hellip;]</p>

काठमाडौं । नेपाली जनमानसमा क्यान्सर रोगले जरो गाड्दै आएको तथ्यलाई महसुस गर्दै खोलिएको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको राष्ट्रपतिद्वारा एक वर्षअघि उद्घाटन गरिएको थियो ।

क्यान्सर बिरामीहरुलाई अन्तराष्ट्रिय उपचारात्मक सेवा दिने र क्यान्सरका चुनौतीहरुसँग समना गर्ने उद्देश्यले नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको स्थापना गरिएको जनाइएको छ ।

ललितपुरको हरिसिद्धमा रहेको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर निजी क्षेत्रबाट सञ्चालित पहिलो क्यान्सरमुखी सेवाग्राही अस्पताल भएको जनाइएको छ ।

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले अन्तरास्ट्रिय मापदण्ड अनुरुप एउटै छानामुनि उपहार गरिने गरेको कम्पनीले दावी गरेको छ । एक वर्ष अघि भारतको नयाँ दिल्लीस्थित राजिव गान्धि क्यान्सर हस्पिटलको प्राविधिक सहयोगमा अस्पतालको स्थापना भएको थियो । जुनसुकै क्यान्सर रोगको उपचार गर्ने उद्धेश्यले कम्पनीको स्थापना गरिएको हो ।

अस्पतालमा केमोथेरापी र ओसा गाइडलाईनमा आधारित सुरक्षित केमोथेरापी तैयारी सेवा प्रदान गरिनुको साथै सर्जिकल अन्कोलोजी अन्तर्गत हेड एण्ड नेक सर्जरी, व्रेस्ट सर्जरी, न्यूरो सर्जरी लगायत व्यवस्था भएको जानकारी गराइएको छ ।

त्यस्तै यस अस्पतालको रेडियो डाएगनोस्टिक तथा इन्टरवेन्शनल रेडियोलोजी बिभागमा बिरामीहरुले सीटी स्क्यान , डिजिटल एक्सरे, डिजिटल म्यामोग्राफी लगायतका सुबिधाहरुको फाइदा उठाउन सक्नेछन् ।

 

Share News