
काठमाडौं । लगानीकर्ताले सेयर बजार बन्द हुने बताइरहेका बेला ब्रोकरले कारोबार खुला रहेको जानकारी गराएका छन् ।
स्टक ब्रोकर एसोसियसन अफ नेपालले आज बिहान प्रेश विज्ञप्ति जारी गरी सेयर कारोबार खुला रहेको जानकारी गराएको हो ।
एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मी र महासचिव सन्तोष मैनालीद्धार हस्ताक्षरित विज्ञप्तिमा मंगलबार पनि कारोबार खुला भएको जानकारी गराइएको छ । सरकारले बोनस सेयर र हकप्रद सेयरमा लगाएको लाभकरको विरुद्धमा आज वुधबार पनि लगानीकर्ताले सेयर कारोबार ठप्प पार्ने बताएका छन् ।